News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

प्रदेश १ मा राजीव कोइरालाको नेतृत्वमा सत्ता गठबन्धनले बनायो ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’

विराटनगर । प्रदेश १ को सत्तारूढ पाँच दलीय गठबन्धनले कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको नेतृत्वमा ‘उच्चस्तरीय राजनीतिक संयन्त्र’ बनाएको छ।

सोमबार विराटनगरमा आयोजित पाँच दलीय गठबन्धन बैठकले अन्य सबै दलका नेता रहने गरी कोइरालाको नेतृत्वमा संयन्त्र बनाएको हो।

कांग्रेसकै सांसद शेखरचन्द्र थापाको नेतृत्वमा सरकारको साझा कार्यक्रम तय गर्न कार्यदल पनि बनेको सत्ता गठबन्धनले जनाएको छ।

न्यूनतम साझा कार्यक्रम बनाउने कार्यदलमा माओवादी सांसद धिरेन शर्मा, एकीकृत समाजवादीका सांसद राजन राई, जसपाबाट रामचन्द्र तुम्बा र अशोक चेम्जोङ सदस्य छन्।

प्रदेशका मुख्यमन्त्री राजेन्द्र राईले संसदबाट भोलि विश्वासको मत लिँदैछन्। त्यसको अघिल्लो दिन उनकै आह्वानमा सत्ता घटक दलहरूको बैठक आयोजना भएको थियो।

डनन्यूज ट्रेन्डिङ