News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

तीन प्रदेशमा गर्‍यो राप्रपाले अधिवेशन, अध्यक्षमा को?

काठमाडाै‌ । राप्रपाले तीन वटा प्रदेशमा अधिवेशन गरेको छ। अधिवेशनबाट बागमती प्रदेशमा विक्रमबहादुर थापा, सुदूरपश्चिम प्रदेशमा धर्मराज जोशी र प्रदेश नम्बर २ मा भरत गिरी अध्यक्ष भएका छन्।

केन्द्रीय अध्यक्ष कमल थापाकाअनुसार उनीहरू सर्वसम्मत रूपमा अध्यक्ष भएका हुन्। आइतबार तीन वटा प्रदेशमा राप्रपाले प्रदेश अध्यक्ष पाएको हो।

बाँकी प्रदेशमा भने राप्रपाको नेतृत्व चयन हुन बाँकी छ। राप्रपाले मंसिरमा केन्द्रीय महाधिवेशन गर्दैछ।

डनन्यूज ट्रेन्डिङ