
१प्रतिनिधिसभा निर्वाचन-मतदान सुरु
२मतदाताले परिचयपत्र नभए पनि ६ मध्ये एउटा कागजातको सक्कलप्रतिले मतदान गर्न पाउने
३सामाजिक सञ्जालमा हुने गतिविधिको कडा निगरानी
४चितवनमा रविले प्रमाण खोइ भन्दै गर्दा पोखरामा सहकारी पीडितले गगनलाई बुझाए ज्ञापनपत्र
५रास्वपा नेता राजु राईले पार्टी छाडे
६बीबीसीको रिपोर्ट : तत्कालीन आईजीपीको आदेशले विद्यालय पोसाकमै प्रदर्शनकारी मारिए
७गोरखा क्षेत्र नं. १ को चुनावी मैदानमा संघर्षशिल, घाइते, सहिद परिवारका सदस्य हरिराज अधिकारी
८कास्की–२ मा निर्दोष पौडेलको उम्मेदवारी फिर्ता
९धादिङमा भएको बस दुर्घटनामा ज्यान गुमाएका सबैको खुल्यो पहिचान (नामावलीसहित)
१०धादिङ दुर्घटनाका २५ घाइते काठमाडौंका विभिन्न अस्पतालमा उपचाररत
११बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुग्यो
१२बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी
६२५ औं आहा! रारा पोखरा गोल्डकपको तयारी पूरा, पहिलोपटक फ्लडलाइटमा खेल
७फेवातालबाट एसएलआर राइफल र १८ राउन्ड गोली बरामद
८फेवातालमा कार खस्दा अतित गुरुङको मृत्यु
९बस दुर्घटनामा परी घाइते भएका २८ जनाको सनाखत, मृतकको अझै पहिचान खुल्न सकेन
१०प्रचण्डको अपिल : ‘विध्वंसपछि देश अप्ठ्यारोमा छ, सबै राष्ट्रिय शक्ति एकजुट हुनुपर्छ’
११‘प्रतिस्पर्धी उम्मेदवारहरूलाई गाली गर्न नपाइने’
१२धादिङको चरौँदी नजिकै त्रिशूली नदीमा बस खस्दा १७ जनाको मृत्यु
काठमाडौँ । कतै तपाईंको हतारमा बिर्सने वा बारम्बार गल्ती गर्ने बानी त छैन ! आत्तिनुपर्दैन। नियमित ध्यानको अभ्यासले तपाईंको यो बानी सुधार आउन सक्छ। अमेरिकाको मिसिगन स्टेट युनिभर्सिटीको पछिल्लो अनुसन्धानले ध्यानको नियमित अभ्यासले कुनै पनि व्यक्तिको गल्ती गर्ने आदत घटाउन मद्दत पुग्ने देखाएको छ।
‘ब्रेन साइन्सेस’मा प्रकाशित उक्त अनुसन्धानमूलक लेखका अनुसार सचेतना (अवेरनेस), अनुभूति, विचार वा संवेदनामा केन्द्रित ध्यानले मन र शरीरलाई स्वस्थ र जागरुक राख्न मद्दत गर्छ र मस्तिष्क आएको परिवर्तन तथा जागरुकताले बारम्बार गल्ती गर्ने आदतबाट सजग बनाउँछ।
‘मेडिटेसन र माइन्डफुलनेस अभ्यास गर्ने व्यक्तिमा विशिष्ट परिवर्तन आएको देखिन्छ, जसलाई विज्ञानले प्रभाव र फाइदाका दृष्टिकोणबाट उजागर गरेको देखिन्छ,’ मिसिगन स्टेट युनिभर्सिटीका पिएचडी स्कलर तथा लेखका सहलेखक जेफ लिनले भने, ‘तर, मलाई के कुरामा आश्चर्य लाग्यो भने यसअघि कहिल्यै ध्यान नगरेका व्यक्तिहरू एक घन्टाको गाइडेड मेडिटेसनमा बस्दा मस्तिष्कमा केही परिवर्तन भएको पाइएको छ।’
विभिन्न प्रकारका मेडिटेसन अभ्यासले फरक–फरक ढंगले मस्तिष्कको स्नायु प्रणालीमा असर पर्ने अध्ययनको निचोडले सुझाएको छ। त्यसैगरी, सचेत ध्यानले कुनै पनि व्यक्तिका कमीकमजोरी सच्याउन मद्दत पुगेको अनुसन्धानको निष्कर्ष छ।
‘कुनै खालका ध्यान एउटा वस्तु (अब्जेक्ट)मा केन्द्रित भएर गरिन्छ, सामान्यतः कतिपय ध्यान श्वासप्रश्वासलाई हेरेर गरिन्छ। तर, ओपन मनिटरिङ ध्यान चाहिँ अलि फरक छ,’ लिनले भने, ‘यसले चाहिँ तपाईंलाई अन्तर्यात्रातर्फ लैजान्छ र, मन र शरीरमा हुने सबै कुरालाई होसपूर्वक ध्यान दिन दिन सिकाउँछ। यसको उद्देश्य शान्तपूर्वक बस्ने र मन कता जान्छ भन्ने कुरालाई निकटतासाथ अवलोकन गर्नुपर्छ।’
लिसहित मिसिगन स्टेट युनिभर्सिटीका सहलेखकहरू विलियम एकर्ले, लिङ पेङ र जेसन मोसरले २ सयभन्दा बढी ‘ओपन मनिटरिङ मेडिटेसन’का सहभागीबीच उनीहरूले गल्तीलाई कसरी ‘रेस्पोन्स’ गर्छन् र, मेडिटेसनपछि गल्ती गर्ने बानीमा आएको सुधारबारे अनुसन्धान गरेका थिए।
पहिले कहिल्यै ध्यान नगरेका सहभागीलाई २० मिनट ‘ओपन मनिटरिङ मडिटेसन’को अभ्यास गर्न लगाइयो र, अनुसन्धाताले उनीहरुको मस्तिष्कको गतिविधि कस्तो छ भनी इइजीको माध्यमबाट मापन गरे। त्यसपछि उनीहरुले कम्प्युटरको सहायताबाट ‘डिस्ट्रयाक्सन टेस्ट’ पूरा गरे।
‘इइजीले मस्तिष्कको गतिविधि मिलिसेकन्ड लेभलमा मापन गर्न सक्छ। त्यसकारण सही प्रतिक्रियाभन्दा पनि गल्ती गरेको बेलामा मस्तिष्कको तटस्थ अवस्था कस्तो भयो भनी हामीले एकदमै सही मापन लियौं,’ लिनले भने, ‘गल्ती बोलेको अवस्था वा इरर पोजिटिभिटी भएको आधा सेकेन्डमै स्नायुमा संकेत भेटियो, जुन सचेततासाथ गल्ती पहिचानसँग सम्बन्धित छ।’
जब ध्यान अभ्यासकर्ताले आफ्नो कार्यकौशलतामा तत्काल सुधार पाएनन् भने अझै केही समय ध्यानलाई निरन्तरता दिनुपर्छ भन्ने अनुसन्धाताको निक्र्योल छ। ‘यो निष्कर्ष ध्यानमाथि केवल २० मिनेटमा गम्भीरता साथ गरिएको प्रदर्शनको प्रतिफल हो, जसले ध्यानले ब्रेनको क्षमता अभिवृद्घिमा मद्दत गर्नुका साथै गल्तीप्रति सजग रहने सीप विकास गर्छ भन्ने देखाएको छ,’ मोजरले भने, ‘यसबाट माइन्डफुलनेस मेडिटेसन क्षमता अभिवृद्धिका लागि साँच्चिकै प्रभावकारी हुने रहेछ भन्नेमा विश्वास बढाएको छ।’
पछिल्लो समय माइन्डफुलनेसले आममानिसको ध्यानाकर्षण गरेको छ। त्यही सन्दर्भमा लिनले रिसर्चरको सानो टिम बनाएर न्युरोवैज्ञानिक पद्धति अपनाएर ध्यानको मनोवैज्ञानिक र कार्यदक्षता प्रभावबारे अध्ययन गरिरहेका छन्। (साइन्सडेलीबाट भावानूदित)
१कास्की–२ मा रास्वपाको जबरदस्त उत्साह
२‘सहकारी पीडित हुँ’ भन्दै आन्दोलन गर्ने ‘कृष्णप्रसाद’ नैं ‘सहकारी ठगी’मा संलग्न
३मादक पदार्थ सेवन गरी बस चलाउने कुमुदिनी होम्स स्कुलसहितका पाँच चालक पक्राउ
४रवि लामिछानेसहितको संगठित अपराध र सम्पत्ति शुद्धीकरण मुद्दा संशोधन गर्न अस्वीकार
५चुनावपछि देशको मुहार फेरिने रास्वपाको दावी