
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
पोखरा । नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत कास्की जिल्ला अधिवेशनमा युवा नेता सिरोज कोइरालाले पार्टीको सचिव पदमा उम्मेद्वारी घोषणा गरेका छन् ।
शनिबार पोखरामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा कोइरालाले कास्की काँग्रेसको मंसिर १० गते हुन लागेको जिल्ला अधिवेशनमा सचिवमा उम्मेद्वारीका लागि आफूलाई प्रस्तुत गरेका हुन् । जनताको ढुकढुकी र युवाले भरोसा गर्न लायक काँग्रेस बनाउन, सही विचार र संगठन निर्माणका लागि हस्तक्षेपकारी भूमिका खेल्न कास्की काँग्रेसको पाटी सचिवमा उम्मेद्वारी घोषणा गरेको कोइरालाले पत्रकार सम्मेलनमा बताए ।
नेपाली काँग्रेसको गौरवपूर्ण इतिहास सिंहावलोकन गर्दै कोइरालाले विज्ञप्तिमा लेखेका छन् – २००७ सालमा जहानियाँ राणा शासनका विरुद्ध काँग्रेसले क्रान्ति गर्यो । दुईतिहाइको सरकार बनाएर परिवर्तन र सुधारको खाका कोर्यो । २०३६ को विद्यार्थी आन्दोलन, जनमत संग्रह र २०४६ सालको जनआन्दोलनमा दरबारलाई झुकायो । जनयुद्धमा होमिएको माओवादीलाई राजनीतिक मूलधारमा ल्याउँदै २०६२/०६३ को दोस्रो जनआन्दोलनबाट गणतन्त्र स्थापित गर्ने काँग्रेस जनअनुमोदिन हुन सकेन ? यसमा नेतृत्वको कमजोरी रहेको कोइरालाको विचार छ ।
पछिल्लो समय काँग्रेसभित्र नीति र आदर्श कमजोर, पैसा र बाहुबल बलियो बन्दा नेतृत्व असफल हुँदा निष्ठावान काँग्रेस ओझेलमा परेका छन् । जनताको ढुकढुकी र युवाले भरोसा गर्न लायक काँग्रेस बनाउन, सही विचार र संगठन निर्माणका लागि हस्तक्षेपकारी भूमिका खेल्न कास्की काँग्रेसको पाटी सचिवमा उम्मेद्वारी घोषणा गरेको कोइरालाले पत्रकार सम्मेलनमा जानकारी दिएका छन् ।
सचिवमा उमेद्वारी घोषणा गर्दै युवा नेता कोइरालाले यी प्रश्न र विचारहरु पनि आमजनता माझ उठाएका छन् :
नेपाली कांग्रेस १४ औं महाधिवेशनमा होमिँदैछ।
>७ सालको क्रान्ति गरेर राणा शाही फाल्ने कांग्रेस।
>दुई तिहाई ल्याएर सरकार बनाएर क्रान्तिकारी मुद्दा बोकेको कांग्रेस।
>२०३६ र २०४६ सालमा राजालाई झुक्न बाध्य बनाएको कांग्रेस।
>२०६२/६३ सालमा अनवरत जनअधिकार खोस्ने शाह-राज फ्याँकेर गणतन्त्र ल्याउने माओवादी आतंकलाई मत्थर पार्ने कांग्रेस।
>यत्रा युगान्तकारी परिवर्तन ल्याएको कांग्रेस, आम जनताको ढुकढुकी रहेको कांग्रेस, किन खुम्चिएर २०-२१ सिटमा झर्यो?
>सधैं लोकतान्त्रिक आन्दोलनमा नेतृत्व गरी अग्रपंक्तिमा रहने कांग्रेस सँधै कास्कीमा किन निर्वाचनमा पराजित हुँदै आएको छ?
>किन नयाँ पुस्तामा, युवा पुस्तामा कांग्रेस पुग्न सकेको छैन? पहिलो र दोस्तो पुस्ताका कांग्रेसीहरूको क्रमशः निधनसँगै के कांग्रेस निमिट्यान्न नहोला? कि >भारतमा भारतीय कांग्रेसको जस्तै स्थिति नेपालमा नेपाली कांग्रेसको होला?
>नेपाली कांग्रेस इतिहासको कठिन मोडबाट गुज्रिरहेको छ।
>हुन त हाम्रा ७-८ लाख क्रियाशिल सदस्य छन् भनेर कांग्रेस नेतृत्वले भन्ने होला।
>तर ती कस्ता क्रियाशील सदस्य हुन्? तिनले के काम गर्छन्? कहिले, के गर्न क्रियाशील हुन्छन्?
>चुनावको समयमा मतदान गर्नु मात्रै क्रियाशील हुनु हो?
>के नेतृत्वले आफ्ना कथित क्रियाशीललाई कुनै “काम” दिएको छ?
>के आफ्ना कार्यकर्तालाई संरक्षण गर्न सकेको छ?
>के अहिले कांग्रेसले कुनै मुद्दामा स्पष्ट विचार राखेको छ? देश विकासको खाका प्रस्तुत गरेको छ? के मुलुकको एजेण्डा सेटर कांग्रेस हो? कि अरूले >पस्केका एजेण्डामा प्रतिक्रिया दिएर (अथवा कहिले त्यो पनि नदिएर) मात्र बसेको छ कांग्रेस? उसको दायित्व होइन एजेण्डा सेट गर्ने? कि पिछलग्गु भएर बस्ने हो?
>पार्टीलाई हाँक्ने भनेको विचार र संगठनले हो।
>तर कांग्रेस संगठनका हिसाबले जुम्सो छ।
>अनि विचारका हिसाबले खोक्रो छ।
>तसर्थ समस्त कांग्रेसजनले आफ्नो महाधिवेशन जस्तो महायज्ञको पूर्वसन्ध्यामा गहन चिन्तन र मनन गर्न जरुरी छ। मन्थन गर्न जरुरी छ।
>आउँदा दिनमा नेपाली कांग्रेसलाई कता लग्ने? अनि नेपाली कांग्रेस मार्फत देश र जनतालाई के गर्ने?
>अहिले साधारण भन्दा साधारण मानिसका मूल सरोकारका मुद्दा के हुन्? ती मुद्दामा कांग्रेसको स्ट्याण्ड के हो?
>अहिले साधारण भुइँमान्छेका तीन सरोकार छन्।
>एक, उसका छोराछोरीलाई कसरी राम्रो शिक्षादीक्षा दिने।
>दुई, घरमा विरामी पर्दा ओखतीमुलो गर्ने।
>तीन, वातावरण क्षय नहुने गरी भौतिक विकास गर्ने।
>यी सरोकारहरूलाई कसरी सम्बोधन गर्ने हो कांग्रेसले?
>निजी शिक्षा कि सार्वजनिक शिक्षा?
>निजी अस्पताल कि सार्वजनिक अस्पताल?
>शिक्षा र स्वास्थ्य सरकारको दायित्व कि नागरिकको?
>सबै कुरा नागरिकले पकेटबाट खर्च गर्नै पर्ने हो भने उसले खाइ-नखाइ तिरेको करबाट हुन्छ के? त्यो कर जान्छ कहाँ? के कर्मचारी र नेता पाल्न मात्र जनताले कर तिर्ने हो? आफ्ना बालबच्चालाई सकीनसकी पढाएर अर्काको मुलुकमा गुलामी गर्न पठाउने, अनि तिनले पठाएको रेमिट्यान्समा नेता-दलालले रजाइँ गर्ने हो?
>जिन्दगी भर विदेशीको गुलामी गरेर फर्कने नेपालीलाई बुढेसकालमा कस्ले पाल्ने हो? हेरचाह गर्ने हो?
>यी कांग्रेसले सोच्नुपर्ने राष्ट्रिय मुद्दाहरू होलान्।
>हाम्रा स्थानीय मुद्दा पनि छन्।
>हाम्रो स्वर्गको टुक्रा जस्तो शहरलाई कसरी संरक्षण गर्ने हो? कसरी करको भारबाट रोकेर कास्की वासीहरूलाई सुख र समृद्धि दिने हो? विकास दिने हो?
अनि कांग्रेसलाई युवा पुस्ताको ढुकढुकी कसरी बनाउने?
>उनीहरूलाई कांग्रेसप्रति विश्वासी कसरी बनाउने?
>यी सबै मुद्दा छन्। र यी मुद्दामा हाम्रो न स्थानीय न राष्ट्रिय नेतृत्वले केही छलफल गरेको छ?
>यदि अझै पनि हामी कांग्रेसका शुभचिन्तकहरू नबिउँझने हो भने नयाँ नेतृत्व चयनमा विवेक नपुर्याउने हो भने कांग्रेस सक्किने छ। यो तय छ। अहिलेको >नेतृत्व पंक्ति कायमै रहने हो भने कांग्रेस सक्किने छ।
>कांग्रेसलाई रसातलबाट झिक्न, पुनः युवाहरूको ढुकढुकी बनाउन नयाँ जोश र जाँगर सहित मैले उम्मेदवारी प्रस्तुत गरेको छु ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?