
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडाै । प्रधानन्यायाधीश चोलेन्द्र शमशेरको राजीनामा माग गर्दै आन्दोलनरत कानुन व्यवसायीले आज पनि सर्वोच्च अदालतको मुख्य प्रवेशद्वारमै रोक्ने तयारीसहित धर्ना दिँदैछन्।
शुक्रबार प्रधानन्यायाधीश जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले प्रदर्शन गरे पनि जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए । नेपाल बार एशोसिएसनका अनुसार आज बिहान साढे ९ देखि साढे ११ बजेसम्म प्रधानन्यायाधीश जबरा प्रवेश गर्ने मुख्य प्रवेशद्वारमै धर्ना दिने कार्यक्रम छ।
बार एसोसिएसनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले शुक्रबारको विरोध कार्यक्रमलाई आइतबार पनि जारी राख्ने घोषणा गरेका थिए। ‘आइतबार पनि बिहान साढे ९ बजेदेखि साढे ११ बजेसम्म सर्वोच्चको गेटमा जहाँबाट उनी (प्रधानन्यायाधीश) पस्ने गरेका छन्, हामी त्यहाँ धर्ना दिन्छौं,’ अध्यक्ष श्रेष्ठले भने।
यसनिम्ति सबै वकिलहरूलाई बिहान ९ बजे बारको प्रांगणमा भेला हुन उनले आह्वान गरेका छन्। सँगसँगै, वकिलहरूलाई बारको प्रांगणमा भेला हुन नदिन गेट बन्द गराउने कार्य सर्वोच्च अदालतको प्रशासनबाट नहोस् भन्ने चुनौती पनि उनले दिए।
आइतबारको आन्दोलनमा सरकारले प्रहरी परिचालन गरेर हस्तक्षेप गर्यो भने बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध पनि उभिने उनले बताए। ‘आज प्रधानन्यायाधीशकै कारण हामीले इजलास बहिष्कार गरेका छौं। यसलाई निरन्तरता दिनु नपरोस्,’ अध्यक्ष श्रेष्ठले भने।
उनले यो पनि भने, ‘चोलेन्द्रशमसेर राणालाई प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत छिर्न हामीले निषेध गरिसकेका छौं। हामी कानुन व्यवसायीले, बारले उनलाई प्रधानन्यायाधीशका रूपमा मानेका छैनौं। त्यसैले तपाईं प्रधानन्यायाधीश पदबाट राजीनामा दिनुस् र आफ्नो सन्नतिको नाम राख्नुस्।’
प्रधानन्यायाधीश राणाले सर्वोच्च अदालतमा न्यायाधीशहरूलाई भेट्न नदिने तर बालुवाटार निवासमा बिचौलियाहरूलाई भेट्ने काम गरिरहेको उनले उल्लेख गरे। ‘यसले न्यायाधीशहरू जुर्मुराइरहेका छन्। आज सर्वोच्च अदालतको गेट बन्द भएको छ। भोलि देशभरिका अदालत न्यायाधीशहरूकै आह्वानमा ठप्प हुन सक्छ, यसमा विचार गर्नुस्,’ अध्यक्ष श्रेष्ठले भने।
‘बालुवाटारमा पसेका बिचौलियाहरूको आडमा बार आन्दोलनलाई तपाईंले जुन किसिमबाट हेरिारख्नुभएको छ, त्यो हेराइ जारी रह्यो भने तपाईंलाई सर्वोच्चमा प्रवेश निषेध मात्र होइन, बालुवाटारमा बस्न पनि निषेध गरिनेछ,’ उनले भने।
अध्यक्ष श्रेष्ठले आफ्नो मन्तव्य क्रममा सेवाग्राहीहरूलाई न्याय सेवाको शुद्धीकरण निम्ति प्रधानन्यायाधीशको बहिर्गमनका लागि जारी आन्दोलनमा साथ दिन आह्वान गरे।
मन्त्रिपरिषद् सदस्यको भागबण्डामा मुछिएपछि जबराको राजीनामा माग गर्दै नेपाल बारले कात्तिक १४ देखि हातमा कालोपट्टी बाँधेर विरोध प्रदर्शन गर्दै आएको छ ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर