
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेत्रविक्रम चन्द विप्लवसहित समाजवादी आन्दोलन–क्रान्तिप्रति इमानदार हुने सबै कम्युनिष्ट एकबद्ध हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा प्रवेश गरेका नेता तथा कार्यकर्ताहरुलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले विप्लव नेतृत्वको नेकपा पनि माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरे ।
उनले माओवादीबाट टुक्रिएर गएका अन्य नेताहरुसँग आफ्नो संवाद भइरहेको बताउँदै मोहन वैद्य किरण, बाबुराम भट्टराई लगायतका सबै माओवादी मिलेर नै मौलिक क्रान्तिकारी धारलाई अघि बढाउन सकिने बताए ।
‘म यो मञ्चबाट भन्न चाहन्छु ढिलोछिटो, विप्लवजी पनि आउनुहुन्छ भनेर विश्वास पनि व्यक्त गर्न चाहन्छु । अलग बसेर होइन, हामी सबै एक ठाउँमा केन्द्रित भएर मात्रै नेपाली क्रान्तिलाई अझ मौलिक तरिकाले नयाँ अध्ययन अनुसन्धान गरेर, नयाँ रणनीतिसहित अगाडि लान सकिन्छ । अहिले कुराकानी पनि चलिरहेको छ,’ अध्यक्ष प्रचण्ड भने, ‘किरणजीहरु, बाबुरामजीहरु, विप्लवजीहरु र अरु समाजवादी आन्दोलनप्रति, समाजवादी क्रान्तिप्रति इमान्दार हुने सबै कम्युनिष्टहरु फेरि एकपटक एकताबद्ध हुनैपर्छ ।मलाई विश्वास छ, हामीले धेरै ठूलो संघर्ष र बलिदानपछि संघीय लोकतान्त्रिक गणतन्त्रसम्म नेपाललाई ल्याएका छौं । हामी जानु अझ धेरै टाढासम्म छ । त्यो यात्रा हामी सबैले आपसमा हातेमालो गेरर मात्रै पार गर्न सकिन्छ । एक्लै पार गर्छु भन्यो भने त्यसको नियत जेसुकै भए पनि नियती क्षतविक्षत हुनु बाहेक अर्को हुँदैन ।’
प्रचण्डले अहिले पनि जनयुद्धमा जस्तै प्रतिक्रियावादी र प्रतिक्रान्तिकारीहरु माओवादीका राजनीतिक उपलब्धि उल्ट्याउने षडयन्त्रमा लागिरहेको बताएका छन् ।
‘फेरि पनि प्रतिक्रियावादीहरु प्रचण्डलाई नै कसरी सिध्याउने भनेर लागिरहेका छन् । किनभने प्रचण्ड नसिद्धिदासम्म माओवादी सिद्धिने भएन भन्ने ठानेर घेराबन्दी त्यसरी नै भइरहेका छन्’, प्रचण्डको भनाइ छ । अध्यक्ष प्रचण्डले आन्दोलनका उपलब्धि र प्रचण्ड सिध्याउने षडयन्त्रमा प्रतिक्रान्तिकारीहरुले तारो बनाएकाले ‘बुलेटप्रुफ’ बनेर अघि बढ्न नेता कार्यकर्ताहरूलाई निर्देशन पनि दिए । उनले एउटै कालखण्डमा धेरै प्रचण्डहरू बन्न नसक्ने भन्दै प्रचण्ड नेपालको आन्दोलनले जन्माएको बताए ।
‘प्रचण्ड नेपाली जनताले जन्माएको हो । तपाई हामी सवै लडेर निर्माण गरेको हो प्रचण्ड । व्यक्ति होइन प्रचण्ड । फेरि एउटै युगमा, एउटै कालखण्डमा थुप्रै प्रचण्ड हुनै सक्दैनन्’, अध्यक्ष प्रचण्डले भने, ‘थुप्रै मार्क्स हुने, लेनिन हुने,थुप्रै माओ हुने हुदैन ।’
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल