
१सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
२युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
३महान्यायाधिवक्ताको विवादास्पद निर्णय
४नेपाली काँग्रेसको सभापतिमा गगन थापा
५तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
६पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
७राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१०चुनावी मैदानमा विप्लव
११राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
१२पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
१एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
२तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
७नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
८राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
९सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
काठमाडौँ । राष्ट्रिय जनगणनाको ‘मुख्य प्रश्नावली’ को व्यक्तिगत खण्डमा सोधिने पुर्खाको भाषा र मातृभाषा खण्डमा त्रुटि फेला परेको छ । जनगणना–२०६८ अनुसार मुलुकभर १ सय २३ भाषा छन् ।
ती भाषालाई कोड नम्बरका आधारमा पहिचान गरिएका छन् । कोड नं. ४३ मा ‘वाम्बुले’ भाषा रहेको छ । तर जनगणना–२०७८ का निम्ति तयार गरिएको उक्त कोडमा ‘याम्बुले’ उल्लेख गरिएपछि अन्योल भएको छ ।
‘हामीले पुर्खाको भाषा र मातृभाषा वाम्बुले हो भनेर बताउँदा गणकले त्यो छैन भन्यो,’ काठमाडौंको टोखा नगरपालिकाको धापासीबाट आफ्नो गणना गराएका चितन वाम्बुले राईले भने, ‘उसले कि याम्बुले लेख नत्र अन्यमा लेख्ने भनेपछि अन्योलमा पर्यौं ।’ विभागका निर्देशक ढुण्डीराज लामिछानेले प्रश्नावलीमा त्रुटि भएको स्विकार्दै त्यसलाई सच्याउन सम्भव नभएको बताए ।
‘लाखौं थान प्रश्नावली छापिएर जनगणना हुँदै छ,’ प्रवक्तासमेत रहेका लामिछानेले भने, ‘तत्काल त्रुटि सच्याउन सम्भव छैन । त्यसैले सम्बन्धित भाषिक समुदायले अहिले कोड नं. ४३ मा उल्लेख ‘याम्बुले’ नै टिपाउनुहोस् । डाटा प्रविष्टिका बेला त्यसलाई सच्याइनेछ ।’ राई जातिअन्तर्गत २६ वटा भाषा छन् । वाम्बुले भाषा ओखलढुंगा, खोटाङ, सिन्धुली, उदयपुर, सुनसरी, काठमाडौं, ललितपुरलगायत जिल्लामा बोलिन्छ ।
पछिल्लो तथ्यांकअनुसार वाम्बुले भाषा बोल्नेको संख्या १३ हजार ४ सय ७० जना रहेको छ । राष्ट्रिय जनगणना २०७८ बुधबारदेखि सुरु भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारी तथा परिवारले विवरण टिपाएर जनगणना सुरु भएको हो ।
केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेबिनलाल श्रेष्ठले राष्ट्रपति भण्डारीसँग प्रश्नावली सोधेर ट्याब्लेटमा अंकित गरेका थिए । त्यसअघि योजना आयोगका सदस्य रामकुमार फुयाँल र सचिव केवलप्रसाद भण्डारीले जनगणनाबारे संक्षिप्त चर्चा गरे ।
त्यसपछि प्रधानमन्त्री शेरबहादुर देउवा परिवार र उपराष्ट्रपति नन्दबहादुर पुन परिवारको छुट्टाछुट्टै तथ्यांक लिइएको थियो । प्रमुख प्रतिपक्ष दलका नेता तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली परिवारको पनि तथ्यांक लिइएको छ ।
‘महिला पनि घरमूली हुन्छन् भन्ने पहिलो दिनकै जनगणनाबाट देखिएको छ,’ निर्देशक लामिछानेले भने, ‘पूर्वप्रधानमन्त्री ओलीको परिवारमा राधिका शाक्य म्याडम घरमूली रहेर जनगणना लिइएको छ ।’ जनगणनाका लागि देशभर ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षक खटिएका छन् ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर