
१‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
२नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
३स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
४जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
५हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
६८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
७पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
८पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
९कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१०पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
११‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१२स्वार्थको टकराव : श्रीमतीको सेयर मोहले सम्पत्ति शुद्धीकरणका महानिर्देशक ठाकुरको खुस्कियो पद
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
८सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
९अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
१०फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
११रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१२अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
सुनसरी । सुनसरीमा नेकपा (एमाले) तीन नेताको निजी कम्पनी भएको पार्टी पूर्वजिल्ला अध्यक्ष तथा इटहरी उपमहानगरपालिका प्रमुख द्वारिकलाल चौधरीले बताएका छन् ।
पार्टीको संयुक्त बैठक मनोमानी रूपले अघि बढाएको भन्दै बहिष्कार गरेर निस्केका चौधरीले पार्टीका केन्द्रीय सचिव तथा प्रदेश १ इन्चार्ज भीम आचार्य, केन्द्रीय सदस्य तैयुब हुसेन र जगदिश कुसियतले पार्टीलाई निजी कम्पनीजस्तो सेयर होल्डर बाँडेर चलाएको आरोप लगाएका हुन् ।
उनले पार्टी तैयब हुसेन, जगदीश कुशियत र भीम आचार्यको पेवा जस्तो देखिएको बताउँदै भने, ‘नेतृत्व नायक हुन्, बिर्तावाल होइनन् ।’
चौधरीले टिके प्रथालाई प्रोत्साहन गर्ने र अवैधानिक गतिविधि गर्ने कार्य सच्याउन र संलग्नलाई कारबाही गर्नसमेत माग गरेका छन् । पार्टीमा विधि पद्धतिको कुरा गर्ने तर व्यवहारमा टिके प्रथालाई मान्यता दिने कार्यले आम कार्यकर्ता निराश भएको बताए ।
पार्टीको केन्द्रीय सदस्यलाई अध्यक्षता गर्न लगाएर बैठक भाँड्न खोजेको आरोप लगाए । उनले बैठकमा जेठ २ लाई आधार मानेर रमेश बस्नेत वा संस्थापन पक्षले जिल्ला अध्यक्ष तोकेको रेवती रमण भण्डारीलाई अध्यक्षता गराउनु पर्ने यदि यसमा पनि सहमति नभए दुवैलाई अध्यक्षता मान्नु पर्ने माग राखेका थिए ।
जिल्ला अध्यक्ष दाबी गर्ने दुई नेताहरूभन्दा बाहेक तेस्रो नेताको अध्यक्षतामा महाधिवेशन आयोजक समिति घोषणा गर्ने कार्य विधान विपरीत भएको भन्दै एमाले सुनसरी लगाम बिनाको गोडा भएको समेत बताए ।
उनले भने ‘म मेयर भएपछि रमेश बस्नेतलाई छाडेको हुँ, कि त वहाँ हुनुपर्यो,’ उनले भने, ‘कि त रेवती भण्डारीले नेतृत्व गर्दै आउनुभएको छ, वहाँको अध्यक्षतामा कार्यक्रम हुनुपर्यो ।’ त्यसो नहुँदा आफ्नो अध्यक्षतामा भए पनि कार्यक्रम गर्न सकिने विकल्प राख्दै उनले केन्द्रीय सदस्यलाई अध्यक्षता गराउनु गलत भएको बताए ।
विवादबीच जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा
पार्टीमा देखिएको समस्या समाधान नगरी पार्टीले जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको छ । जिल्ला सदरमुकाम इनरुवास्थित ओम साई पार्टी प्यालेसमा आयोजक संयुक्त बैठकले नेता खेमराज पोख्रेल संयोजक रहेको जिल्ला अधिवेशन आयोजक कमिटी घोषणा गरेको हो ।
कमिटीको उपाध्यक्षमा निलम खनाल र नन्दकुमार बस्नेत रहेका छन् । यस्तै सचिवमा पर्शुराम यादव र सत्रुघन यादव रहेका छन् । उपसचिवमा लिलम बस्नेत र लोकेश निरौला रहेका छन् ।
रेवती रमण भण्डारी र रमेश बस्नेतलाई संयोजक नबनाई तेस्रो व्यक्तिलाई संयोजक बनाएर अधिवेशन आयोजना गर्ने सहमति अनुसार पोख्रेललाई संयोजकको जिम्मेवारी दिइएको हो ।
भण्डारी पक्षको जिल्ला कमिटीका ४६१ जना सदस्यहरू आयोजक कमिटी सदस्यमा परिणत भएको छ भने बस्नेत पक्षका जिल्ला कमिटीको नामावली संलकन भइरहेको जिल्ला कमिटी सदस्य रवि खनालले जानकारी दिए ।
धरानका जेठ २ पक्षले गरे बैठक बहिष्कार
संयुक्त बैठकलाई जेठ २ पक्ष रहेका धरानका जिल्ला सदस्यहरूले भने बहिष्कार गरेका छन् । आज बिहान होटल ड्रिमल्याण्डमा बसेको बैठकले १० बुँदे, पार्टी निर्णय र कार्यदलको निर्णय विपरीत कमिटी गठन हुने गरी बसाएको बैठक वैध नहुने भन्दै बहिष्कार गर्ने निर्णय गरेको थियो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२सेदीजंगलमा अवैध ‘ट्रान्स पार्टी’, विदेशी नागरिकसहित ३८ जना पक्राउ
३अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
४पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
५धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?