News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अर्थ-बिजनेश प्रमुख समाचार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ । आज सुनको मूल्य बढेको छ । सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन तोलामा २०० रुपैयाँले बढेको छ । नेपाली बजारमा आज छापावाल सुन प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार तेजावी सुन प्रतितोला ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । हिजो छापावाल सुन ९२ हजार ५०० रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो ।

त्यस्तै चाँदी आज १ हजार २५० रुपैयाँ प्रतितोलामा कारोबार भइरहेको महासंघले जनाएको छ । चाँदीको मूल्यमा भने कुनै परिवर्तन आएको छैन ।