
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
१२‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
धनगढी । नेकपा एमालेका सुदूरपश्चिम प्रदेश अध्यक्ष कर्ण थापाले भीम रावलले पार्टीमा विवाद निम्त्याउन खाजेको आरोप लगाएका छन् ।
आफुले फोन गरेर बैठकमा आउन आग्रह गर्दा नआएका रावलले सामाजिक सन्जालबाट पार्टीविरुद्धका गतिबिधी पोष्ट गर्दै एमालेमा विवाद निम्त्याउन खाजेको उनको आरोप छ । तर, अब कसैले चाहेर पनि एमालेमा विवाद हुन नसक्ने उनको भनाइ छ ।
‘फोन गरेर प्रदेश स्तरिय बैठकमा आउन आग्रह गर्दा आउँदैन भन्ने रावलले सामाजिक सन्जालकाे दुरुपयोग गरेर पार्टीमा विवाद निम्त्यान खोजेका छन्,’ नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीको पूर्ण बैठकमा थापाले भने, ‘तर अब कसैले चाहेर पनि एमालेमा विवाद हुँदैन, त्यस्तो मानसिकता त्यागे हुन्छ ।’ उनले एमाले २ जेठ २०७५ अघिको अवस्थामा फर्कन नसक्ने पनि बताए । रावल कामरेडले २ जेठअघिको संरचनाअनुसार पार्टी चल्नु पर्छ भन्ने माग राख्नु भएको छ,’ उनले भने, ‘त्यो सम्भव छैन, सबै मिलेर गए कुनै समस्या हुँदैन ।’
उनले सामाजिक सन्जालमार्फत नभई बैठकमा आएर आफ्ना अभिव्यक्ति राख्न पनि आग्रह गरेका छन् । एमाले लोकतान्त्रिक पार्टी भएको र बैठकमा सबैले आफ्ना धारणा राखन पाउने उनले बताए । ‘पार्टीका गतिविधि मान्दैन भन्ने अनि सामाजिक सन्जालमा नाना थरी लेख्ने काम राम्रो हैन्,’ उनले भने,‘त्यो पार्टी विरोधी गतिविधि हो ।’
एमाले उपाध्यक्ष रावलले मंगलबार विहान ट्विवट गर्दै सुदूरपश्चिम प्रदेश कमिटीको बैठकप्रति आपत्ति जनाएका थिए । उनले धनगढीमा बसेको बैठक प्रदेश स्तरिय नभई गुटको भेला भएको आरोप लगाएका थिए ।
बैठकमा सुदूरपश्चिम प्रदेश इन्चार्ज लेखराज भट्ट, सह–इन्चार्ज नारदमुनि राना, निरु पाल, प्रदेश अध्यक्ष कर्ण थापा, सचिव राजेन्द्रसिंह रावललगायतको उपस्थिति छ ।