
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौँ । नेकपा (एमाले) ले आशन्न १०औँ राष्ट्रिय महाधिवेशनमा विद्युतीय मेसिनबाट मतदानका लागि पार्टीका नेता–कार्यकर्तालाई नमूना मतदान अभ्यास गराउन थालेको छ ।
एमालेको केन्द्रीय कार्यालय, थापाथलीमा पार्टीका नेता तथा कार्यकर्तालाई विद्युतीय मेसिनबाट मतदान गर्न सिकाउनका लागि आजदेखि नमूना मतदानको व्यवस्था गरिएको हो ।
राम–लक्ष्मण भोटिङ मेसिनबाट एमालेले आगामी मङ्सिर १० देखि १२ गतेसम्म चितवनमा हुने महाधिवेशनमा विद्युतीय मतदानको प्रयोग गर्ने निर्णय गरिसकेको छ । ‘आजदेखि हामीले पार्टी मुख्यालयमा विद्युतीय मेसिनबाट कसरी मतदान गर्ने भनेर नमूना मतदान गरिरहेका छौं’, राम–लक्ष्मण इनोभेसेनका निर्देशक लक्ष्मण रिमालले भने, ‘पार्टीका नेताले पार्टी कार्यालयमा आएर विद्युतीय मतदान गरिरहनुभएको छ ।’
उनका अनुसार आजदेखि महाधिवेशनमा मतदान हुनुभन्दा अगाडिसम्म महाधिवेशनका प्रतिनिधिलाई विद्युतीय मेसिनमा मतदान गर्न सिकाइने छ । अहिले पार्टी कार्यालयमा दुई वटा मेसिनबाट नमूना मतदान गरिरहेको महाधिवेशनस्थलमा भने तीन वटा मेसिनबाट नमूना मतदान गराइने उले जानकारी दिए ।
एमालेको नवौँ राष्ट्रिय महाविधेशनमा विद्युतीय मेसिन प्रयोग गरेर मतदान गर्ने भने तापनि आन्तरिक विवादका कारण अन्तिम समयमा आएर प्रयोग गरिएको थिएन । यसपटक एमाले महाधिवेशन निर्वाचनका लागि विद्युतीय मेसिन प्रयोग गर्ने भनेर राम–लक्ष्मण इनोभेसेनसँग सम्झौता समेत गरिसकेको छ ।
निर्देशक रिमालले सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गराइने बताए । ‘महाधिवेशनमा सहभागी सबै प्रतिनिधिलाई एक पटक विद्युतीय मेसिनमा नमूना मतदान गरेर मात्र हामीले मतदान गराउने छौ’, उनले भने, ‘महाधिवेशनस्थलमा पनि हामीले मेसिनमा नमूना मतदान गराउनेछौ ।’
विद्युतीय मतदानका लागि राम–लक्ष्मण इनोभेसेनले १०० वटा विद्युतीय मेसिन राख्ने तयारी गरेको छ । एक मेसिनमा दुई जनाले मतदान गर्ने व्यवस्था मिलाइने छ ।
एमालेको महाधिवेशनमा २२५ केन्द्रीय सदस्य, अनुशासन र लेखा आयोगमा १५/१५ जना गरी कुल २५५ पदका लागि निर्वाचन हुनेछ । निर्देशक रिमालले एक जना प्रतिनिधिलाई आधा घण्टामा मतदान सक्ने गरी व्यवस्था गरिएको बताए ।
‘जम्मा ४८ थरिका पदका लागि करिव ५०० जना उम्मेदवार हुने हाम्रो अनुमान छ’, उनले भने, ‘सोही अनुसार ती पदमा मतदान गर्नका लागि एक जनाप्रनिनिधिलाई आधा घण्टा लाग्ने हाम्रो आँकलन छ ।’
निर्वाचनमा समावेशीसहित ४८ स्थानका लागि ४८ वटा मतपत्रका स्क्रिन ती मेसिनमा रहने छन् । उनले निर्वाचन सकेको तीनदेखि चार घण्टाभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिए । एमालेको महाधिवेशनमा एक हजार ९९९ जना नबढ्ने गरी प्रतिनिधि चयन गरिने छ ।
एमाले केन्द्रीय प्रचार विभागका उपप्रमुख सूर्य थापाले पार्टीको महाधिवेशनलाई प्रविधिमैत्री बनाउनुपर्छ भन्ने हिसाबले उक्त मेसिन प्रयोग गर्न लागिएको जानकारी दिँदै मुलुकको ठूलो राजनीतिक दलको महाधिवेशनमा प्रयोग भएपछि अरु दललाई प्रेरणा मिल्न सक्ने बताए।
नवौँ महाधिवेशनमा मेसिन प्रयोग नभएका कारण असार २२ गते मतदान सकिएको भए पनि गणना सम्पन्न गर्दा साउन १ गतेसम्म लगेकाले त्यसको तुलनामा मेसिनको प्रयोगले समय र खर्चको बचत गराउन सक्ने बताए ।
यसरी गरिनेछ निर्वाचन
महाधिवेशनमा सहभागी हुने प्रतिनिधिको निर्वाचन अधिकृतले रुजु गरेपछि मात्र विद्युतीय मेसिनमा मतदान गर्न पाउने छन् । निर्वाचन अधिकृतले नाम रुजु गरिसकेपछि मतदानका लागि प्रतिनिधिलाई कुपन दिइनेछ ।
सोही कुपनका लागि मेसिनमा प्रतिनिधिले मतदान गर्नेछन् । प्रतिनिधिले ४८ स्थानका लागि तयार मतपत्रमा ४८ पटक स्क्रिनमा देखिने उम्मेदवारलाई मतदान गर्ने छन् । एउटा स्क्रिनमा मतदान गरेपछि स्वतः अर्को स्क्रिन देखिने छ ।
यसरी एकवटा स्क्रिनमा देखिका उम्मेदवारलाई मतदान गरिसकेपछि क्रमशः उम्मेदवारलाई मतदान गर्ने छ । मतदाताले एक पटक मतदान गरिसकेका उम्मेदवारको सच्चाउन परे फेरि सच्चाएर मतदान गर्नसक्ने निर्देशक रिमालले बताए ।
मतदानका लागि विभिन्न ठाउँमा मतदान केन्द्र राखिने छ । एक वटा मतदान केन्द्रमा आठ वटा मेसिनबाट मतदान गरिने उनले बताए । ती मतदान केन्द्रमा एक निर्वाचन अधिकृत, एक प्राविधिक र दुई उम्मेदवारका प्रतिनिधि रहने छन् । विद्युतीय मतदान गर्नका लागि ४० जनाको प्राविधिक टोली खटिने भएको बताए ।
मतदान भएको चार घण्टामा सबै परिमाण घोषणा गरिने उनले जानकारी दिए । मतदान गरिसकेपछि सबै मेसिनबाट कसले कति मत पाए भन्ने नामावलीसमेत प्रिन्ट गरिन्छ । सय वटा मेसिनबाट प्रिन्ट भएका मतलाई जोडेर परिमाण घोषणा गरिने उनले बताए ।
‘मुचुल्का बनाउनेदेखि मतपरिणाम घोषणा हुँदासम्म करिब चार घण्टा समय लाग्छ’, उनले भने । उक्त इनोभेसनले हालसम्म ९२ वटा संस्थाको निर्वाचन गराइसकेको छ ।
विद्युतीय मेसिनबाट यसअघि नै एमालेको संसदीय दलको निर्वाचन भइसकेको छ । तत्कालीन राप्रपा नेपालले पनि यो मेसिन प्रयोगबाट निर्वाचन गराइसकेको छ । हालसम्म सबैन्दा ठूलो निर्वाचन १० हजार मतदाता रहेको राष्ट्रिय सहकारी बैंकले पनि विद्युतीय मेसिनबाट निर्वाचन गराइसकेको छ ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल