News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति

प्रदेश १, कर्णाली र सुदूरपश्चिमका प्रदेश प्रमुख फेरिए

काठमाडौँ । सरकारले प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले ३ वटा प्रदेशमा प्रदेश प्रमुख परिवर्तन गर्ने निर्णय गरेको हो ।

बैठकले प्रदेश १ मा पर्शुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिममा देवराज जोशीलाई प्रदेश प्रमुखमा सिफारिस गरेको छ । खापुङ जनता समाजवादी पार्टीबाट र परियार माओवादी केन्द्रबाट नियुक्त भएको स्रोतले बतायो ।

जोशी कांग्रेसका पूर्व सांसद पनि हुन् । यसअघि प्रदेश १ मा सोमनाथ अधिकारी, कर्णालीमा गोविन्द कलौनी र सुदूरपश्चिममा गंगाप्रसाद यादव प्रदेश प्रमुख थिए ।

डनन्यूज ट्रेन्डिङ