News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

सल्यानमा बस दुर्घटना ८ जनाको मृत्यु, थप बिबरणसहित

काठमाडौँ । सल्यानमा बस दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने २६ जना घाइते भएका छन् । सल्यानबाट दाङको तुलसीपुरतर्फ जाँदै गरेको रा १ ख २५५२ नम्बरको बस आइतबार बिहान ११ बजेतिर कपुरकोटको खारखोला नजिकै दुर्घटनामा परेको हो।

सल्यानका प्रहरी प्रमुख डिएसपी गोविन्द थापाले ६ जनाको घटनास्थलमै र २ जनाको अस्पतालमा मृत्यु भएको रातोपाटीलाई जानकारी दिए । घाइतेहरुको उद्दार कार्य जारी रहेको उनले बताए । घटनाबारे थप विवरण आउँन बाँकी छ।

यस्तै पूर्व–पश्चिम राजमार्ग अन्तर्गत हेटौँडा उपमहानगरपालिका १९ नेवारपानीमा यात्रुवाहक बसले देउसी खेल्न गएको युवाहरुको समूहलाई ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ । घटनामा अन्य चार जना घाइते भएको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा हेटौंडा १९ नेवारपानीका २० वर्षीय सुरज विष्ट र चितवन पिप्लेका ३४ वर्षीय प्रेमबहादुर सिंह ठकुरी रहेको प्रहरीले जनाएको छ । घाइते भएका सङ्गम नेपाली, निषा मोक्तान, तुलसा विष्ट र लक्ष्मी गुरुङको उपचार भइरहेको छ ।

रौतहटको गौरबाट हेटौँडा हुँदै नारायणगढतर्फ जाँदै गरेको बागमती प्रदेश ०३–००१ख ०९३६ नम्बरको बसले देउसीभैलो खेल्न हिँडेका पैदलयात्रीलाई ठक्कर दिएको थियो । ठक्करपछि स्थानीयवासीले बसमा आगजनी गरेका छन् । बस जलेर नष्ट भएको छ ।