
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले लोकतन्त्र जोगाउने जिम्मा कांग्रेसको काँधमा आएको बताएका छन् । नेपाली काँग्रेस मध्यपुरथिमि नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा उनले देशमा लोकतन्त्र जोगाउनका लागि काँग्रेस पार्टीमा विधि पद्दति जोगाउन भने जरुरी रहेको बताए ।
नेता सिंहले लोकतान्त्रिक पार्टीमा नेतृत्वले अलोकतान्त्रिक गतिविधि गर्दा पार्टी कमजोर भएको उल्लेख गर्दै अवसर दिएर पनि काम नगर्नेका बारे अब आम कार्यकर्ताले सोच्नुपर्ने बेला आएको बताए ।
व्यक्तिपछि लाग्नु नै हाम्रो दुर्भाग्यपूर्ण अवस्था रह्यो भन्दै उनले काँग्रेस कमजोर भएकै कारणले कम्युनिष्टले गत निर्वाचनमा राम्रो भोट ल्याएको बताए ।
नेता सिंहले आसन्न महाधिवेशनमा सही नेतृत्व चयन गरेर मुलुक निमार्णमा लाग्नुपर्ने बताउँदै पार्टी राम्रो बनाउन र अस्तित्व जोगाउन नेतृत्व परिवर्तनको आवश्यकता रहेको उल्लेख गरे ।
सरकारले कोरोना खोपको व्यवस्थापन अझै राम्रोसँग गर्नुपर्नेमा जोड दिँदै उनले चाडपर्वको बीचमा भरहेको इन्धन तथा अन्य क्षेत्रको महङ्गीलाई नियन्त्रण गर्नुपर्नेमा जोड दिए ।
एमाले अध्यक्ष केपी शर्मा ओलीको दम्भ र घमन्डका कारण पार्टी मिलाउन नसक्दा आफै फसेको नेता सिंहले टिप्पणी गरे । कार्यक्रममा काँग्रेसका जिल्ला सभापति दुर्लभ थापा, पूर्वसभापति गणेशमान चक्रधर, महेश श्रेष्ठ, मध्यपुरथिमि नगरपालिकाका सभापति हरिदाश प्रजापतिलगायतले विगत जस्तै कांग्रेसको भविष्य पनि उज्यालो रहेको बताए ।