News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद प्रमुख समाचार

टी–ट्वान्टी विश्वकपमा भारतको पहिलो जित

काठमाडौँ । जारी टी–ट्वान्टी विश्वकप क्रिकेटमा भारतले पहिलो जित हात पारेको छ ।

यूएईमा बुधबार भएको सुपर १२ को समूह २ को खेलमा भारतले अफगानिस्तानमाथि जित हासिल गरेको हो । तीन खेलमा भारतको यो पहिलो जित हो । पहिलो जित हात पार्नेक्रममा भारतले अफगानिस्तानलाई ६६ रनले पराजित गरेको छ ।

टस हारेर पहिला ब्याटिङ गरेको भारतले २ विकेटको क्षतिमा २१० रनको विशाल योगफल तयार पारेको थियो । जवाफी ब्याटिङ गरेको अफगानिस्तानले २० ओभरमा ७ विकेट गुमाएर १४४ रन बनायो ।

अफगानिस्तानका लागि करिम जनतले सर्वाधिक ४२ रन बनाए भने कप्तान मोहम्मद नबीले ३५ रन बनाए । अफगानिस्तानलाई सस्तैमा समेट्न भारतका मोहम्मद शामीले ३ र आर आश्विनले २ विकेट लिए ।

जसप्रित बुमराह र रवीन्द्र जडेजाले एक एक विकेट लिए । भारतका लागि रोहित शर्माले ७४ र केएल राहुले ६९ रन बनाए । यस्तै हार्दिक पाँड्याले ३५ तथा ऋषभ पन्तले २७ रन बनाए ।

यो जितपछि भारतको सेमिफाइनल पुग्ने सम्भावना जिवितै भएको छ । यो समूहबाट ४ खेल जितेको पाकिस्तान सेमिफाइनल पुगिसकेको छ भने अफगानिस्तान र न्यूजील्याण्डको समान ४–४ अंक छ । भारत र नामिबियाको २–२ अंक छ । स्कटल्याण्ड भने जितविहीन छ ।