
१पोखरामा प्रहरीको ‘स्वीप अप्रेसन’ : होहल्ला र जुवातासमा संलग्न २३ जना पक्राउ
२एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
३बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
४श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
५पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
६जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
७पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
८समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
९संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
१०‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
११लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
१२बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१२सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
कैलाली । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउँछिन । उनले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउँछिन्।
‘रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी पकाउने गर्दछु’, उनले भनिन्, ‘तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।’
तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् ।
टीकापुरकै सृष्टि शाहलाई पनि तिहारमा रोटी नपकाउँदा रमाइलो लाग्दैन । उनका छिमेका सबै मिलेर रोटी पकाउँछन् । थरिथरिका रोटी पकाउँदा, घर झिलिमिली गर्दा बल्ल रमाइलो हुने उनी बताउँछिन् । ‘हामी छिमेकमा मिलेर पालैपालो रोटी पकाउने गर्छौँ’, उनले भनिन्, ‘सबै मिलेर पकाउँदा रमाइलो हुन्छ, चाडवाडमा मीठो र चिल्लो खाने, खुवाउने, अरुलाई बाँड्ने गर्छौँ ।’
जानकी गाउँपालिकाकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा र झिलङ्गी पाकिसके । अब उनी सेलरोटी पकाउने तयारीमा छन् । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी विकले छिमेकीको सहयोग लिएर रोटी पकाइन ।
उनले भनिन्, ‘यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन ।’
स्वास्थ्यकर्मी मेलिना केसीले पनि तिहारको समयमा रोटी पकाउँछिन् । उनी चाडपर्व मनाउनका लागि मात्रै रोटी पकाउँछिन । केसीको परिवारलाई अनावश्यक चिल्लो खानेकुरा खान हुँदैन भन्ने राम्ररी थाह छ ।
‘पर्व मनाउनका लागि थोरै परिकार पाक्छ, पाकेको परिकार देउसीभैलो खेल्नेलाई पनि खुवाउनुपर्छ”, उनी भन्छिन, ‘हामी सचेत छौँ, अनावश्यक चिल्लो खादैनौँ, चिल्लो खाइहाले पनि रेसादार, झोलिलो खानेकुरा र हरियो सागपात बढी खान्छौँ ।’
केसीको परिवारलाई एकैपटक बढी चिल्लो र मीठो खानु हुँदैन भन्ने थाहा छ । ‘मैले मेरा बच्चालाई पनि खानपानमा ध्यान दिनुपर्छ भनी सिकाएकी छु’, उनले भनिन्, ‘चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्छ ।’
तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव छ ।
टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउँछन् ।
‘खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ’, डा खरेलले भने, ‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।’
डा खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ ।’ -रासस
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा