
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२‘सञ्चारकर्मीमाथि धरपकड विधिको शासनको ठाडो उल्लङ्घन’ : रास्वपा
३पक्राउ परेका सबै पत्रकार रिहा
४पत्रकार पक्राउबारे प्रधानमन्त्री सचिवालयको प्रतिक्रिया : ‘हाम्रो संलग्नता छैन’
५‘समाचारको स्रोत पत्ता लगाउन समाचारकक्षमा प्रहरी छिरेको हो भने मुलुकमा संविधान सकियो’: शिव गाउँले
६आईजिपी कार्कीसम्बन्धी समाचार लेख्ने पत्रकार धमाधम पक्राउ, महासंघद्वारा निन्दा
७ट्रकको ठक्करबाट रूपन्देहीका पत्रकारको मृत्यु
८सर्वोच्चको फूलकोर्टमा न्यायाधीशसँगको कनेक्सनबारे अध्ययन समिति गठनको सुझाव
९नेपालका थप ६ हिमाललाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन पर्यटनमन्त्री पौडेलको पहल
१०बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
११करदाता प्रोत्साहन कार्यक्रम विस्तार, बिक्रेतालाई पनि पुरस्कार
१२न्यायपालिकाको स्वतन्त्रता र संवैधानिक इजलास गठनमा जोड
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१०ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
११सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१२बिचौलिया सापकोटालाई पटक-पटक भेटेको न्यायाधीश फुयालको स्वीकारोक्ति
कैलाली । कैलालीको टीकापुरकी झरना रिमालले तिहारका समयमा थरिथरिका खानेकुरा पकाउँछिन । उनले हरेक वर्षको तिहारमा रमाइलो गर्न, दाजुभाइलाई कोसेली दिन र घरपरिवारमा खानकै लागि भए पनि चिल्ला खानेकुरा पकाउँछिन्।
‘रोटी पकाउन सुरु भइसकेको छ । तिहारमा महिनौँसम्म खानका लागि रोटी पकाउने गर्दछु’, उनले भनिन्, ‘तिहारमा विभिन्न प्रकारका चिल्ला रोटी र मिठाई बनाएर रमाइलो गर्ने चलन छ । भाइटीकाका दिन दाजुभाइलाई पनि विभिन्न प्रकारका रोटी र मसला कोसेली दिने गर्छौँ ।’
तिहार दाजुभाइ तथा दिदीबहिनीको महत्वपूर्ण पर्व भएकाले यसलाई विशेष तवरले मनाउने गरिन्छ । विशेषगरी दाजुभाइ, दिदीबहिनी जमघट भएर भाइटीका लगाउने, मीठो खाने, कोसेली दिने चलन छ । तिहारको समयमा दाजुभाइलाई कोसेली दिन र खुवाउन दिदीबहिनीले विभिन्न चिल्ला परिकार पकाउने गर्दछन् ।
टीकापुरकै सृष्टि शाहलाई पनि तिहारमा रोटी नपकाउँदा रमाइलो लाग्दैन । उनका छिमेका सबै मिलेर रोटी पकाउँछन् । थरिथरिका रोटी पकाउँदा, घर झिलिमिली गर्दा बल्ल रमाइलो हुने उनी बताउँछिन् । ‘हामी छिमेकमा मिलेर पालैपालो रोटी पकाउने गर्छौँ’, उनले भनिन्, ‘सबै मिलेर पकाउँदा रमाइलो हुन्छ, चाडवाडमा मीठो र चिल्लो खाने, खुवाउने, अरुलाई बाँड्ने गर्छौँ ।’
जानकी गाउँपालिकाकी रुपकला विकको घरमा तिहारका लागि आवश्यक रोटी, फिनी, अर्सा, अनारसा र झिलङ्गी पाकिसके । अब उनी सेलरोटी पकाउने तयारीमा छन् । चार दाजुभाइलाई टीका लगाउने तयारीमा जुटेकी विकले छिमेकीको सहयोग लिएर रोटी पकाइन ।
उनले भनिन्, ‘यसरी पकाएका रोटी एक महिनासम्म राख्छौँ, तेल र घ्यूमात्र प्रयोग गरेका रोटी महिनौँसम्म राख्दा केही बिग्रँदैन ।’
स्वास्थ्यकर्मी मेलिना केसीले पनि तिहारको समयमा रोटी पकाउँछिन् । उनी चाडपर्व मनाउनका लागि मात्रै रोटी पकाउँछिन । केसीको परिवारलाई अनावश्यक चिल्लो खानेकुरा खान हुँदैन भन्ने राम्ररी थाह छ ।
‘पर्व मनाउनका लागि थोरै परिकार पाक्छ, पाकेको परिकार देउसीभैलो खेल्नेलाई पनि खुवाउनुपर्छ”, उनी भन्छिन, ‘हामी सचेत छौँ, अनावश्यक चिल्लो खादैनौँ, चिल्लो खाइहाले पनि रेसादार, झोलिलो खानेकुरा र हरियो सागपात बढी खान्छौँ ।’
केसीको परिवारलाई एकैपटक बढी चिल्लो र मीठो खानु हुँदैन भन्ने थाहा छ । ‘मैले मेरा बच्चालाई पनि खानपानमा ध्यान दिनुपर्छ भनी सिकाएकी छु’, उनले भनिन्, ‘चाडपर्वमा ख्याल नगर्दा स्वास्थ्य समस्या बढ्न सक्छ ।’
तिहारमा पकाइने सेलरोटी, फिनी, अर्सा, अनारसा, झिलङ्गी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ । चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ, रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्दछ । तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनपर्ने चिकित्सकको सुझाव छ ।
टीकापुर अस्पतालका डा सम्वाद खरेल तेलमा पकाएका खानेकुरा पचाउन गाह्रो हुन्छ तसर्थ थोरै मात्रामा सेवन गर्नु उत्तम हुने बताउँछन् ।
‘खानेतेलको गुणस्तरमा ध्यान दिने, सकेसम्म शुद्ध तोरीको तेल, मकैको तेल, भटमासको तेल वा सूर्यमुखी तेल प्रयोग गर्नु राम्रो हुनुका साथै फलफूल, सागपात, पानी प्रशस्त सेवन गर्नुपर्छ’, डा खरेलले भने, ‘खानपानमा ध्यान नदिँदा चाडपर्वका समयमा पनि अस्पतालमा बिरामीको सङ्ख्या बढ्छ । जथाभावी खानपानले मानिसलाई दीर्घकालीन असर पनि गर्न सक्छ ।’
डा खरेल चाडपर्वमा चिल्लो रोटीको प्रयोग कम गर्न फलफूल खाने, हरियो सागपात बढी खाएर, रमाइलो गरेर पनि चाडपर्व मनाउन प्रोत्साहन गर्नुपर्ने सुझाव दिन्छन् । उनी भन्छन्, ‘स्वास्थ्य नै मानिसको जीवन भएकाले खानपानमा ध्यान दिऔँ ।’ -रासस
१कास्की प्रमुख हुँदादेखि नै छरपष्ट र विवादित थिए आईजिपी दानबहादुर कार्कीको धन्दा
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३विचौंलिया इनमको जालोमा प्रधानन्यायाधीशदेखि आईजिपिसम्म !
४‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
५‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा