
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
चितवन । आफ्नै निर्देशनमा निर्माण गरिएको राममन्दिरको नेकपा एमालेका अध्यक्ष केपी ओलीले मंगलबार स्थलगत अवलोकन गर्नुका पूजाअर्चना गरे । ओलीले माडी नगरपालिका–९ अयोध्यापुरी नै रामजन्म भूमि भएको अभिव्यक्ति दिएका थिए ।
उक्त अभिव्यक्तिपछि कतिले उनको समर्थन गरे भने कतिले उनको आलोचना गरे । सरकार टिकाउनकै लागि ओलीले भारतविरोधी अभिव्यक्ति दिएको कतिपयको भनाइ थियो । आलोचनाका बीच गएको राम नवमीमा राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति स्थापना गरिएको थियो । ओलीले भने रामजन्म भूमि माडीको अयोध्यापुरी नै भएको बताउँदै आएका छन् ।
मंगलबार राम मन्दिरमा पूजाअर्चना गरेका ओलीले राम जन्मभूमिको तथ्य बताउन झण्डै १५ मिनेट खर्चिए । भारतमा अहिले भनिँदै आएको अयोध्यालाई धेरै वर्ष पहिलासम्म फैजावाद भनिने गरिएको र वास्तविक अयोध्या माडीको अयोध्यापुरी नै भएको उनले बताए । यसबारे उनले आफुले प्राप्त गरेको तथ्य यसरी सुनाए–
डेढ सय वर्ष अगाडिबाट फैजावादलाई अयोध्या भन्न थालियो । भारतको अध्योध्यालाई रामजन्मभूमि भनेर आमरुपले विश्वास गरेको ठाउँ बन्न पुग्यो । त्यो चाँहि अयोध्यापुरी नभएर फैजावाद रहेछ ।
अयोध्यापुरी कहाँ हो त ? मैले अध्ययन गर्न थालेँ । जनकपुर, वाल्मीकि आश्रम, सिता अन्र्तध्यान भएको देवघाट आदि ठाउँ । यहाँका नदीनालाका नाम । यहाँको स्थान र यी सबै उपलब्ध खोजको अध्ययन गर्दै जाँदा यो ठाउँ नै राम जन्मभूमि अयोध्यापुरी भएको मैले निष्कर्ष निकालेँ ।
भानुभक्तको २०७औँ जन्मजयन्तिका दिन मैले राम जन्मभूमि नेपालमा हो भनेको थिए । वीरगञ्जबाट पश्चिम, ठोरी वा ठोरीको आसपास जहाँ अयोध्या भनिन्छ । त्यहीँ ठाउँमा पर्छ । अयोध्या त्रेतायुगसँग सम्बन्धित, दशरथको रामको समयसँग सम्बन्धित अनेक कुराहरु यहाँ उपलब्ध छन् ।
ती प्रमाणसँगै शास्त्रमा वर्णन गरेका कुराहरु । विश्वामित्र ऋषि कोसी नदी तरेर पश्चिमतिर आएर राम लक्ष्मणलाई शिक्षादिक्षा दिए भन्ने कुरा, त्यो पश्चिम कता हुनुपर्छ ? रामले अस्वमेद यज्ञका लागि छोडेको घोडा पश्चिमतर्फ गयो र वाल्मीकि आश्रममा लवकुशले समाते । उहाँ फैजावादवाला अयोध्या, उहाँबाट पश्चिमतिर छोड्दा त दिल्लीतिर पो जान्छ । यहाँ कता वाल्मीकि आश्रममा ?
त्यति छिटो त्यो घोडा वाल्मीकि आश्रममा आइपुग्दैन, जति समयमा यहाँ लवकुशले घोडा समातेका छन् । अयोध्यापुरीबाट पश्चिमतिर गयो, पश्चिमतिरै समातियो, वाल्मीकि आश्रममा । लवकुशले समाते ।
त्यहाँ लवकुशले घोडा समाते भन्ने कुरा तुरुन्तै अयोध्यामा खबर आयो र घोडा छोडाउनका लागि अयोध्याबाट खबर हुँदाखेरी उनीहरुले तेजस्वी उजस्वी खालका कुरा गरे । र त्यहाँ जाँदा खास खालका युवाहरु देखेपछि त्यसका पछाडि खास कारण हुनुपर्छ भन्दा ती रामका छोरा, वाल्मीकिका शिष्य, सीताले हुर्काएका छोरा भएको हुनाले घोडा समात्न सके ।
घोडा छोड्न आदेश दिँदा लड्न आउनुपर्छ भनेर जुन चुनौती दिए उनीहरुले । त्यसबाट बाबु छोराको भेट हुने र साधारण रहेनछन् भन्ने कुरा राम लक्ष्मणले समेत स्वीकार्नु पर्ने स्थिती बन्यो । राम र सीतालाई वाल्मीकिले मिलाउन खोज्दा, सीता भएका ठाउँमा राम जान तयार नभएका । र आफुलाई निकालिएको घरमा सीता गएर वार्ता गर्न तयार नभएकी । त्यस्तो अवस्थामा बीचको ठाउँमा वार्ता गर्ने भनेर वार्ताका लागि देवघाटलाई छानेर वाल्मीकिले रामलाई बोलाए ।
उहाँ (फैजावाद)को रामलाई यहाँ देवघाट बोलाउने कुनै अर्थ हुँदैन । यहीँ (माडी अयोध्यापुरी)को रामलाई देवघाट बोलाएको हो । अलिक अगाडि देखि भन्दै आएको थिए कि राम नेपालीका छोरा हुन् । त्यतिबेला नेपाल थियो तर भारत देश थिएन । साना राजा रजौटाहरु थिए ।
पुत्रिष्ठि यज्ञ गराउँदाखेरी गुल्मि रिडीका पण्डित सिरिङ्ग ऋषिलाई आमन्त्रण गरेर उनले नै यज्ञ लगाएर दशरथका चार सन्तान भएका थिए । राम, लक्ष्मण, भरत र सत्रुगण । रामका बुबाको नाम नेमी थियो । त्यतिबेला थर लेख्ने चलन थिएन । तर दश वटा रथ भएको हुनाले उनलाई दशरथ भनिन्थ्यो । त्यतिबेला राजाहरुसँग एउटा रथ पनि हुँदैनथ्यो ।
दश वटा रथ हुने भनेको असाधारण र सम्पन्नशालि राजा मानिन्थ्यो । यी सबै तथ्यले, आजभन्दा चार हजार वर्ष अगाडि यसै ठाउँमा राम, लक्ष्मण, भरत र सत्रुगणको जन्म भएको थियो । यहाँ अयोध्यापुरीमा भएको थियो । अयोध्यापुरी नै राजा दशरथको राजधानी थियो ।
यहाँबाट देवघाट र वाल्मीकि आश्रम नजिकै । जनकपुरमा जनक राजाले आफ्नी छोरीको स्वयम्बर बलशाली युवासँग गराउने भएछन् भन्ने सुनेपछि ‘हामी पनि जाउँ’ भनेर लक्ष्मणले रामलाई लिएर गए । त्यसरी बलशाली राम गएर परशुरामले ल्याएर राखेको शिवको धनुको धाँदो तान्ने बित्तिकै धनु भाँचियो । त्यसपछि सीतको स्वयम्बर त्यहाँ भयो रामसित । उहाँ (भारत)को अयोध्याबाट त्यो सम्भव देखिँदैन । त्यतिबेला प्रतापि राजा महाराजाहरुको बसोबास यसै क्षेत्रमा हुन्थ्यो ।
राम जन्मभूमि यहिँ हो भन्ने भएपछि मात्रै आफुले राम, लक्ष्मण, सीता र हनुमानको मूर्ति बनाएर पठाएको उनले बताए । काठमाडौँमा निर्माण गरिएका मूर्ति गएको रामनवमीमा शोभा यात्रासहित माडी अयोध्यापुरी लगेर अस्थायी मन्दिरमा स्थापना गरिएको हो ।
माडीमा राम मन्दिर निर्माण भएपछि सोहि निर्वाचन क्षेत्र भएका पुष्पकमल दाहाल प्रचण्ड आत्तिएको उनले टिप्पणी गरे । चार वर्षअघि चुनावका बेला माडीलाई मणी बनाउँछु भनेको स्मरण गर्दै उनले भने–‘अब त म होइन, राम नै फर्किर आइसक्नु भो । माडीलाई मणि बनाउन । अब मणि बन्दैन ?’