News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

राजीनामा दिने तयारीमा मुख्यमन्त्री शाही

सुर्खेत ।  कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आज साँझ राजीनामा दिने तयारी गरेका छन् । गत वैशाख ३ मा विश्वासको मत लिँदा कांग्रेससँग ६ महिनापछि सत्ता हस्तान्तरण गर्ने सहमतिअनुसार शाहीले राजीनामाको तयारी गरेका हुन् ।

कर्णाली प्रदेश सरकारको आज साँझ ५ बजे मन्त्रिपरिषदको बैठकबाट उनले राजीनामाको घोषणाको तयारी गरेको जनाइएको छ । तर, मुख्यमन्त्री शाहीका राजनीतिक सल्लाहकार भीमप्रसाद शर्माले केन्द्रीय सत्ता गठनबन्धनको कुनै निर्देशन नआएको अहिले एकिन भन्न नसकिने बताएका छन् । उनले राजीनामा दिए कांग्रेसबाट जीवनबहादुर शाही मुख्यमन्त्री बन्ने चर्चा छ ।

डनन्यूज ट्रेन्डिङ