News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

मूल धारमा नआएका दलहरूसँग संवाद सुरु गरेका छौं- कार्यवाहक प्रधानमन्त्री खाण

काठमाडाै‌ । कार्यवाहक प्रधानमन्त्री तथा गृहमन्त्री बालकृष्ण खाणले संविधानको मूल धारमा नआएका राजनीतिक दलहरूलाई मूल धारमा ल्याएर संविधानको रक्षा गर्ने दायित्व सरकारको भएको बताएका छन् ।

गृह जिल्ला रुपन्देहीको तिलोत्तमा नगरपालिकास्थित आफ्नै निवासमा आइतबार कार्यकर्तासँग कुरा गर्दै उनले त्यसको लागि सरकारले त्यस्ता राजनीतिक दलहरूसँग संवाद सुरु गरेको बताए ।

उनले गणतन्त्र र संविधानप्रति सबैको स्वामित्व स्थापित गर्न सरकार सफल हुने विश्वाससमेत व्यक्त गरे । नेपाली काँग्रेसका नेतासमेत रहेका खाणले अहिलेको गठबन्धनको सरकारलाई बचाएर आम निर्वाचनसम्म जाने लक्ष्य पनि सुनाए । वर्तमान सरकार संविधानको रक्षा गर्दै जनताको विश्वास जित्न सफल हुने उनको दाबी छ ।

उनले पछिल्ला दिनमा वर्षाले किसानको धान बालीमा क्षति पु¥याएको भन्दै पीडित किसानलाई सरकारले उचित राहतको व्यवस्था गर्ने बताए । गृहमन्त्री भएपछि खाण दोश्रो पटक गृह जिल्ला रुपन्देही आएका हुन् ।

डनन्यूज ट्रेन्डिङ