
१‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
२‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
३नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
४स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
५जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
६हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
७८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
८पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
९पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१०कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
११पोखराको सिमलचौरबाट नक्कली पेस्तोलसहित दुई जना पक्राउ
१२‘ई–बिडिङ’ ह्याक गरेको आरोपमा राप्रपा नेता विक्रम पाण्डे पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
६विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
९रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखराका मेयरले हौसियर ‘बढि गफ’ लगाउँदा गृहमन्त्री विवादमा
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमहामन्त्री प्रकाशमान सिंहले लोकतान्त्रिक पार्टीभित्र नेतृत्वले अलोकतान्त्रिक काम गर्दा त्यसको विरोधमा सशक्त आवाज उठाउनुपर्ने बताएका छन् । नेतृत्वले हेलचेक्रयाई गर्दा पार्टी इतिहासकै कमजोर अवस्थामा आइपुगेको उनको भनाइ छ ।
आइतबार नेपाली कांग्रेस कीर्तिपुर नगर समितिले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिंहले पार्टीको नेतृत्व र अवस्था सुधार अन्य पार्टीका नेता कार्यकर्ताले नगर्ने भन्दै नेता सिंहले आफूहरू नै पार्टी सुधारमा लाग्नुपर्ने बताए ।
‘पार्टीभित्रको समस्यामा कुरा हामीले नउठाए कस्ले उठाउँछ ? पार्टीको समस्या हामी आफै समाधान गर्ने हो,’ नेता सिंहले भने, ‘बाटो बिराउनेलाई बाटो देखाउनु पर्दछ । आलोचना गर्दा पार्टीको विधि र पद्धतीको रक्षा हुन्छ ।’ पार्टीभित्रका भजन मण्डलीले नेतृत्वलाई अलमलमा पारिरहेको उनको भनाइ छ ।
नेता सिंहले कांग्रेसको इतिहास राम्रो छ भन्दैमा चुप लागेर बसे आगामी चुनावमा जनताले त्यसको नतिजा देखाइदिने बताए । इतिहासका साथसाथै अझै राम्रो गर्न सबै नेता कार्यकर्ता लाग्नुपर्नेमा उनको जोड छ ।
उनले १३औं महाधिवेशनपछि कांग्रेस इतिहासकै कमजोर अवस्थामा आइपुगेको बताए । अहिलेकै अवस्था कायम रहे राष्ट्रिसभाको चुनावमा भाग लिनबाट पार्टी बञ्चित हुनुपर्ने जोखिम आएको भन्दै त्यसको जिम्मेवारी वर्तमान नेतृत्वले लिनुपर्ने उनको भनाइ छ ।
विवाद मिलाउन पर्नेमा नेतृत्वले त्यसो गर्न नसकेको उनले आरोप लगाए । केही व्यक्तिले आफ्नो पक्षमा मत लिनको लागि धाधली गरेको र सदस्यता वितरणमा केही पुराना काँग्रेसीहरुलाई अन्याय भएको टिप्पणी गरे ।
पार्टीभित्रको बेथिति र विकृति अन्त्यका लागि नयाँ पुस्ता आउनुपर्ने उनको धारणा थियो । विधि र पद्धतीको पालना गर्नुपर्छ भन्ने पार्टीले नै विधिको शासन मान्न छोड्यो भने जनताले विश्वास नगर्ने उनले चिन्ता व्यक्त गरे । देशमा लोकतन्त्र जोगाउनको लागि पनि काँग्रेसभित्र विधिपद्धती जोगाउन आवश्यक रहेको उनको भनाई थियो ।
‘देशमा लोकतन्त्र जोगाउनको लागि कांग्रेसमा विधि पद्धती जोगाउन जरुरी छ । सक्षम प्रभावकारी पार्टीको रुपमा स्थापना पनि पहिले पार्टीभित्र विधि पद्धतीको स्थापना गर्नुपर्दछ,’ उनले भने, ‘त्यसो गर्न नसके प्रजा परिषद्को बाटोमा नेपाली काँग्रेस जान्छ ।’
त्यस्तै नेता सिंहले आगामी महाधिवेशनमा पार्टी सभापतिको उम्मेद्वार बन्न आफू तयार रहेको बताए । पार्टीलाई वडादेखि केन्द्रसम्म शक्तिशाली बनाउन र लोकतन्त्र जोगाउनको लागि आफू सभापति बन्नुपर्ने उनको तर्क थियो । पार्टीको तल्लो तहदेखि नै संघर्ष गर्दै आएकाले सबैको दु:ख र संघर्ष बुझ्ने क्षमता भएको आफू एक्लो नेता भएको उनले दाबी गरे ।
‘जनताको नजरबाट गिरिसकेका नेतालाई अगाडि राखेर जतिसक्दो राम्रो काम गरे पनि जनताले पत्याउँदैनन्,’ उनले भने, ‘लोकतन्त्र जोगाउनको लागि नेतृत्व परिवर्तन आवश्यक छ । विधि र पद्धती जोगाउनको लागि पनि नेतृत्व परिवर्तन आवश्यक छ ।’
फरक प्रसंगमा नेता सिंहले ओली सरकारले न्यायापालिकालाई हस्तक्षेप गर्दा न्यायालयमा अहिलेको अवस्था सिर्जना भएको दाबी गरे । उनले अदालतलगायतका निकायमा राजनीतिक नियुक्त, संविधानको भावना विपरीत काम गर्दा समस्या उत्पन्न भएको जिकिरसमेत गरे ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त