
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
मोरङ, १३ कात्तिक । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले लोकतन्त्र जोगाउन नेकपा (एमाले)मा विद्रोह गरी नयाँ पाँर्टी निर्माण गरेको बताउनुभएको छ ।
नेकपा (एकीकृत समाजवादी) विराटनगर नगर कमिटीद्वारा आज यहाँ आयोजित दसैँ, तिहार, नेपाल संवत्, छठ, इद, उभौली र ल्होसारपर्वको उपलक्ष्यमा आयोजित शुभकामना कार्यक्रममा उहाँले जनताले निर्माण गरेको संविधानको संरक्षण र जनताप्रति सम्मान नै पार्टीको मूल उद्देश्य रहेको उल्लेख गर्नुभयो ।
अध्यक्ष नेपालले नीति र व्यक्तिवादी सोचबाट नभई विचार विधिबाट सञ्चालन गरी समाजमा रहेको सम्पूर्ण विभेदको अन्त्य गर्नुपर्नेमा जोड दिनुभयो । उहाँले प्रदेश नं १ मा गठवन्धन दलबीचको सहमति एवं निर्णयमा यो हप्ताभित्र राजेन्द्र राईको नेतृत्वमा सरकार गठन हुने दाबी गर्नुभयो ।
स्वास्थ्य राज्यमन्त्री भवानी खापुङले सरकारले बेमौसमले वर्षाबाट क्षति भएको किसानको धानबालीको क्षतिपूर्तिका लागि ६५ प्रतिशत राहत दिने निर्णय भएको जानकारी दिँदै वर्तमान सरकार जनताको पक्षमा राम्रो कार्य गर्ने दिशातर्फ अगाडि बढिरहेको बताउनुभयो ।
पोलिटव्यूरो सदस्य महजुद आलम, डा उद्धव पोखरेल, मोरङ अध्यक्ष चन्द्रवीर राई, पारुल क्षेत्री र नेकपा (माओवादी केन्द्र)का मोरङ संयोजक गणेश उप्रेतीले पार्टी वैकल्पिक शक्तिका रूपमा आगाडि बढिरहेको धारणा राख्नुभयो । कार्यक्रममा विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि, नागरिक समाज एवं सञ्चारकर्मीको सहभागिता थियो ।