
१डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
२पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
३विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
४सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
५ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
६विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
७‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
८छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
९सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१०बागलुङमा माटोको ढिस्कोले पुरिएर दुईजना मजदुरको मृत्यु
११शैक्षिक परामर्श व्यवसायलाई थप व्यवस्थित, व्यावसायिक र प्रविधिमैत्री बनाउने
१२‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
९सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
१०आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
म्याग्दी । राष्ट्रियसभाअन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय उपसमितिको टोलीले उत्तर दक्षिण जोड्ने कालीगण्डकी कोरिडोरअन्तर्गत बेनी–जोमसोम–कोरला सडकको अनुगमन गरेको छ ।
उपसमितिका सभापति अनिता देवकोटा, सदस्य नारायणकाजी श्रेष्ठ र इन्दिरादेवी गौतमसहित सचिवालयका दुई कर्मचारीको टोलीले म्याग्दीको उत्तरी क्षेत्र हुँदै चीनको सिमानामा रहेको कोरला नाका जोड्ने १८६ किलोमिटर दूरीको सडक निर्माण अवस्थाको बारेमा जानकारी लिएको हो ।
संसदीय टोलीले स्थलगत निरीक्षणका साथै आयोजनाका अधिकारी, जनप्रतिनिधि, स्थानीयवासीसँग छलफल र निर्माण व्यवसायी तथा प्राविधिकलाई निर्देशन दिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका प्रमुख जगत प्रजापतिले बताए ।
अनुगमनपछि राष्ट्रियसभा सदस्य तथा नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले २५ किलोमिटर दूरीको चराङ–छोसेर खण्डको सडक निर्माणमा भएको ढिलाइका बारेमा ध्यानाकर्षण भएको र सम्बन्धित निर्माण व्यवसायीलाई तीव्रता दिन निर्देशन दिएको बताए । “चीनले गरेको तयारीले हामीलाई सडक, भन्सारलगायत पूर्वाधार निर्माणलाई तीव्रता दिन दबाब परेको छ”, उनले भने, “कोरला नाकामा पूर्वाधार निर्माण र सुरक्षा उपस्थिति बढाएर नाका सञ्चालन गर्ने वातावरण बनाउनुपर्छ ।”
टोलीले कोरला नाकादेखि १३ किलोमिटर नेपालतर्फ छोसेरमा रहेको सिमा सुरक्षा पोष्टलाई नाकाको नजिकै स्थानान्तरण गर्न सरकार, गृह, परराष्ट्र मन्त्रालयमा प्रस्ताव गर्ने बताए। बिहीबार जोमसोम हुँदै कोरला नाकासम्म पुगेर फर्किएको टोलीले शुक्रबार जोमसोमदेखि लेतेसम्म निर्माणाधीन सडक अवलोकन गरेको थियो ।
आयोजना प्रमुख प्रजापतिले जोमसोम–कोरला खण्डको सातमध्ये छवटा प्याकेज निर्माण सकिएको, जोमसोम–कागबेनी सडक कालोपत्रे हुन लागेको, बेनी–जोमसोम सडकको तेस्रो प्याकेज कैकुखोला–खन्ती खण्ड कालोपत्रे अन्तिम चरणमा रहेको र तीन वटा प्याकेजको काम भइरहेको जानकारी गराएका थिए । उपसमिति सभापति देवकोटाले राष्ट्रिय सरोकार तथा समन्वय समितिअन्तर्गत राष्ट्रिय गौरवको आयोजनाको अनुगमन गर्ने सिलसिलामा मुस्ताङ आएको बताए ।
यसैगरी बेनी–जोमसोम सडकअन्तर्गत म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ काभ्रेमा पहिरोग्रस्त क्षेत्रमा डाइभर्सन (वैकल्पिक) सडक बनाउन लागिएको छ । कालीगण्डकीले कटान गरेर यसअघि बनाइएको सडक भााँसिएर साँघुरिदा सवारी साधन आवतजावत प्रभावित र दुर्घटनाको जोखिम बढेकाले करिब २०० मिटर नयाँ ट्रयाक खोलेर डाइभर्सन बनाउन लागिएको हो ।