
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडाै । युएईमा जारी आईसीसी टी-२० विश्वकपमा पाकिस्तानले लगातार तेस्रो जित निकाल्दै सेमिफाइनल नजिक पुगेको छ।
प्रतियोगिता अन्तर्गत शुक्रबार अफगानिस्तानलाई ५ विकेटले हराउँदै पाकिस्तानले ३ खेलबाट ६ अंक जोड्दै अन्तिम चार नजिक पुगेको हो। अफगानिस्तानले दिएको १ सय ४८ रनको मध्यम लक्ष्य पाकिस्तानले ६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्यो ।
उसका लागि आसिफ अलीले आक्रामक पारी खेल्दै ७ बलमा चार छक्कासहित अविजित २५ रन बनाए। त्यस्तै, कप्तान बाबर आजमले ५१, फखर जमानले ३०, शोयब मलिकले १९, मोहम्मद अफीजले १० र मोहम्मद रिजवानले ८ रन बनाए।
बलिङमा अफगानिस्तानका लागि राशिद खानले दुई तथा मुजीबउर रहमान, नवीन उलहक र मोहम्मद नाबीले समान एक-एक विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ४७ रन बनायो ।
उसका लागि गुलबन्दिन नाइब र कप्तान मोहम्मद नाबीले आक्रामक ब्याटिङ गर्दै टिमलाई मध्यम योगफलसम्म पुर्याए। दुवैले अविजित समान ३५/३५ रन बनको योगदान दिए।
यस्तै, नजिबुल्लाह जद्रानले २२, करिम जन्नतले १५ तथा रहमानउल्लाह गुरबाज र असगर अफगानले समान १०/१० रन जोडे। बलिङमा पाकिस्तानका लागि इमाद वासिमले २ तथा शादाब खान, हसन अली, हरिस रौफ र शाहीन शाह अफ्रिदीले समान एक-एक विकेट लिए।
जारी विश्वकपमा पाकिस्तानको यो लगातार तेस्रो जित हो। उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराउँदै दोस्रो खेलमा न्यूजिल्याण्डलाई ५ विकेटले पन्छाएको थियो।
आजको जितसँगै पाकिस्तान शीर्ष स्थानमा कायमै छ। समूह ‘१’ मा रहेको पाकिस्तानले ३ म्याचमा ६ अंक जोडेको छ । त्यस्तै, यही समूहमा रहेको अफगानिस्तान दोस्रो, नामिबिया तेस्रो, न्यूजिल्याण्ड चौथो, भारत पाँचौ र स्कटल्याण्ड छैटौँ स्थानमा छन्।
भोलि समूह १ का दुई खेल हुनेछन्। पहिलो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकाको सामना गर्नेछ भने दोस्रो खेलमा अष्ट्रेलियाले इंल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ।
समूहमा समान २-२ खेलबाट शतप्रतिशत जित निकालेका इङ्ल्याण्ड र अष्ट्रेलिया शीर्ष दुईमा छन्। यस्तै समान २ खेलबाट २-२ अंक जोडेका श्रीलंका र दक्षिण अफ्रिका तेस्रो र चौथो स्थानमा छन्।
आजै भएको पहिलो खेलमा बंगलादेशलाई हराउँदै वेष्टइन्डिजले तीन खेलबाट २ अंक जोडेको छ। बंगलादेश अंकबिहिन हुँदै पुछारमा छ।