News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

बाग्मती प्रदेशमा भोलि तीन बजेसम्म मुख्यमन्त्रीको दाबी गर्न आह्वान

काठमाडौँ । बाग्मती प्रदेशमा बिहीबार अपरान्ह ३ बजेसम्म नयाँ सरकार गठनका लागि प्रदेश सभाका दलहरुलाई आह्वान गरिएको छ । प्रदेश प्रमुख यादवचन्द्र शर्माले बुधबार नयाँ मुख्यमन्त्रीका लागि दाबी गर्न आह्वान गरेका हुन् ।

अष्टलक्ष्मी शाक्यले पदबाट राजीनामा दिएपछि प्रदेश प्रमुख शर्माले सभामा कुनै पनि दलको स्पष्ट बहुमत नभएकाले दुई वा सोभन्दा बढी दलको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी गर्न प्रदेशसभाका दलहरुलाई आह्वान गरेका हुन् ।

मुख्यमन्त्री शाक्यले राखेको विश्वासको मतको प्रस्तावमाथि मतदान हुनुअघि नै उनले बुधबार राजीनामा दिएकी थिइन् । सत्तारुढ दल एमाले विभाजित भएपछि शाक्य स्पष्ट अल्मतमा परेकी थिइन् ।

केन्द्रीय सत्तारुढ गठबन्धनले नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र पाण्डेलाई मुख्यमन्त्री बनाउने सहमति गरिसकेकाले बिहीबार पाण्डे मुख्यमन्त्री बन्ने लगभग निश्चित छ ।

डनन्यूज ट्रेन्डिङ