
१सहकारी क्षेत्रमा आमूल परिवर्तन
२रोल्पामा तीर्थयात्री सवार जीप दुर्घटना हुँदा २० जनाको मृत्यु
३‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
४‘दयाशंकर पालिखे पत्रकारिता’ सम्मानबाट सूर्यचन्द्र र कृष्णमणि सम्मानित हुँदैं
५नेपाल माइक्रो इन्स्योरेन्सका अध्यक्ष आशिष श्रेष्ठ पक्राउ
६स्याङ्जामा लागूऔषधसहित फारुक अली र निशान थापा पक्राउ
७जबरजस्ती करणी मुद्दामा फरार रहेका हेम कुमार १२ वर्षपछि पक्राउ
८हिमाली लेकहरूमा बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन सुरु
९८३ वर्षीय वृद्धको अनसनमाथि बुट बजार्दै पोखरामा जबर्जस्ती फोहोर विसर्जन!
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११पोखरामा ठूलो परिमाणको ब्राउन सुगरसहित एक महिला पक्राउ, ९ लाख नगद बरामद
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
६कर्ण शाक्यको अवैध ‘वाटर फ्रन्ट रिसोर्ट’मा चल्यो डोजर, स्विमिङ पुल, गेट र पर्खाल ध्वस्त
७सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९फेवाताल किनारका ३२ भन्दा बढी टहरा भत्काइए
१०अध्यक्ष ओलीको हुबहु भाषा अभिव्यक्त गरेका बादलको भनाईले एमाले नैं तरंगित
११अंश मुद्दा र पारिवारिक कलहले सिर्जनाको विभत्स हत्या : भाञ्जासहित दुई अभियुक्त पक्राउ
१२पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
काठमाडाै । युएईमा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को खेलमा मंगलबार न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
जारी विश्वकपमा पाकिस्तानको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो।
न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३५ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे।
त्यस्तै फखर जमान, मोहम्मद हफिज, इमाद बसिमले समान ११-११ रन बनाए। कप्तान बाबर अजाम ९ रनमा आउट भए। शोएब मलिक र आसिफ अलिले नटआउट समान २७-२७ रन बनाए।
न्यूजिल्यान्डका लागि ईश शोढीले २ तथा ट्रन्ट बोल्ड, टिम साउथी र मिसेल सान्टेनरले समान १-१ विकेट लिए। यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
न्यूजिल्यान्डका लागि डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७-२७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाए।
गप्टिल र मिचेलले ३६ रनको ओपनिङ साझेदारी गरेका थिए। छैठौं ओभरमा गप्टिल आउट भएपछि विलियमसनले मिचेलसँग १८ रनको तथा चौथो विकेटका लागि कनवेसँग ४४ रनको साझेदारी गरे।
चौधौं ओभरमा विलियमसन हसन अलिबाट रनआउट भए। कनवेले फिलिप्ससँग २६ रनको साझेदारी गरे। अठारौं ओभरमा कनवे र फिलिप्स दुवैलाई हरिस रौफले क्याच आउट गरे। इनिंग्सको अन्तिम ५ ओभरमा न्यूजिल्यान्डले ४ विकेट गुमाएर ३४ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि हरिस रौफले करिअरकै उत्कृष्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। त्यस्तै शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हफिजले समान एक-एक विकेट लिए।
न्यूजिल्यान्डको सुपर-१२ चरणमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो।
आजै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो । वेष्ट इण्डिजले दिएको १ सय ४४ रनको लक्ष्य १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।
१मणिपाल अस्पताल, बाराही ग्रुप लगायतको भ्रष्टाचार मुद्दाको छानबिन गर्न नेकपा बहुमतको माग
२अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
३पोखरामा खुकुरी प्रहारबाट एकल महिलाको हत्या
४धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
५विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म