
१पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
२‘डुलुवा’ टोलीको यात्रा सुरु पोखराबाट हुम्लाको लिमी उपत्यका हुँदै लाप्चा ला पाससम्म
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४देउसी खेलेर बैदाम प्रहरीले किन्यो मोटरसाइकल
५जेन-जी आन्दोलनका ४५ जनालाई सहिद घोषणा
६फेवातालमा डुंगा पल्टिँदा डुबेका तीनै जना सकुशल उद्धार
७माओवादी, एकीकृत समाजवादीसहित ८ दलबिच १८ बुँदे सहमति, १९ गते एकता घोषणा
८जेन–जीमाथि भएको दमनको निष्पक्ष छानबिनको माग गर्दै पोखरामा मशाल जुलुश प्रदर्शन
९उद्धारपछि १५ जनाको टोली जोमसोममा सकुशल
१०मुस्ताङको सरिबुङ पासमा १४ पदयात्री सम्पर्कविहीन
११सुरक्षाकर्मीको पेस्तोल लुटेर बेच्ने पाँच जना पक्राउ
१२कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१चक्कु प्रहार गरी अनिल पराजुलीको हत्या
२‘तिमीलाई खतरा छ भने तिम्रै गलत धन्दाबाट छ, मसँग नडराऊ’
३पोखरा सहकारीको ८८ करोड रुपैयाँ ठगी गर्नेहरु पक्राउ
४पत्रिका सेटिङ गरेर वार्गेनिङ, मध्यरातमा यौनशोषणको समाचार नैं गायव !
५पूर्ववडाध्यक्ष धनबहादुर नेपालीले कुटे निर्दोष युवालाई
६कास्कीमा प्रहरी कार्यालयमा आगजनी र हतियार लुटपाटमा संलग्न १० जना पक्राउ
७पूर्वसभामुख कृष्णबहादुर महरा सुन तस्करीमा पक्राउ
८मणिपालमा नर्सलाई उल्टैं प्रशासनको धम्की
९कारागारबाट भागेर प्रहरी चौकी लुट्ने जलारी पक्राउ
१०जुवातास खेल्ने र खेलाउने २७ जना पक्राउ, करिब ९ लाख नगद बरामद
११विदेशी नागरिकमाथि अभद्र व्यवहार गर्ने दुईजना पक्राउ
१२पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गर्ने युवक पक्राउ
काठमाडाै । युएईमा जारी टी-ट्वान्टी विश्वकपमा पाकिस्तानले लगातार दोस्रो जित निकालेको छ। सुपर-१२ चरण अन्तर्गत समूह ‘२’ को खेलमा मंगलबार न्यूजिल्यान्डलाई ५ विकेटले हराउँदै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ।
जारी विश्वकपमा पाकिस्तानको यो लगातार दोस्रो जित हो । उसले पहिलो खेलमा भारतलाई १० विकेटले हराएको थियो।
न्यूजिल्यान्डले दिएको १३५ रनको लक्ष्य पाकिस्तानले ५ विकेट गुमाएर १८.४ ओभरमा पूरा गर्यो। पाकिस्तानका लागि मोहम्मद रिजवानले सर्वाधिक ३५ रन बनाए। ३४ बल खेलेका उनले ५ चौका प्रहार गरे।
त्यस्तै फखर जमान, मोहम्मद हफिज, इमाद बसिमले समान ११-११ रन बनाए। कप्तान बाबर अजाम ९ रनमा आउट भए। शोएब मलिक र आसिफ अलिले नटआउट समान २७-२७ रन बनाए।
न्यूजिल्यान्डका लागि ईश शोढीले २ तथा ट्रन्ट बोल्ड, टिम साउथी र मिसेल सान्टेनरले समान १-१ विकेट लिए। यसअघि शारजाह स्टेडियममा टस हारेर पहिले ब्याटिङ गरेको न्यूजिल्यान्डले २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन बनाएको थियो।
न्यूजिल्यान्डका लागि डेरेल मिचेल र डेभोन कनवेले सर्वाधिक २७-२७ रन, कप्तान केन विलियमसनले २५ रन, मार्टिन गप्टिलले १७ रन, ग्लेन फिलिप्सले १३ रन बनाए।
गप्टिल र मिचेलले ३६ रनको ओपनिङ साझेदारी गरेका थिए। छैठौं ओभरमा गप्टिल आउट भएपछि विलियमसनले मिचेलसँग १८ रनको तथा चौथो विकेटका लागि कनवेसँग ४४ रनको साझेदारी गरे।
चौधौं ओभरमा विलियमसन हसन अलिबाट रनआउट भए। कनवेले फिलिप्ससँग २६ रनको साझेदारी गरे। अठारौं ओभरमा कनवे र फिलिप्स दुवैलाई हरिस रौफले क्याच आउट गरे। इनिंग्सको अन्तिम ५ ओभरमा न्यूजिल्यान्डले ४ विकेट गुमाएर ३४ रन मात्र बनाउन सक्यो।
पाकिस्तानका लागि हरिस रौफले करिअरकै उत्कृष्ट स्पेल दर्ता गर्ने क्रममा ४ ओभरमा २२ रन खर्चेर ४ विकेट लिए। त्यस्तै शाहिन अफ्रिदी, इमाद वासिम र मोहम्मद हफिजले समान एक-एक विकेट लिए।
न्यूजिल्यान्डको सुपर-१२ चरणमा पहिलो खेल हो भने पाकिस्तानको यो दोस्रो खेल हो। पहिलो खेलमा पाकिस्तानले भारतलाई १० विकेटले पराजित गरेको थियो।
आजै भएको पहिलो खेलमा दक्षिण अफ्रिकाले वेष्ट इण्डिजलाई ८ विकेटले हरायो । वेष्ट इण्डिजले दिएको १ सय ४४ रनको लक्ष्य १८.२ ओभरमा २ विकेट गुमाएर भेट्टायो ।