
१डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
२ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
३पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
४डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
५पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
६विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
७सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
८ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
९विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
१०‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
११छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१२सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
फुङ्लिङ । ताप्लेजुङका सीमान्तकृत वालुङ समुदायले मनाउने सांस्कृतिक पर्व फुटुक सुरु भएको छ । दशैंको कोजाग्रत पूर्णिमाको पञ्चमी तिथिदेखि तिहारको औँसी (लक्ष्मी पूजा) का दिनसम्म मनाइने फुटुक पर्व आजदेखि विधिवत रुपमा सुरु भएको हो ।
वालुङ (भोटे) समुदाय चीनसँगको सीमावर्ती फक्ताङ्लुङ गाउँपालिका–७ ओलाङ्चुङगोलामा मात्र बसोबास गर्दै आएका छन् । उक्त समुदायको मौलिक सांस्कृतिक पर्व फुटुक विगतदेखि नै धुमधामसँग मनाउने गरिएको छ । यस वर्ष कोरोना सङ्क्रमणको अवस्था न्यून भएकाले फुटुक पर्व भव्यरुपमा मनाउन थालेको फक्ताङ्लुङ–७ ओलाङ्चुङगोलाका वडाध्यक्ष छेतेन भोटे (वालुङ) ले जानकारी दिए ।
उनका अनुसार परापूर्वकालदेखि नै ओलाङ्चुङगोलामा बसोबास गर्ने सो समुदायले प्रत्येक वर्ष फुटुक पर्व मनाउने गर्दछन् । वालुङको विशेष मौलिक पर्व भएकाले करिब १० दिनसम्म मनाइने पर्वमा सहभागी हुनका लागि पाहुना आइसकको वडाध्यक्ष भोटेले जानकारी दिए । उनका अनुसार फुटुक पर्वलाई विधिगत रुपमा सञ्चालन गर्नका लागि भारतको दार्जिलिङदेखि प्रमुख लामा आएका छन् ।
पर्वमा सुरुदेखि अन्तिमसम्ममा कम्तीमा १५ लामाले सहभागिता जनाउने र उनीहरुले बौद्ध धर्मसंस्कार अनुसार पर्व सञ्चालन गर्ने स्थानीय याङ्मा नुर्पु शेर्पाले जानकारी दिए । उनका अनुसार पर्वको अवधिभर हरेक दिन मध्यरातिदेखि लामाले पूजा पाठ गर्छन् भने देव नृत्यसमेत देखाउने गरिन्छ । निरन्तर आगोमा घ्यू र तेल जलाउँदै पूजापाठ गर्ने गरिन्छ भने आगोमा बालेको घ्यू र तेलको धुँवा (राप) ले गुम्बाको धुरी नाघेमा शुभ हुने वालुङ जातिमा धार्मिक विश्वास रहिआएको छ ।
फुटुक पर्वको पछिल्लो चार दिनलाई विशेष दिनका रुपमा लिइन्छ भने प्रत्येक रात देवनृत्य (देवता नाच) प्रदर्शनसहित पर्वको समापन गरिने स्थानीयले बताएका छन् । स्थानीयका अनुसार पर्वमा सहभागी लामाले देवता र राक्षसको मुखुन्डो लगाएर देवता तथा राक्षसबीचको युद्धको अभिनय गरी नृत्य देखाउन गरिएको छ ।
फुटुक पर्वमा लामाको नृत्य हेर्न साथै भगवान्को आशिर्वाद ग्रहण गर्नका लागि स्थानीयवासी साथै बाहिरबाट जाने पाहुनाले गुम्बा नजिक पाल तथा ट्रेन टाँगेर बस्ने गर्दछन् । ओलाङ्चुङगोलामा साढे ४०० वर्ष पुरानो ऐतिहासिक दिकिछ्योलिङ गुम्बा छ ।
गत वर्ष महामारीको समयमा पनि फुटुक पर्व मनाइएको थियो । गत वर्षको फुटुकमा उत्तरी नाका बन्द गरिएकाले चीनको स्वशासित क्षेत्र तिब्बतबाट पाहुना आउन सकेका थिएनन् । यस वर्ष पर्वमा भारतको सिक्किम, दार्जिलिङ र नेपालका विभिन्न ठाउँमा बसोबास गर्दै आएका वालुङ र आफ्ना आफन्त, नातेदार पाहुनाको रुपमा सहभागी हुने स्थानीय बताउँछन् ।
ऐतिहासिक महत्व भएको तथा नेपालकै ओलाङ्चुङगोलामा मात्र यो पर्व मनाउने भएकाले वालुङ समुदायको मौलिक तथा सांस्कृतिक पर्व फुटुकको संरक्षण र प्रवर्द्धन गर्न गाउँपालिकाले आर्थिक सहयोसमेत गर्दै आएको छ । सीमान्तकृत समुदायको मौलिक पर्वको जगेर्नाबाट पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा राखेर आर्थिक सहयोग गर्दै आएको फक्ताङ्लुङ गाउँपालिकाका अध्यक्ष सरोज एभेङ लिम्बूले जानकारी दिए ।
समुद्र सतहदेखि तीन हजार २०० मिटर उचाइ रहेको हिमाली बस्ती ओलाङ्चुङगोलामा एक मात्र जाति वालुङ समुदायको बसोबास रहेको छ । ओलाङ्चुङगोलामा हाल वालुङ ५२ घरपरिवार बसोबास गर्दै आएका छन् भने ओलाङ्चुङगोलाकै साविक वडा नं ९ जिल्लाकै उच्च बस्ती याङ्मा (४,२०० मी) मा ११ परिवार बसोबास गर्दै आएका छन् ।