News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

पाँचथरमा मृत्यु हुनेको सङ्ख्या ३० पुग्यो, अझै ४ जना बेपत्ता

काठमाडाै‌ । अविरल वर्षाबाट आएको बाढी पहिरोमा परी पाँचथरमा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ ।

जिल्लाका विभिन्न स्थानीय तहमा गएको पहिरोमा परि २८ जनाले ज्यान गुमाएका थिए । ती प्रकोपमा परी बेपत्ता भएका ६ जना मध्ये २ जनाको शव फेला परेसँगै मृत्यु हुनेको सङ्ख्या ३० पुगेको हो । अझै ४ जना बेपत्ता रहेका छन् भने १० जना घाइते छन् ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले शनिवार सार्वजनिक गरेको विवरण अनुसार बितेको २४ घण्टामा डडेलधुरामा पहिरोमा परि ५० वर्षकी महिलाको मृत्यु भएको छ ।

कपिलवस्तुमा बाढीले बगाउँदा ३२ वर्षकी महिला र १३ वर्षीया बालिकाको मृत्यु भएको छ । यस्तै नवलपरासीमा बाढीले बगाउँदा ५० वर्षका पुरुष र ४५ वर्षकी महिलाको मृत्यु भएको छ । अछाममा ७ वर्षकी बालिकाको चुथी खोलाले बगाएर मृत्यु भएको छ ।

मोरङमा सिघिया खोलामा आएको बाढीले बगाउँदा २१ वर्षका पुरुषको मृत्यु भएको छ । यस्तै सुनसरीमा ३१ वर्षका पुरुषलाई खोलामा आएको बाढीले बगाउँदा मृत्यु भएको छ । प्राधिकरणका अनुसार बितेको २४ घण्टामा बाढी पहिरो जस्ता प्रकोपबाट १४ जनाको ज्यान गएको छ ।

यसैबिच गत वैशाख १ गतेदेखि कार्तिक ६ गतेसम्म बाढी पहिरो जस्ता प्राकृतिक प्रकोपका २ हजार ९० वटा घटनामा ३ सय ५३ जनाले ज्यान गुमाएका छन् । ८० जना बेपत्ता अवस्थामा छन् भने १२ सय ८४ जना घाइते भएका छन् ।

सो प्रकोपबाट ३ हजार ४ सय ४३ परिवार प्रभावित भएका छन् । उक्त प्रकोपबाट झन्डै १ अर्ब ९ करोड २५ लाख २१ हजार रुपैयाँको क्षति भएको प्राधिकरणले जनाएको छ ।