
१रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
२रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
३नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
४प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
५सिन्धुलीमा बुहारीलाई पेट्रोल छर्केर आगो लगाइएको प्रहरी अनुसन्धानबाट पुष्टि
६‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
७कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
८हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
९किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
१०लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
११भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
१२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
८पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
९जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
१०किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडाैं । निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा राख्न दुई करोड १६ लाख अमेरिकी डलर मूल्यको बुद्धमूर्ति भैरहवा पुर्याइएको छ ।
बहुमूल्य धातु ‘ह्वाइट जेड’ बाट बनाइएको उक्त बुद्धमूर्ति म्यान्मार, हङकङ हुँदै भारतको कोलकाता बन्दरगाहबाट शुक्रबार भैरहवा ल्याइएको हो। उक्त मूर्ति बिहीबार नै भैरहवा भन्सार परिसरमा ल्याइपुर्याइ पनि शुक्रबारमात्रै भन्सार प्रक्रिया पूरा भएको हो।
लुम्बिनी गार्डेन फाउण्डेसनमार्फत् म्यान्मार सरकारले नेपाल सरकारलाई उक्त मूर्ति उपलब्ध गराएको फाउण्डेसनका सचिव तुल्सीराम लामिछानेले जानकारी दिए।
‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर भएकोले मूर्ति बनाउँदा साढे दुई अर्ब मूल्य पर्ने भए पनि उक्त मूर्ति म्यान्मारका खानी उद्योगीले उपलब्ध गराएकोले फाउण्डेसन र नेपाल सरकार कसैको पनि नगद लगानी नभएको लामिछानेले स्पष्ट पारे।
‘ह्वाइट जेड स्टोन’ बहुमूल्य पत्थर हो, हङकङमै पनि १ ग्राम ‘ह्वाइट जेड स्टोन’ को १२ अमेरिकी डलर मूल्य पर्छ, तर मूर्ति निर्माणमा फाउण्डेसन र नेपाल सरकार कसैको पनि लगानी भएको छैन,’ लामिछानेले भने।
म्यान्मारका भिक्षुहरूले ६ महिना लगाएर कुदेको उक्त मूर्ति करिब दुई अर्ब ५० करोड नेपाली रुपैयाँ मूल्यको रहेको फाउण्डेसनका महासचिव एकराज गिरीले बताए।
गिरीका अनुसार मूर्ति ल्याउँदा लागेको १२ हजार अमेरिकी डलर ढुवानी खर्च फाउण्डेसनले बेहोरेको छ भने नेपाल सरकारले भन्सार शुल्क छुट दिएको छ।
स्पेनमा रहेकोे लुम्बिनी गार्डेन फाउण्डेसनका लागि म्यान्मारस्थित खानीसम्बन्धी कम्पनी मालविन ग्रुपले उक्त बुद्धमूर्ति बनाएको थियो। तर फाउण्डेसनले बुद्ध र लुम्बिनीबारे विश्वमा शान्ति र पर्यटनको प्रचारप्रसार गर्ने उद्देश्यले नेपाल ल्याएको गिरीले बताए।
१ हजार ८ सय किलोग्राम तौलको उक्त मूर्ति यही कात्तिक १४ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गौतमबुद्ध विमानस्थलमा अनावरण गर्ने कार्यक्रम तय गरिएको छ।
मूर्ति अनावरणपछि लुम्बिनी, भैरहवा, तौलिहवा, देवदह, रामग्राम लगायत आसपासका स्थानीय पालिकामार्फत् नेपाल सरकारलाई प्रदान गरिने छ।
एक दशमलव ९ मिटर उचाइ र ६० सेन्टिमिटर चौडाइको उक्त बुद्धमूर्ति नयाँ निर्माण गरिएको टर्मिनल बिल्डिङको अगाडि गार्डेनमा राखिने छ। त्यसको लागि विमानस्थल आयोजनाले बेस निर्माण गरिसकेको छ।
१जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
२२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
३प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
४८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
५भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !