
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
६उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
पोखरा, ४ कात्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार प्रदेशका मन्त्रालयहरुको स्थलगत अनुगमन गरेका छन् । पोखरेल नेतृत्वमा सरकार गठनभएसँगै मन्त्रालय थप हुँदा भौतिकदेखि जनशक्ति व्यवस्थापनमा देखिएका समस्याबारे जानकारी लिन र समाधानको पहलका लागि मुख्यमन्त्री पोखरेलले अनुगमन गरेका हुन् । प्रथम चौमासिकको अहिलेसम्मको मन्त्रालयगत प्रगतिबारे लिँदै उनले उपलब्ध स्रोत साधनको अधिकतम प्रयोग गरी उपलब्धि हासिल गर्न कर्मचारीलाई निर्देशन समेत दिएका छन् ।
मुख्यमन्त्री पोखरेलले बिहीबार भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय, पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वन, वातावरण तथा भूसंरक्षण मन्त्रालयको अनुगमन गरेका हुन् । सुरुमा ७ वटा मन्त्रालय रहेकामा पछि युवा तथा खेलकुद मन्त्रालय थप गरेर ८ वटा बनाइएको थियो । अहिले प्रदेशमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसहित ११ मन्त्रालय छन् । दसैं अगाडि बिना विभागीय मन्त्रीमा डोबाटे विश्वकर्मा नियुक्त भएका छन् । उनी मुख्यमन्त्री कार्यालयमै बहाली गरेका छन् ।
साढे ३ वर्ष अगाडि अस्तित्वमा आएको प्रदेश सरकारले जिल्लास्तरमा समेत आफ्ना संरचना विस्तार गर्दै गएको छ । नयाँ स्थापना भएका मन्त्रालयहरु भवनको अभावमा साँघुरो गरी सञ्चालनमा आएका छन् । सकेसम्म सरकारी भवनहरु नै खोज्ने नभए भाडामा भए पनि सञ्चालन गरी व्यवस्थापन गरिने मुख्यमन्त्री पोखरेलले बताएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय स्वास्थ्य निर्देशनालयको भवनमा राखिएको छ । पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय उद्योग, वाणिज्य तथा उपभोक्ता हित संरक्षण निर्देशनालयको भवनमा राखिएको छ ।
४ वटै मन्त्रालयको अनुगमनका क्रममा मुख्यमन्त्री पोखरेलले राजनीतिक परिवर्तनसँगै नयाँ बनेको सरकारलाई सफल बनाउने जिम्मा कर्मचारीमा रहेको बताए । उनले भने, ‘राजनीतिकर्मीको भिजनलाई नियमसँगत रुपमा मुर्तरुप दिने कर्मचारीले नै हो, तपाईंहरुले काम गर्ने क्रममा भोगेका असहजतालाई चिर्न हामी तयार छौं, बिना संकोच काम गर्नुहोला ।’ संघीय संरचना अस्तित्वमा आएसँगै देखिएका कानुनी जटिलता चिर्न सरकारले संघसँग लबिङ गरिरहेको भन्दै प्रदेशले बनाएका कानुनमा समेत आवश्यक परिमार्जनका लागि सरकारी जुटेको जानकारी गराए ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले नागरिकले प्रत्यक्ष अनुभूति गर्न काम यसै मन्त्रालय मातहतका कार्यालयबाट सम्पादन हुने भएकाले त्यही अनुसार संवेदनशील भएका काम गर्न निर्देशन दिए । ‘नागरिकका अपेक्षा धेरै छन्, बजेटको सिमितता छ, प्रथम चौमासिकपछि केन्द्रबाट पनि बजेट थप भएर आउँछ, त्यसै अनुसार काम हुनेनै छ,’ उनले भने ।
भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्री कुमार खड्काले पहिलो चौमासिकमा सम्पादन गर्नुपर्ने अधिकांश काम भइसकेको भन्दै तीब्रगतिमा मन्त्रालय कार्य गरिरहेको बताए । नागरिकसँग प्रत्यक्ष जोडिएका यातायात कार्यालयमा विकृति रहेको स्वीकार गर्दै उनले यी कार्यालयलाई विचौलियारहित बनाउनका लागि आफू लागी पर्ने प्रतिबद्धता जनाए ।
प्रदेश सरकार स्थापना भएदेखि नै सुरु भएका बहुवर्षे योजनाको दायित्व बढ्दै जाँदा काम गर्न असहज भएको भन्दै उनले लक्ष्य अनुसारको राजश्व संकलनमा जोड दिनुपर्ने बताए । आफूले मन्त्रालय सम्हालेका दिनदेखि नै योजना माग गर्न आउनेको संख्या अत्यधिक रहेको भन्दै उनले भने, ‘योजना संकलनमै दिन बित्ने गरेको छ, यी सबैलाई समेट्ने हो भने त ४÷५ वर्षको बजेटले पनि पुग्दैन ।’ उक्त अवसरमा मन्त्रालयका सचिव रामचन्द्र श्रेष्ठले मन्त्रालयले हालसम्म गरेका कार्यको विवरण र देखि परेका समस्याका बारेमा प्रस्तुति राखेका थिए ।
पर्यटन, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले छोटो समयमा मन्त्रालय महत्वपूर्ण काम सम्पादन गरेको भन्दै प्रशंसा गरे । प्रदेश नम्बर २ का मुख्यमन्त्री लालबाबु राउतसहितको टिमलाई पोखरामा स्वागत, नेपालस्थित राजदूत र कुटनीति नियोगका प्रमुखका साथै दातृ निकायका प्रमुखलाई पर्यटन दिवसको अवसर पारेर पोखरा भ्रमण गराएपछि पर्यटन क्षेत्रमा निकै राम्रो सन्देश प्रवाह भएको उनले बताए । प्रदेश समृद्धिको मुख्य आधार नै पर्यटन भएकाले सोही अनुसार योजना बनाएर अगाडि बढ्न उनले निर्देशन दिए ।
मन्त्री मणिभद्र शर्माले साँघुरो भवनमा कार्यालय सञ्चालन गर्दा असहज भएको भन्दै यसका बाबजुद मन्त्रालयले महत्वपूर्ण कार्य सम्पादन गरेको जानकारी गराए । मन्त्रालयले थालेका प्रदेश गौरवका योजना अगाडि बढाउन कतिपय अवस्थामा कानुनी जटिलता भएकाले त्यसको गाँठो फुकाउन जरुरी रहेको उनले बताए । मन्त्रालयका उपसचिव दिनेशप्रकाश आचार्यले मन्त्रालयको वस्तुगत अवस्थाका बारेमा जानकारी गराएका थिए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले सिमित स्रोतकाबीच कोभिडका समयमा मन्त्रालय र कर्मचारीले निर्वाह गरेको भूमिकाको खुलेर प्रशंसा गरे । स्वास्थ्य क्षेत्रमा अझै पनि ठूलो संख्यामा दरबन्दी रिक्त रहेको र त्यसको पूर्तिका लागि अब प्रदेश सरकारले पहल गर्ने प्रतिबद्धता समेत जनाए । कोभिडका समयमा खटिएका स्वास्थ्यकर्मीहरुले प्रोत्साहन रकम नपाएको बारे आफू जानकार रहेको भन्दै यसको समाधानमा लागि पनि काम थालनी भइसकेको जानकारी उनले दिए । भवन साँघुरो भएका कारण एउटै कोटमा ८/१० जना कर्मचारी बस्नुपरेको आफैले देखेपछि अब भवन व्यवथापनका लागि तत्काल निर्णय लिनुपर्नेमा आफू पुगेको समेत उनले उल्लेख गरे ।
मन्त्री मधु अधिकारी गुरुङले सारै कम जनशक्तिले धेरैथरी सेवा प्रवाह गर्दा थुप्रै चुनौती सामना गर्नु परेको गुनासो सुनाइन् । मन्त्रालय स्वास्थ्य नीति अन्तिम चरणमा पु¥याएको, स्वास्थ्य संस्थाहरुमा न्यूनतम स्वास्थ्य मापदण्ड लागु गरिएको जानकारी उनले गराइन् । सचिव विनोदबिन्दु शर्माले मन्त्रालयको भौतिक तथा जनशक्ति व्यवस्थापनका बारेमा जानकारी गराएका थिए ।
वन, वातावरण तथा भूसंरक्षण मन्त्रालय अनुगमनपछि मुख्यमन्त्री पोखरेलले वनका कर्मचारी व्यवस्थापनमा देखिएका समस्या तत्काल समाधान गरिने बताए । विकास निर्माण वन सम्बन्धी कानुन वाधकका रुपमा देखिएको उल्लेख गर्दै उनले यसको समाधानका लागि संघ सरकार पनि उदार हुनपर्ने भनाइ राखे । निर्माणको चरणमा रहेको प्रदेश वन विधेयकलाई अन्तिम रुप दिएर संसदमा पठाउन पनि उनले आग्रह गरे । फाजिलमा रहेका कर्मचारीको व्यवस्थापन, कार्यालयहरुलाई गाडी उपलब्ध गराउने विषयमा पनि आवश्यक निर्णय गर्ने मुख्यमन्त्री पोखरेलले बताए ।
मन्त्री दीपक थापाले वनलाई रोजगारी र आम्दानीसँग जोड्नुपर्ने भनाइ राखे । वन साझा अधिकार सूचीमा रहेकाले ३ तहकै सरकारको पहलमा यसको सदुपयोग र संरक्षण गर्नुपर्ने उनले बताए । वनका कार्यालयहरुमा अझै पनि कर्मचारी र सवारी साधनको उचित व्यवस्था हुन नसकेको भन्दै उनले मुख्यमन्त्रीको ध्यानाकर्षण गराए । वन निर्देशक केदार पौडेल, उपसचिव रामकाजी श्रेष्ठले मन्त्रालयको वस्तुगतस्थितिका बारेमा जानकारी गराएका थिए ।
अनुगमनमा सहभागी प्रदेशका प्रमुख सचिव डा. दामोदर रेग्मीले प्रदेशको बजेटको अंक ३० अर्ब देखिए पनि वास्तविक बजेट साढे २४ अर्बको रहेको बताए । राजश्व लक्ष्य अनुसार संकलन हुन नसक्नु, प्रदेश सरकारले आन्तरिक ऋण उठाउन पाउने व्यवस्था नहुनु जस्ता वाध्यताबीच प्रदेश सरकार चलिरहेको भनाइ राखे । बहुववर्षे योजनाका कारण प्रदेश सरकार सारै नै अप्ठेरोमा परेको भन्दै उनले यो अवस्थाको अन्य हुन जरुरी रहेको भनाइ राखे ।
अनुगमनमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सचिव रामप्रसाद आचार्य, मुख्यमन्त्रीका निजी र स्वकीय सचिव विष्णु भुसाल र रञ्जना पोखरेल लगायत सहभागी थिए । बाँकी मन्त्रालयमा क्रमश अनुगमन गरिने प्रमुख सचिव डा. रेग्मीले बताए ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग