News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

गाउँ पुरिएको ७२ घण्टापछि हेलिकप्टर सहितको उद्दार टोली बझाङमा, बेपत्ता २३ मध्ये दुईको शव फेला

चैनपुर । बझाङमा पहिरोले गाउँ पुरिँदा बेपत्ता भएका २३ मध्ये २ जनाको शव फेला परेको छ। पहिरोले गाउँ पुरेको ७२ घण्टापछि हेलिकप्टरमार्फत् नेपाली सेना सहितको टोली घटनास्थल डिख्लामा पुगेको छ। सो टोलीले घटना भएको ७२ घण्टापछि बेपत्ता भएकामध्ये दुई जनाको शव फेला पारेको हो।

शव फेला पर्नेमा नरे पार्कीका ७ वर्षीया छोरा आयुष पार्की छन् भने अर्काे एक जनाको सनाखत हुन बाँकी छ। अहिले पानी पर्न कम भएकोले खोजी कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरी घटनास्थलमा खटिएका छन्।

आइतबार रातिदेखि परेको पानीले मंगलबार थलारा गाउँपालिका –४ डिख्लामा पहिरो खस्दा उनीहरू बेपत्ता थिए। बेपत्ता हुनेमा एकै परिवारका १८ जना सदस्य र अर्काे परिवारका ५ जना छन्।

यस्तै, मल्लो डिख्लाका १ सय ४८ घरधुरीका ७ सय ५४ जना विस्थापित भएका छन्। उनीहरू अहिले विद्यालयमा, पसल र पहिरो जोखिम नभएका घरमा बसेका छन्। विस्थापित भएकालाई खान, बस्न गाह्रो भइरहेको स्थानीय शिक्षक मदन साउदले बताए।

उद्दार टोलीले विस्थापितका लागि राहत सामग्री र औषधी समेत त्यहाँ लगेको जनाइएको छ। बेपत्ता भएकामध्ये अझै २१ जना फेला पर्न सकेका छैनन्।

डनन्यूज ट्रेन्डिङ