
१मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
२मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
३सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
४रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
५किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
६आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
७पोखरा उद्योग वाणिज्य संघको अध्यक्षमा शोभा निर्वाचित
८गोरखाका घरबारविहीन बाढी पीडितलाई राखियो होटलमा
९पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
१०सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
११फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
१२कास्कीमा बाढी पीडितका आफन्तका लागि डीएनए प्रोफाइलिङ सेवा एकीकृत रूपमा सुरु
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ
६रसुवा बाढी : २८ प्रहरी अझै सम्पर्कविहीन
७चीनतर्फ नदी थुनिएर बन्यो ठूलो ताल, भोटेकोशीमा अझै बाढी आउन सक्ने
८रसुवा बाढी : ७८१ जनाको शव भेटियो
९स्व.भक्तबहादुर बस्नेतको परिवारले दिए गोगन माविलाई साढे २३ लाख रुपैयाँ
१०बागलुङमा सँगै काम गर्ने साथीको हत्या गरेको आरोपमा दुई जना पक्राउ
११ढोरपाटनमा विदेशी सिकारीहरूको आकर्षण बढ्दै
१२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
रमेश गिरी
भक्तपुर, १ कात्तिक । ‘चचहुइ……….सरर’ भन्दै नेपालीको महान चाड दसैँमा मच्चिएर खेलिने ‘लिङ्गे पिङ’ हराउँदै गएको छ । विशेष गरी काँठ क्षेत्रमा चोक-चोकमा, चौर तथा खुला क्षेत्रमा हालिने लिङ्गे पिङ यसवर्ष देखिएन ।
दसैँमा निकै रौनकता थप्ने लिङ्गे पिङ काँठ क्षेत्रमा देखिन छाडेपछि नयाँ पुस्ताका लागि यो एकादेशको कथा बन्न थालेको छ । केही वर्षअघिसम्म चोक–चोक र टोल–टोलमा देखिने यस्ता पिङ यसवर्षदेखि काठमाडौँ उपत्यकामा देख्नसमेत मुश्किल प¥यो । अघिल्लो पुस्तासम्म दसैँ आयो भन्ने वित्तिकै पिङ खेल्ने, आकाशमा चङ्गा उडाउने र लङ्गुरबुर्जा खेल्ने योजनानै बन्ने गथ्र्यो । कानूनी रुपमा अवैध मानिएपछि लङ्गुरबुर्जा र ओखर खेल्न सरकारले रोक लगाएपछि यो परम्परा करिब ती क्षेत्रबाट हटिसकेको छ ।
दसैँमा मासु चिउरा खाएर कौशीमा बसेर चङ्गा उडाएर रमाइलो गर्ने परम्परासमेत अब लोप हुने अवस्थामा पुगेको छ । केही वर्ष अगाडिसम्म दसैँमा आकाशमा धेरै चङ्गा उडेको देखिन्थ्यो । तर केही वर्षयताको दसैँमा आकाशमा चङ्गा देखिन छाडेका छन् । खासगरी बालबालिकाहरु मोबाइललगायतमा उपलब्ध गेममा झुम्मिने कारण चङ्गाप्रतिको आकर्षण घटेको छ । दसैँ आगमनको शुरुआतसँगै खेलिने लिङ्गे पिङ यसवर्ष भक्तपुरमै पनि चार ठाउँमा मात्रै देखियो । त्यो पनि बच्चाका लागि भन्दै टोलबासीले हालिदिएको दुई वटा साना पिङले परम्परादेखि खेलिँदै आएको लिङ्गे पिङको अस्तित्व धानिरहेको देखिन्थ्यो ।
काँठ क्षेत्रमा विशेषगरी रूखमा डोरी बाँधेर या बाँस गाडेर चोक र टोलमा हालिने यस्ता पिङ नयाँ पुस्ताका लागि अब एकादेशको कथा बन्दै जान थालेका छन् । टोलबासीले घरधुरीको रुपमा निश्चित रकम सङ्कलन गरेर बाँसदेखि लठारोसमेत किनेर दसँैमा हालिएको पिङ तिहारसम्म राखेर खेल्ने दिन अब हराएका छन् ।
एउटा जिल्लामा सयौँको संख्यामा देखिने यस्ता लिङ्गे पिङ यसवर्ष भक्तपुर सहर क्षेत्रमा देखिएनन् । ग्रामीण क्षेत्रमा एकाध ठाउँमा मात्रै देखिए पनि विगतका जस्तो रौनकता देखिएको छैन । बस्ती बाक्लिदै गएकाले पिङ हाल्ने ठाउँको अभाव हुनु र पिङका लागि आवश्यक लठारो अर्थात् बाबियोको डोरीकोसमेत अभाव भएकाले पिङको सङ्ख्या कम हँुदै गएको सूर्यविनायक नगरपालिका–१० का ७२ वर्षीय भगवाण कार्कीले बताउनुभयो ।
दसैँको बेलामा प्रत्येक व्यक्तिले एक पटक जमिनबाट पाउ अर्थात् खुट्टा हटाउँदा पुण्य प्राप्त हुने मान्यताअनुसार परम्परादेखि नै पिङ खेल्ने प्रचलन रहँदै आएको उहाँ बताउनुहुन्छ । केही वर्षयता यस्ता लिङ्गे पिङ देख्नै नपाएको उहाँ बताउनुहुन्छ ।
चाँगुनारायण नगरपालिका– ९ ताथलीकी ४२ वर्षीया एशिला कार्कीले हरेक वर्ष दसैँमा टीका थाप्न माइत आउँदा माइती गाउँमा पिङ खेल्ने गरे पनि विगत चार वर्षदेखि भने माइती गाउँमा पिङ देख्नै नपाएको बताउनु हुन्छ ।
आफ्नो घर ललितपुरको सुनाकोठीमा पनि धरै वर्षदेखि पिङ हाल्न छाडेकाले माइती गाउँमा आएर पिङ खेल्ने चाहना पनि अधुरै रहेको उहाँ बताउँनुहुन्छ । विगतमा बाटोबाटोमा पिङ भेटिने भएकाले आफन्तको टीका थाप्न जाँदा रहर पुग्ने गरी पिङ खेले पनि अहिले आफ्ना छोराछोरीका लागि दसैँ तिहारमा खेलिने लिङ्गे पिङका बारेमा भन्नुपर्दा कथा भने जस्तै लाग्ने गरेको सुनाउँनुहुन्छ, लक्ष्मीमाया कार्की । बच्चालाई लिङ्गे पिङ भनेको यस्तो हुन्छ भनेर फोटोमा र गुगलमा खोजेर देखाउनुपर्ने अवस्था आएको उहाँको भनाइ छ ।
नयाँ पुस्ता दसैँमा पिङ खेल्ने भन्दा पनि साथीभाइ एकै ठाउँमा जम्मा भएर रमाइलो गर्ने, नयाँ ठाउँ घुम्न जाने, तास खेल्ने, सामाजिक सञ्जालमा रमाउने गर्दा पिङको महत्व घट्दै गएको हो । पिङको रौनकतालाई जोगाउन स्थानीय तहले वडा कार्यालयमार्फत केही बजेटको विनियोजन गरेर सबैलाई पायकपर्ने गरी प्रत्येक वडामा कम्तीमा दुई वटासम्म पिङ हाल्ने व्यवस्था गरे यसको महत्व र रौनकता जीवित रहने चाँगुनारायण नगरपालिकाका महिला वडा सदस्य कमला गिरी बताउँनुहुन्छ ।
यसवर्ष केही स्थानीय सामूदायिक संस्थाले नगरपालिकाले पिङको लागि बजेटको व्यवस्था गरिदिन माग गरेको उहाँले् सुनाउनुभयो । विशेषगरी पिङ खेल्ने, चङ्गा उडाउने परम्परा लोपोन्मुख अवस्थामा पुगेकाले अहिले काँठ क्षेत्रमा दसैँको वास्तविक रौनक हराउँदै जान थालेको छ ।
१व्यवसायी विमल बसेल दम्पत्तीद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ५० लाख सहयोगको घोषणा
२प्रधानमन्त्री शाह र गण्डकीका मुख्यमन्त्री पाण्डे बीच भेटवार्ता
३पोखरामा सडकको भेलले बगाउँदा आमा–छोरीको गयो ज्यान
४रोल्पामा दुई दिनमै पहिरोले १५ जनाको मृत्यु, थबाङ र सुनछहरी शोकमा
५सिमरामा तीन वर्षीया बालिकाको हत्या प्रकरण : प्रहरीसँग खोज्न खटिएका व्यक्ति नै पक्राउ