News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद प्रमुख समाचार

नेपाली फुटबल टिम आज स्वदेश फर्कदै

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा उपविजेता नेपाली राष्ट्रिय फुटबल टिम आज स्वदेश फर्कदै छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले उपविजेता नेपाली टिम सोमबार बिहान नेपाल आईपुग्ने जनाएको छ ।

नेपाली टिम बिहान ९:१० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ओर्लने छन् । तर मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरी भने नेपाल नआउने एन्फाले जनाएको छ । उनी केही दिन परिवारसँग बसेर केही दिन नेपाल फर्कने एन्फाको भनाइ छ ।

अल्मुताइरीले साफको फाइनल खेल नै आफ्नो अन्तिम प्रशिक्षण भएको जनाएका थिए । उनी एन्फा पदाधिकारीसँग असन्तुष्ट हुँदै आएका छन् ।