News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

कपिलवस्तुमा फैलिएको झाडापखाला नियन्त्रणमा छ- स्वास्थ्य मन्त्रालय

काठमाडौँ । यही असोज १८ गतेदेखि कपिलवस्तुको कृष्णनगर नगरपालिकाका वडा ७, ८ र ९ मा फैलिएको झाडापखाला नियन्त्रणमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्तालयले दाबी गरेको छ ।

मन्त्राललयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले आइतबार विज्ञप्ति जारी झाडापखालाको हालको अवस्थाबारे जानकारी दिएका छन् । उनले स्थानीय, प्रदेश र संघीय सरकार तथा विश्व स्वास्थ्य संगठन लगायतका संस्थाहरुको समन्वयमा रोग नियन्त्रणमा रहेको दाबी गरेका छन् ।

मन्त्रालयका अनुसार हालसम्म झाडापखाला तथा तथा बान्ताका कारण ८८५ जना संक्रमित भएका छन् । जिल्लाको शिवराज अस्पतालमा २५ जना झाडापखालाका विरामी उपचाररत् रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्म ८१९ जना निको भएका छन् । हालसम्म झाडापखालाबाट ४५ वर्षीय पुरुषको घरमै, ७ वर्षीया बालिकाको निजी क्लिनिकमा र ५ वर्षीया बालिका र २ वर्षीय बालकको अस्पताल ल्याउँदै गर्दा मृत्यु मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न मितिमा संकलन गरिएका दिसाका नमुनाहरु लुम्बिनी प्रादेशिक अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा परीक्षण गर्दा ५५ वर्षीय पुरुष, ७२ वर्षीय पुरुष, ५५ वर्षीय पुरुष र ५ वर्षीया बालिकाको दिसाको नमुनामा भाइब्रियो कोलेरा ०१ ओगावा भाइरस देखा परेको छ । खानेपानीका १५ नमुनामध्ये ९ वटामा इकोली नामक जिवाणु फेला परेको मन्त्रालयले जनाएको छ।