News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि, ६ को मृत्यु

काठमाडौ‌ । नेपालमा पछिल्लो २४ घण्टामा ३९१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा गरिएको ६ हजार ९६६ जनाको पीसीआर परीक्षणमा ३८५ र १ हजार १११ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट ६८० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९७ दशमलब ७ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ ।