News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार

एकाबिहानै गोरखा केन्द्रविन्दु भएर ४.३ म्याग्निच्युडको भूकम्प

पाेखरा । गोरखा केन्द्र भएर आज बिहान भूकम्प गएको छ। राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार गोरखाको मान्बु केन्द्र भएर भूकम्प गएको हो।

मान्बु आरूघाट गाउँपालिकामा पर्छ। आज बिहान ४ बजेर ९ मिनेटमा ४.३ म्याग्निच्युडको भूकम्प गएको केन्द्रले जनाएको छ। गोरखा, धादिङलगायत क्षेत्रमा भूकम्पको धक्का महशुस गरिएको थियो। २०७२ वैशाख १२ मा गोरखाकै बारपाक केन्द्र रहेर भूकम्प गएको थियो।

डनन्यूज ट्रेन्डिङ