News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

फिस्टेल एयरको हेलिकप्टर इनरुवामा आकस्मिक अवतरण

काठमाडौं । फिस्टेल एयरको हेलिकप्टर सुनसरीको इनरुवामा अवतरण गरिएको छ । काठमाडौंबाट विराटठनगरका लागि उडेको हेलिकप्टर समयमा शनिबार साझ ६ः४० मा इनरुवाको सखुवागाछी नजिक खाली जग्गामा आकस्मिक अवतरण गरिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार हेलिकप्टर सुरक्षित अवतरण गरिएको छ । तोकिएको समयमा विराटनगर नपुगेपछि एयर ट्राफिक कन्ट्रोलको निर्देशनअनुसार सखुवागाछी भन्ने ठाउँमा अवतरण भएको प्रहरी नायव उपरीक्षक डिएसपी नरेन्द्र कार्कीले जानकारी दिए ।

‘दुर्घटना भएको पनि होइन्, आज अवतरण भयो अव वहाँहरु भोलि जानुहुन्छ’ डिएसपी कार्कीले भने, ‘समयमा विराटनगर नपुगेपछि जहाँ छ त्यहीँ सुरक्षित ठाउँमा अवतरण गर्नु भनेर एसीटीले भनेको रहेछ, त्यही भएर अवतरण भएको हो ।’

डिएसपी कार्कीका अनुसार हेलिकप्टरमा चालक दलका सदस्यसहित चार जना सवार रहेका थिए ।

डनन्यूज ट्रेन्डिङ