
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
रौतहट । नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् । गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।
साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे । ‘माओवाद भनेको इमानदार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?,’ उनको प्रश्न छ, ‘कम्युनिस्टको भोट लिएर प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साच्चै अर्थमा गद्दार हुन् ।’
रावण र महिसासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाए । देशको व्यवस्थाकै कमी कमजोरीको कारण पछिल्लो ५ वर्षको अवधिमा ६ सरकार र सबैमा प्रचण्डको उपस्थिति भएको साहले बताए ।
‘प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो । कतिपयले पारस नै प्रचण्डको भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । आव उनै प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनता लाई धोका दिने सँधै बेघर हुन्छ,’ साह भन्छन् ।
संसारमै कतै नदेखिएको ७६१ सरकार नेपालमा चलाउन नसकिने उनको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीको कारण कसैलाई बहुमत न आउने र सरकार आउने जाने अवस्था बनेको साहले बताए ।
संविधान बनाउनेले नेपाली जनतासँग माफी मागेर संविधान नबद्लेसम्म देश नचल्ने उनको दाबी छ । कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दास लगायतले धारणा राखेका थिए ।