
१रास्वपाबाट कास्की-२ मा उत्तम पौडेल चुनावी मैदानमा
२आजदेखि शुरु भो, निर्वाचन आचारसंहिता
३पोखरा विमानस्थल भ्रष्टाचार मुद्दा : अख्तियार सर्वोच्च पुग्यो
४सुनसरीमा मार्बल बोकेको ट्रक पल्टिँदा ५ जनाको मृत्यु, ३ जना घाइते
५युएईमा अध्ययन गर्ने सपना देखाएर ठग्ने कन्सल्टेन्सी सञ्चालकहरु पक्राउ
६महान्यायाधिवक्ताको विवादास्पद निर्णय
७नेपाली काँग्रेसको सभापतिमा गगन थापा
८तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
९पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
१०राष्ट्रिय सभा सदस्य निर्वाचनमा प्रदेशगत मतभारको अवस्था
११सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
१२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
६नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
७राष्ट्रियस्तरको भन्दैं झुठो दावी गर्ने दुई पत्रिकालाई कारवाही
८सशस्त्र द्वन्द्वकी घाइते योद्धा गोमा घिमिरे गण्डकीबाट राष्ट्रिय सभा सदस्य उम्मेदवार
९पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
१०जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
११‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
१२लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
रौतहट । नेकपा एमालेका नेता पूर्वमन्त्री प्रभु साहले नेपाल माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड अब पुष्पकमल दाहाल भएको टिप्पणी गरेका छन् । गृह जिल्ला रौतहटमा बडा दसैँ दिपावली तथा छठपर्वको अवसरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा उनले माओवादीको सिद्धान्त छोडेर प्रतिक्रियावादीको पछिपछि लागेकाले अब प्रचण्ड पुष्पकमल दाहाल मात्र रहेको बताए ।
साहले माओवादी र कम्युनिस्टको नाउँमा भोट लिएर शेरबहादुर देउवाको पछि लागेका प्रचण्ड र माधव नेपाल कुनै पनि हालतमा कम्युनिस्ट हुनै नसक्ने दाबी गरे । ‘माओवाद भनेको इमानदार, विकासप्रति लगनशील, सहिदको सपना साकार गर्ने हुन्छ तर आफ्नो स्वार्थको निमित्त सबै सरकारमा सहभागी हुने नीति बोकेका प्रचण्ड कुन एंगलबाट माओवादी हुन् ?,’ उनको प्रश्न छ, ‘कम्युनिस्टको भोट लिएर प्रतिक्रियावादीको खुट्टामा सता चढाउने माओवादी होइन साच्चै अर्थमा गद्दार हुन् ।’
रावण र महिसासुर सतामा मातिए जसरी प्रचण्ड र नेपाल मातिएर केपी ओली प्रधानमन्त्री बनेको ६ महिनामै देउवातर्फ लागेर देशलाई पछाडि धकेल्ने काम गरेको आरोप लगाए । देशको व्यवस्थाकै कमी कमजोरीको कारण पछिल्लो ५ वर्षको अवधिमा ६ सरकार र सबैमा प्रचण्डको उपस्थिति भएको साहले बताए ।
‘प्रचण्ड लाई ६२ सालसम्म्मा कसैले नचिन्ने अवस्था थियो । कतिपयले पारस नै प्रचण्डको भन्थे । तर नेपाली जनताले आफ्नो ज्यानको आहुति दिएर प्रचण्डलाई राष्ट्रिय नेता बनाए । आव उनै प्रचण्डले जनतालाई धोका दिएका छन् तर जनता लाई धोका दिने सँधै बेघर हुन्छ,’ साह भन्छन् ।
संसारमै कतै नदेखिएको ७६१ सरकार नेपालमा चलाउन नसकिने उनको भनाइ छ । मिश्रित निर्वाचन प्रणालीको कारण कसैलाई बहुमत न आउने र सरकार आउने जाने अवस्था बनेको साहले बताए ।
संविधान बनाउनेले नेपाली जनतासँग माफी मागेर संविधान नबद्लेसम्म देश नचल्ने उनको दाबी छ । कार्यक्रममा सांसद कुन्दन कुश्वाहा, मौलापुर नगर प्रमुख रीना साह, उपप्रमुख गौरी शंकर जयसवाल, कटहरिया नगर प्रमुख सियाराम कुश्वाहा, नेताहरू त्रिभुवन साह, मनोज यादव जयप्रकाश कौशल, ठागा दास लगायतले धारणा राखेका थिए ।
१तामाको तार चोरेर बेच्ने पोखरा विद्युत वितरण केन्द्रका प्रमुखसहित चारविरुद्ध मुद्दा
२एमाले गण्डकीको उम्मेदवार सिफारिसमा गुण्डा नाइकेदेखि भ्रष्टाचार आरोपितसम्म
३पोखराको फोहोर व्यवस्थापन झनैं चुनौतीपूर्ण
४पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
५राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर