
१एसईईको नतिजा सार्वजनिकः ६५.९८ प्रतिशत विद्यार्थी ‘ग्रेडेड’, गत वर्षको तुलनामा सुधार
२बागलुङ बसपार्कमा ‘ग्याङ फाइट’ गर्ने युवतीसहित ६ जना प्रहरी नियन्त्रणमा
३श्रीमानको हस्ताक्षर किर्ते गरी ५० लाख ठगी, दुईजना पक्राउ
४पोखरा विमानस्थल भ्रष्टाचार प्रकरणमा पूर्वअर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसहित ६ पूर्वमन्त्रीहरु संलग्न
५जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
६पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
७समस्याग्रस्त सहकारीका ऋणीलाई कर्जा तिर्न कडा निर्देशन, नतिरे कालोसूचीदेखि कैदसम्मको कारबाही
८संघर्षको साटो सहयोग तथा सहजीकरण गर्न मेयरको अपिल
९‘विकल्पविहीन अवस्थामा नहट्ने’ अडान
१०लिपुलेक विवादः नेपालद्वारा भारत र चीनलाई ६ बुँदे ‘कूटनीतिक नोट’, भारतले भन्यो-‘दाबी अस्वीकार्य’
११बालिकाको मुन्द्रा चोरी गर्ने अम्बिका पक्राउ, १८ वटा मुद्दामा फरार
१२आफ्नै छोराले गरे ‘गलबन्दी’ले घाँटी थिची बाबुको हत्या
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा
६सिर्जनाको हत्या योजना कारागारबाटै बनाएका थिए सौतेनी छोराले
७पोखरामा प्रहरीको ‘स्वीप अपरेसन’: १ सय २२ जना पक्राउ
८रोक्का बैंक खाता र सम्पत्ति फुकुवा माग्दै जीबी राईकी प्रेमिका लीला पछाईसहित चारजना अदालतमा
९‘ब्रम्हज्ञानको शिक्षा दिदैं हिड्ने कमलमान श्रेष्ठ घरभाडा नतिरी फरार’ भएको आरोप
१०पोखरामा सार्वजनिक जग्गाको ‘ओपन डकैती’
११सञ्चारिका समूह गण्डकीको अध्यक्षमा राधिका कँडेल
१२कास्की प्रहरीको ‘स्वीप अप्रेसन’ तीव्र : थप ६१ जना पक्राउ
कास्की । ‘हिले सम्झँदा अचम्म लाग्छ, एउटा गाउँको मध्यम वर्गीय किसान परिवारकी छोरी मैले हिमाल चढ्ने सपना कहिल्यै देखेकी थिइनँ तर आज पाँच–पाँचवटा हिमालको चुचुरोमा पुग्न सफल भएँ।हिमाल आरोहणको यात्रा आफैँका लागिसमेत एक किसिमले ‘सरप्राइज’ भयो।’
एकपछि अर्को सफलता हासिल गर्दै हिमाल आरोहीका रुपमा आफ्नो परिचय स्थापित गर्न सफल फोटो पत्रकार पूर्णिमा श्रेष्ठको अनुभव हो यो। श्रेष्ठले यही असोज १५ (अक्टुबर १) मा धौलागिरि हिमाल आरोहण गर्न सफल हुनुभएको हो। उनीसँगै अर्का आरोही महिला पासाङल्हामु शेर्पाले पनि धौलागिरि हिमाल आरोहण गरी प्रथम महिला आरोहीको सूचीमा आफूलाई पार्न सफल भइन्। उनीहरु दुवै जनाले आफ्नो नाम राख्न सफल भएका हुन्।
फरक पृष्ठभूमिबाट पनि लगातार हिमालको चुचुरोमा पुगेर कीर्तिमान राख्न सफल उनले खुसी साट्ने क्रममा भनिन्, ‘जीवनमा सधैँ सोचेको र देखेको सपनाबाट मात्र सफल भइन्छ भन्ने होइन रहेछ, मैले हिमाल चढ्ने सपना देखेकी थिइनँ तर फरक क्षेत्रबाट आफूलाई स्थापित गर्छु भन्ने सोचले चुचुरोतिर पुर्यायो र सफल पनि बनायो।’
अहिले बटुलेका खुसीहरुसँग रमाइरहँदा उनी आफ्नो बाल्यकाल र विगततिर पनि फर्किइन्। ‘म घरभित्रको काममा रमाउँथे, कसैले कहीँ घुम्न जाऊँभन्दा पनि घरमा खाना पकाउनुपर्छ भनेर बसिरहन्थेँ, घर सफासुग्घर राख्न खुबै मन पथ्र्यो, आज म चुल्होबाट चुचुरोमा पुग्न सफल भएँ, मेरो सफलतामा साथीहरु पनि दङ्ग छन्।’ आफूलाई सधैँ चुनौतीको सामना गर्न मनपर्ने पूर्णिमालाई आफ्नो अनुभव नै नभएको क्षेत्रमा प्राप्त गरेको सफलताले यतिखेर दङ्ग बनाएको छ।
गोर्खा आरुघाटमा मध्यम किसान परिवारमा जन्मिएकी पूर्णिमा २०६४ सालमा उच्च शिक्षा अध्ययनका लागि काठमाडौं पुगिन्। काठमााडौँको त्यही भीडबाटै आफूलाई फरक पहिचानको खोजी व्यस्त बनाइन्। बुबा आमाको सपना थियो छोरी टेलिभिजनमा समाचार पढेको हेर्ने तर छिटो बोल्ने, अशुद्ध पनि भएकाले पूर्णिमाले टेलिभिजनको पर्दामा आफूलाई सफल हुन नसक्ने निष्कर्ष आफैँ निकालिन्।
उनमा पत्रकारिताको हुटहुटी पनि चलिरहेकै थियो। त्यसैले फुड एन्ड वाइन म्याग्जिनमा समाचारदाताका रुपमा काम सुरु गरिन्। समाचारदाताहरुको पनि भीड नभएको कहाँ हो र? तर त्यो भीड पनि छिचोल्दै जाँदा पत्रकारितामा महिला फोटो पत्रकार धेरै नभएको र तुलनात्मक रुपमा जोखिमपूर्ण पेसा लागेपछि यसबाट आफ्नो पहिचान बनाउने अभ्यासमा जुटिन्। कर्ममा विश्वास गर्ने र मिहिनेत गर्ने बानीले होला पत्रकारिकातामा पैसा हुँदैन भन्नेहरुका लागि पनि गतिलो उदाहरण बन्ने हिम्मत पूर्णिमामा पलाइरहेको थियो।
‘म काममा विश्वास गर्छु, त्यसैले पनि मिडियामा केही हुन्न भन्नेका लागि आफ्नै कमाईमा पनि स्तरीय जीवन व्यतीत गरेर देखाँउछु भन्ने लाग्थ्यो,’ उनी भन्छिन्।
पूर्णिमाले आफ्नै पारिश्रमिकबाट तीन लाखको क्यामेरा किनिन्। यसै सिलसिलामा सन् २०१७ मा इन्जा रिपोर्टिङ्गमा गएकी साथी सृष्टि काफ्लले सर्वोच्च शिखर सगरमाथाको सौन्दर्यको बयान गरिदिएपछि पूर्णिमालाई त्यति नै बेला उडेरै सगरमाथ पुगुँझैँ लाग्यो तर आरोहीका रुपमा होइन फोटो पत्रकारका रुपमा।
उनलाई मोह जाग्यो, कहिले हिमालमा पुगुँला र सुन्दर दृश्य क्यामेरामा कैद गरुँ। अब उनले सगरमाथा बेसक्याम्प पुग्ने बाटोहरुको खोजी गर्न थालिन्। सन् २०१७ मा एभरेष्ट म्याराथन गराउने कम्पनीका सञ्चालक विक्रम पाँणेकाजीलाई पाँच महिनाअघि देखि नै सम्पर्क गरिन्।
आफू ‘अफिसियल फोटोग्राफर’ का रुपमा त्यहाँ पुग्न चाहेको र जसरी पनि सहभागी गराउन अनुरोध गरिन्। आयोजकले दुब्ली पातली पूर्णिमालाई विभिन्न कठिनाइ देखाइरहे तर उहाँको आत्मविश्वासको अगाडि कम्पनिको अडान धेरै बेर टिकेन। सम्पूर्ण प्रक्रिया पूरा गरेर उहाँलाई बेसक्याम्पसम्मको कार्यक्रममा सहभागी गरायो।
यसरी पूर्णिमालाई पहिलो पटक हिउँसँग स्पर्श गर्ने अवसर प्राप्त भयो। नेपाल हिमालैहिमालको देश रहेछ भन्ने तथ्यलाई भित्रैदेखि अनुभूति गर्ने अवसर त्यतिबेला मिलेको उनी सुनाउछिन्। त्यही बेसक्याम्पसम्मको अनुभव नै उनलाई हिमालको चुचुरोमा पुर्याउने सशक्त आधार बन्यो। मनमा हिमाल उक्लने चाहनाहरु बढ्न थाल्यो। हिमाल आरोहणका बारेमा सिक्न र जान्न मन लाग्न थाल्यो।
एक दिन साथीभाइमाझ सगरमाथा चढ्छुभन्दा पूर्णिमा हाँसोको पात्रसमेत बनिन्। ‘स्वाभाविक पनि हो बेसक्याम्पको यात्रा छिचोल्न निकै सास्ती भएर घोडाको सहारा लिन पुगेको मान्छे सगरमाथाको चुचुरोमा पुग्छुभन्दा पत्याउने कुरै भएन,’ उनी सम्झिन्छिन्।
धेरैले उनलाई हिमाल आरोहणमा सोचे जसरी प्रेरित भने गरेनन्। किन चढ्ने हिमाल ? हिमाल चढेर के हुन्छ? भन्नेको सङ्ख्या निकै धेरै थियो तर त्यसको उत्तर उनीसँग थिएन। फेरि त्यसबीचमा निकै कमले मात्र भित्री इच्छालाई बुझेर त्यो आँटलाई पूरा गर्नुपर्छ भनेर हौसला दिन्थे। पूर्णिमाले आफ्नो चाहना पूरा गर्ने प्रयास जारी राखिन्। उनलाई ननिदाई देख्ने सपनाको नसा लागिसकेको थियो। त्यसैले त्यो सपना पूरा गर्न उनी कैयौँ रात जागै बसेका छन्।
दिनदिनै जागेको यही भोक मेटाउन एक दिन हिमाल आरोहण कम्पनिको मानिसलाई आफ्नो सगरमाथा चढ्ने इच्छा सुनाइन्। सगरमाथा चढ्नुअघि ६ हजार मिटर चुुचुरो चढ्नुपर्ने सुझाव पाएपछि उनी त्यसको तयारीतिर लागिन्।
‘मलाई यसरी तालिम विना नै सहजै हिमाल चढ्छु, भन्ने आँट कसरी आयो होला?’ यो आफ्नै प्रश्नको जवाफ उनले अहिलेसम्म पनि पाएकी छैनन्। उनी अहिले पनि अनुत्तरित प्रश्नमै रोकिन्छिन। आर्थिक पाटोको समस्या पनि उस्तै थियो। यसबीचमा आफू अध्ययरत स्कुलका भाइबहिनीले खाजा रकम जोगाएर दिएको सहयोग रकमदेखि साथीहरुले आफ्नो रहर पैसाले रोक्नु हुँदैन भन्दै दिएको ऋणसम्म गरेर चार लाख, विभिन्न शुभचिन्तकबाट प्राप्त साथ सहयोग र शुभेच्छाले मानसिक रुपमा त उनले चुचुरो चढिसक्नुभएको थियो। स-शरीर मात्र त्यहाँ पुग्न बाँकी थियो। अन्ततः आमा बुबादेखि सम्पूर्णको आशीर्वाद लिएर सन् २०१७ सेप्टेम्बर पहिलो हप्ता मनास्लु हिमाल आरोहण दलमा सहभागी भएर चुचुरोतिर उनका पाइला लम्के।
विभिन्न कठिनाइ हण्डर र ठक्कर सबैको अनुभव बटुल्दै २२ दिनमा उनी असोज १२ गते (सेप्टेम्बर २६) सन् २०१७ मा पहिलोपल्ट आठ हजार एक सय ६३ मिटरको मनास्लु हिमालको चुचुरोमा पुग्न सफल भइन्। जीवनको पहिलो हिमाल आरोहणको अनुभव उनले मनास्लु हिमालबाट लिइन्। त्यसपछि उनको आत्मविश्वास हिमालजस्तै अग्लिँदै गयो। सन् २०१८ मे १९ मा उनले सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिन्। त्यसैगरी सन् २०२१ अप्रिलमा अन्नपूर्ण प्रथम र २०१९ नोभेम्बर १० आमादब्लम हिमालको सफल आरोहणको अनुभव बटुलिन्।
‘हिमाल आरोहण मृत्यु बोकेर हिँडेको यात्रा हो, कति बेला कहाँ के हुन्छ थाहा छैन तर त्यही जोखिम र चुनौतीबीच प्राप्त खुसी र आनन्द सबैभन्दा ठूलो उपलब्धि हो,’ श्रेष्ठ भन्छिन्, ‘हिमाल चढेको खुसी सम्झिरहँदा यसको ऋण सकेसम्म नसम्झनु परे हुन्थ्यो जस्तो लाग्छ।’ उनले साथीभाइसँग ऋण लिएर हिमाल चढेको र कम्पनी र गाइडलाई बुझाउने पैसाको अभाव भएको प्रसङ्ग पनि जोड्न छुटाउनु भएन।
‘जति मिहिनेत गर्यो, उत्ति सफलता हात पर्छ, भन्ने यथार्थ भोगाइलाई आत्मसात् गर्न पाएँ,’ श्रेष्ठले भनिन्। उनले यसअघि अन्नपूर्ण प्रथम आरोहण गर्नुपूर्वको तयारी राम्रो भएकाले आर्थिक बोझ कम भएको सुनाइन।
‘अन्नपूर्ण प्रथमका लागि प्रदेश सरकारको पनि सहयोग रहेकाले दिल खोलेर खुसी साट्न पाएको थिएँ तर अहिले धौलागिरि हिमाल भने ऋणमै पुगेर आएँ,’ उनले भनिन् ‘उमेर छ समय पनि छ, कुनै दिन तीर्न सकूँला नि भनेर बसेकी छु।’
उनले सबैको जीवनमा एउटा–एउटा सगरमाथा हुने र त्यो चढ्न निकै गाह्रो हुने अनुभव सुनाइन्। आफ्नो जीवनमा हिमाल नै ऊर्जा भएकाले अब जस्तै कठिन अवस्था आए पनि सहजै पार लगाउन सक्छु भन्ने आत्मविश्वास बढेको उनको भनाइ छ। यतिखेर सफलतामा आएका समाचार र साथीभाइका शुभकानामा पनि आफ्नो १० लाख ऋण भने भित्रभित्रै सम्झिरहने उनी बताउँछन्।
हिमाल आरोहणको यात्रामा आफू नथाक्ने यात्री भएकाले निरन्तरता दिने योजना उनको छ। नेपालका आठ हजार मिटरभन्दा माथिका कञ्चनजङ्घा, ल्होत्से र मकालु एकै याममा चढ्ने योजना बनाइरहेकी श्रेष्ठले किलर माउन्टेन भनेर चिनिने केटु हिमाल भने साँचेर राख्ने र चढ्न हतार नगर्ने बताउछिन्।
पत्रकारितमा स्नातकोत्तर श्रेष्ठले आफूभित्रको विशेष क्षमताको समयमै पहिचान गर्न आफू सफल भएको बताइन्। नेपालको पर्यटनलाई अन्तर्राष्ट्रिय जगतमा ब्रान्डिङ गर्न पर्वतारोहण पर्यटनलाई जोड दिन उनको सुझाव छ।
नेपालमा रहेका अनगिन्ती चुचुरोहरु प्रचारप्रसारको अभाव ओझेलमा रहेको बताउँदै सरकारले देशका हरेक हिमालको पहिचान र परिचयबाहिर ल्याएर विशेष नीति निर्माणसहित यसको प्रवद्र्धनमा जोड दिनुपर्ने सुझाव दिन्छिन्।
१अंश मुद्दा चलेको डेढ वर्षपछि श्रीमतीको चेक चोरी किर्ते गरेर रकम भर्दै फसाउन गरेको प्रपञ्चको खुलासा
२धितोपत्र बजारमा कारोबार नभएको प्रमोटर शेयर कसरी राखे गृहमन्त्री सुधन गुरुङले?
३विद्यार्थी राजनीतिमा संकटको बादल : ‘क्रान्तिको नर्सरी’ देखि प्रतिबन्धको सँघारसम्म
४जर्मन नागरिक पिटरमाथि बालयौनजन्य हिंसा गरेको आरोप, होटल म्यानेजर पदम न्यौपाने पनि अनुसन्धानको घेरामा
५पोखराको सुकुम्वासी बस्तीमा डोजर चल्दै गर्दा पर्यटनमन्त्री गनेस पौडेलको घर पनि सार्वजनिक जग्गामा