
१विचौंलिया इनमसँगको म्यासेज प्रकरणपछि सर्वोच्च अदालत तरंगित
२प्रधानमन्त्रीज्यू, पोखराको लेकसाइडमा प्रहरी-विचौंलिया सेटिङको जरा उखेल्नुहोस् !
३न्यायाधीश फुयाल, आईजिपी कार्की र बिचौलिया सापकोटा बिचको अवैध सेटिङ पर्दाफास
४सामान्य विवादमा साथीकै हत्या गर्ने ५ जना पक्राउ
५डा. शंकर बरालको अनुसन्धानलाई अमेरिकामा ‘प्रेजिडेन्सियल अवार्ड’
६सहकारी ठगी मुद्दाको सुनुवाइ अब ‘फास्ट ट्रयाक’मा
७चक्रवात ‘अर्नब’को प्रभाव : नेपालमा भारी वर्षा र हिमपातको सम्भावना, सतर्कता अपनाउन आग्रह
८नेपालमा बालबालिकाको रगतमा लेडको जोखिम उच्च
९आज विजया दशमी: बिहान १०:२६ बजे टीकाको उत्तम साइत
१०‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
११‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
१२पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
१आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
२डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
३फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
४‘अपरेसन ३६५’ : एक वर्षमा ८९८ मोटरसाइकल कारबाहीमा
५‘प्रदेशविनाको संघीयताको कुनै अर्थ छैन’
६‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
७‘जेनजी प्रदर्शनकारीको बिगो नखुलेका करिब १ सय मुद्दा फिर्ता लिन सकिने’ : अध्ययन समिति
८‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
९छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१०सिद्धार्थ क्लबको अध्यक्षमा सुनिल श्रेष्ठ
११‘बेगनास फिस फेस्टिभल’ सफल बनाउन ऐक्यबद्धता
१२पर्वतमा बाढी पहिरोका कारण तीनसय परिवार विस्थापित
काठमाडौँ । यो वर्षको मनसुन बाहिरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले विशेष बुलेटिन जारी गर्दै सोमबार बेलुकाबाट यो वर्षको मनसुन पूर्णरुपमा नेपालबाट बाहिरिएको जनाएको छ ।
यो वर्ष औषतभन्दा ९ दिन ढिला गरी मनसुन बाहिरिएको हो । औसतमा अक्टोबर २ मा नेपालबाट मनसुन बाहिरिन्छ । गएको शुक्रबार नेपालका केही क्षेत्रबाट बाहिरिन शुरू गरेको मनसुन सोमबार पूर्णरुपमा बाहिरिएको जल तथा मौसम पूर्वानुमान महाशाखाकाले जनाएको छ ।
महाशाखाका अनुसार शुक्रबार नेपालको सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका सम्पूर्ण भूभाग, लुम्बिनी प्रदेशको पश्चिमी भूभागबाट बहिर्गमन भएको थियो ।
यस वर्षको मनसुनमा सरदरभन्दा १५ प्रतिशत बढी वर्षा भएको छ । यो वर्ष मनसुनका चार महिना (जेठदेखि असोज) मा सबभन्दा बढी पोखरामा वर्षा भएको छ ।
पोखरा विमानस्थल क्षेत्रमा चार महिनामा सरदर ३०६४ मिमि वर्षा हुन्छ, यो पटक ४२७० मिमि वर्षा भएको वरिष्ठ मौसमविद् इन्दिरा कँडेलले जानकारी दिइन् । उनका अनुसार यस वर्ष मनसुनमा सबभन्दा कम वर्षा कर्णालीको उत्तर पूर्वी क्षेत्रमा भएको छ ।
मुस्ताङमा सरदर १५८.५ मिमि वर्षा हुने भए पनि यो वर्ष ४ सय ३० मिमि वर्षा रेकर्ड भएको छ । मनसुन बाहिरिए पनि आज पहाडी भेगमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
मौसमलाई प्रत्यक्ष प्रभाव पार्ने प्रणाली विकसित नभएपनि हाल सुदूरपश्चिम र कर्णाली प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली रहेको छ।
आज दिउँसो देशभर सामान्यतया सफादेखि आंशिक बदली रही पहाडी भू-भागको एक-दुई स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।