News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

अन्तर्राष्ट्रिय प्रमुख समाचार

सिरियामा कार बम विस्फोट, छ जनाको मृत्यु

एजेन्सी । सिरियाको उत्तरी शहर अफ्रिनमा सोमबार भएको कार बम विस्फोटमा कम्तीमा एक टर्की समर्थित विद्रोही लडाकुसहित छ जनाको मृत्यु भएको छ ।

अफ्रिनमा पनि टर्की समर्थक विद्रोहीहरूद्वारा हुने अन्य क्षेत्रहरू जस्तै नियमित लक्षित हत्या, बम विस्फोट र गोली हानाहान को दृश्य सामान्यरूपमा देखिन्छ।

बेलायतस्थित सिरियन अब्जरभेटरी फर ह्युमन राइट्सले बताएअनुसार सोमबार विद्रोहीको नियन्त्रणमा रहेको शहरको बीचमा ‘सर्वसाधारणको भिड लागेको क्षेत्रमा’ विस्फोटक पदार्थले भरिएको गाडी विस्फोट भएको बताइएको छ।

प्रतिक्रिया