
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
पोखरा, २५ असोज । नवनियुक्त विना विभागीय मन्त्री डोवाटे विश्वकर्माले आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान सिंह गुरुङले आज मन्त्री डोवाटेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन् । यससँगै गण्डकी प्रदेशमा मन्त्रिपरिषद १२ सदस्यीय भएको छ ।
मन्त्री डोबाटेलाई कुन मन्त्रालय दिने भन्ने विषयमा भने अझैं टुंगो लागेको छैन । अरु मन्त्रीको जिम्मेवारी हेरफेर गर्ने वा कृषि मन्त्रालय फुटाउने भन्ने विषयमा छलफल चलिरहेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले केन्द्रदेखिको सहमतिमा आज नेता डोवाटेलाई मन्त्री नियुक्त गरेका हुन् ।
यस अघि मन्त्रीमा नाम काटिएपछि गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको व्यापक आलोचना भएको थियो । त्यसलगत्तै प्रदेशसभाको विधायन समितिको सभापति बन्ने प्रस्ताव डोबाटेलाई गरिएको थियो । तर उनले सभापति बन्न अस्विकार गरेका थिए ।
चार दल र स्वतन्त्र सांसदको समर्थनमा मुख्यमन्त्री बनेका पोखरेलले ८ साउनमा मन्त्रिपरिषद विस्तार गर्दा कांग्रेसका मन्त्रीहरुको सूचीमा रहेर पनि शपथ ग्रहणका लागि पोखरा बोलाईएका डोवाटे विश्वकर्माको नाम काटेर व्यापारी विन्दुकुमार थापालाई मन्त्री बनाईएको थियो ।
प्रधानमन्त्री देउवा आइतबार साक्षर प्रदेश घोषणा गर्न पोखरा आएको बेलामा नेता डोबाटेले भेटेका थिए । ‘मलाई तपाईंको आशिर्वाद चाहिन्छ भनेको थिएँ, मन्त्री नै पाएँ,’ डोबाटेले खुशी हुँदै भने, ‘पार्टीभित्र पहिले निधो भएर पनि नाम काटिएको थियो, अहिले मौका पाएँ । म धेरै खुशी छु ।’
कांग्रेसमा वरिष्ठ नेता रामचन्द्र पौडेल समूह निकटका नेता डोवाटेलाई मन्त्रीमा पक्का भएर पनि नाम हटाईएपछि संस्थापनइतरका नेताहरुले अन्याय भएको भन्दै मन्त्री बनाउन दवाव दिदैं आईरहेका थिए । नेता पौडेलकै गृहजिल्लाका नेता डोवाटेलाई सत्तारुढ दलका नेताहरुले समेत सहमति जनाएपछि मन्त्री नियुक्त गरिएको हो । यस विषयमा, मुख्यमन्त्री पोखरेलले १९ असोजमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका थिए ।
संविधानको धारा १६८ (९) ले समावेशी सिद्धान्त बमोजिम प्रदेशसभाको कुल सदस्य संख्याको २० प्रतिशतभन्दा बढी नहुने गरी मन्त्रिपरिषद् गठन गर्न सकिने व्यवस्था गरेको छ । अर्थात ६० सदस्यीय प्रदेश सभामा १२ वटासम्म मन्त्रालय बनाउन मिल्दछ ।
तत्कालीन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङकै पालामा ११ मन्त्रालयसम्म बनाउन सकिने नीतिगत व्यवस्था गरिएको थियो । त्यसैअनुसार गुरुङले नै मन्त्रालयको संख्या ११ पु¥याएका थिए । जसले गर्दा मुख्यमन्त्री पोखरेल नेतृत्वको सरकारलाई झनै सजिलो भएको हो ।