
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
बुटवल । रूपन्देहीको मोतीपुरमा प्रहरीसँगको झडपमा मृत्यु भएका ब्यक्तिको परिवारलाई लुम्बिनी प्रदेश सरकारले राहत स्वरूप जनही एक/एक लाख रूपैयाँ दिने भएको छ ।
बुटवल उपमहानगरपालिका-१७ मोतीपुरको औद्यौगिक क्षेत्रको जग्गामा बसोबास गर्ने सुकुम्बासी र प्रहरीबीच झडप हुँदा आइतबार ४ जनाको मृत्यु भएको थियो ।
प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा सञ्चारमन्त्री तिलकराम शर्माले सर्वदलीय बैठकको निर्णय अनुसार मृतकको परिवारलाई १/१ लाख रूपैयाँ दिने निर्णय भएको जानकारी दिए ।
घाइतेहरूको उपचारमा कमी आउन नदिने पनि निर्णय भएको शर्माले बताए । घटनामा प्रहरी र सर्वसाधारण गरी ५० भन्दा बढी घाइते भएका छन् । झडपमा परी मृत्यु हनेमध्ये दुईजनाको नाम खुलेको छ।
रुपन्देहीको शुद्धोधन नगरपालिका- ५ का वीरेन्द्रप्रसाद कुर्मी र नवलपरासी बर्दघाट स्थायी घर भइ हाल तिलोत्तमा शंकरनगर बस्ने युजन कुमाल रहेको प्रहरीले जनाएको छ।एक जनाको भने अझै परिचय खुल्न नसकेको प्रहरीले जनाएको छ।
झडपमा प्रहरीको गोली लागेर मृत्यु भएका कपिलवस्तु वाणगंगा नगरपालिका- १० का ४८ वर्षका रमेश परियारको आइतबार नै सनाखत भएको थियो ।