News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

Uncategorized समाचार

बुटवलको मोतीपुर औद्योगिक क्षेत्रमा प्रहरीले स्थानीयमाथि गोली चलायो, ५ जना घाइते

रुपन्देहीको बुटवलस्थित मोतीपुर औद्योगिक क्षेत्रमा गोली चलेको छ । स्थानीय र प्रहरीबीच झडप हुँदा सशस्त्र प्रहरीले गोली चलाएको हो । सशस्त्र प्रहरीले चलाएको गोली लागेर ५ जना घाइते भएका छन् ।

बुटवल औधोगिक क्षेत्रमा जग्गा कब्जा गरेर बस्नेहरुलाई हटाउन खोजेपछि झडप भएको थियो । १ सय बिगाहा जग्गा सुकुम्वासीको नाममा कब्जा गरेपछि सो क्षेत्रमा सशस्त्र प्रहरीलाई स्थायी रुपमा राख्ने तयारी भइरहेको थियो ।

घाइतेमध्ये एकजनाको टाउको र एकजनाको छातीमा गोली लागेको बताइएको छ, अन्यकाे अवस्था केछ भन्ने बारेमा प्रहरीले केहि जानकारी दिएकाे छैन । औधोगिक क्षेत्रमा टहरा बनाएर बसेकाहरु दुई हजारको संख्यामा प्रदर्शनमा उत्रिएका छन् ।