News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

राजनीति समाचार

उद्योगमन्त्री हमालद्वारा राजीनामाको घोषणा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गजेन्द्र हमालले राजीनामा दिने घोषणा गरेका छन्  नेपाली काँग्रेसका पुराना नेता रहेका हमाललाई प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रीमा नियुक्त गरेका थिए। सरकारले उनी काँग्रेसबाट मन्त्री बनेको प्रष्ट पारिसकेको छ।

तर, मानिसहरुले प्रधानन्यायाधिसको प्रतिनिधिभन्दै आलोचना गरेपछि हमालले राजीनामा दिने तयारी गरेका हुन। प्रधानमन्त्री देउवासँग भेटेर आजै राजीनामा बुझाउने हमालले तयारी गरेका छन।

मन्त्री हमालले आफ्नो नियुक्तिमा प्रधानन्यायधीश चोलेन्द्र शमशेर जबराको कुनै भूमिका नरहेको बताए। नियुक्तिमा प्रधानन्यायाधीशलाई मुछ्नुले आफू आश्चर्यचकित भएको बताए।

प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो लामो राजनीतिक सक्रियतालाई दृष्टिगत गरी नियुक्त गरेको ठानेको र आफूलाई त्यसबारे थाहा पनि नभएको बताए। उनले भने, ‘मलाई मन्त्री बन्दैछु भन्ने पनि थाहाथिएन।’ मन्त्रीमा नियूक्त भएको २ दिन नपुग्दै हमालले राजीनामा दिन लागेका हुन। देउवा निकट हमाल नाताले प्रधानन्यायाधीश जबराको जेठान हुन् ।

डनन्यूज ट्रेन्डिङ