News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

समाचार

आजको मौसम : कहाँ कहाँ हुँदैछ वर्ष ?

काठमाडौँ । नेपालबाट मनसुन बाहिरिन शुरू गरेसँग ठूलो वर्षाको सम्भावना टरेको छ । तथापि पूर्णरुपमा मनसुन नबाहिरिएसम्म देशका केही भेगमा हल्कादेखि मध्यम वर्षा भइनै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज पनि देशका विभिन्न स्थानमा वर्षा भइरहेको छ । महाशाखाकाले बिहान ६ बजे जारी गरेको पूर्वानुमान बुलेटिनअनुसार अहिले प्रदेश नं १ र गण्डकी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भईरहेको छ ।

आज दिउँसो र राति प्रदेश-१, वाग्मती र गण्डकी प्रदेशका एक-दुई स्थानहरुमा मेघगर्जन/ चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।