
१पृथ्वी राजमार्गको गलौँदी क्षेत्र मर्मतका लागि रातभर सडक बन्द
२डा. निरञ्जन कोइराला प्रभावशाली वैज्ञानिकहरुको सूचीमा
३ओभरसिज फ्रेन्डसिप इन्टरनेसनल हस्पिटल सञ्चालनमा
४पोखराको लेकसाइडमा युवा उद्यमीको नयाँ क्रान्ति
५डन न्यूज पब्लिकेशन प्रा. लि. छैटौं वर्षमा प्रवेश
६पहिरोले बुढीगण्डकी थुनिएर भीषण बाढी
७विमानस्थल आसपास चङ्गा, ड्रोन र लेजर लाइट प्रयोगमा रोक
८सशस्त्र प्रहरी एआईजी वंशीराज दाहाल सेवाबाट बर्खास्त
९ओख्लेभीरमा स्कुल बस दुर्घटनाः ५ जनाको मृत्यु, २० घाइते
१०विपद्मा बेपत्तालाई ४५ दिनमै मृतक घोषणा गर्न सकिने
११‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
१२छोरेपाटन प्रहरी चौकीको मर्मतसम्भार र पुनःनिर्माण सम्पन्न, सहयोगीहरू सम्मानित
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
४इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
५माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
६मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
७पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
८सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
९आईजीपी दानबहादुर कार्कीमाथि भ्रष्टाचारको आरोप, छानबिन गर्न ९ सदस्यीय विशेष समिति गठन
१०फिर्के खोलाघरमा फेरि चल्यो महानगरको डोजर
११‘विज्ञतालाई राष्ट्रिय विकासमा केन्द्रित गर्न आग्रह’
१२‘पोखरा महानगरविरुद्ध सबैभन्दा बढी उजुरी’
बन्दीपुर, २४ असोज । राणा शासनविरुद्ध आन्दोलन चर्किरहेको थियो । श्रीभद्र शर्मा नेतृत्वमा नेपाली कांग्रेसको टोली पोखरा कब्जा गर्न अगाडि बढेको थियो । २००७ पुस २४ गते शर्मासहितको टोलीलाई केन्द्रबाट खबर आयो दिल्लीमा राणा–कांग्रेस सम्झौताका लाागि वार्ता चलिरहेकोले वार्ताको टुंगो नलाग्दासम्म कहिँकतै कब्जा नगर्ने भनेर ।
उता तनहुँको कुन्छाबाट कुन्छाबाट गोवद्र्धन शर्मा, कृष्णदत्त वाग्ले, लालबहादुर गुरुङ, धर्मध्वज गुरुङ सहित युवाको टोली आन्दोलनमा होमिएको थियो । कुन्छामा सरकारी कार्यालय कब्जा गरेर टोली अगाडि बढ्यो । उता बन्दीपुरमा आन्दोलनकारीको टोली जम्मा भइसकेको थियो । सेना आन्दोलन मत्थर पार्नेतिर लागिरहेको थियो । एकातिर वार्ता चलिरहेको थियो । अर्कोतिर गोबर्धन शर्मा, धर्मध्वज गुरुङ लगायत युवा अहिले नै बन्दीपुर कब्जा गर्नुपर्छ भन्नेमा थिए ।
१ माघ २००७ मा बन्दीपुरमा २० हजार भन्दा बढी मानिस जम्मा भएका थिए । आन्दोलन चलिरहँदा भिडन्त सुरु भयो । जुलुसमा सहभागी ६ जनाले ज्यान गुमाए । धर्मध्वज गुरुङ (पुलिमराङ), उत्तरकुमार श्रेष्ठ (तनहुँसुर), चन्द्रबहादुर सार्की (सिम्पानी), खड्गबहादुर गोदार (बसन्तपुर), सन्तबहादुर राना मगर (तनहुँसुर) र धर्मराज बतास (तनहुँसुर)लाई हत्या गरी सेनाले भीरबाट फालेको थियो ।
बन्दीपुरको त्यही ठाउँमा अहिले सहिद स्मारक बाटिका निर्माण गरिएको छ । २०४९ सालमा उद्घाटन गरिएको उक्त वाटिकमा सहिद स्तम्भ र समाधिस्थल बनाइएको छ । त्यही स्मारकमा गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल शनिबार पुगेर श्रद्धाञ्जली अर्पण गरे । कृष्णचन्द्र बन्दीपुर क्रान्तिका अगुवामध्येका १ गोबद्र्धन शर्मामा माइला छोरा हुन् ।
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले बन्दीपुरको एकीकृत विकासका लागि प्रतिबद्ध रहेको भन्दै गुरुयोजना बनाएर काम अगाडि बढाउन आग्रह गरे । राणा शासनविरुद्धको आन्दोलन उत्कर्षमा पुगिरहेका बेला पहिला वीरगन्ज र त्यसपछि बन्दीपुरमा जनसरकार घोषणा भएको उनले बताए । बन्दीपुर कब्जा गर्नेबेलामा पुरुषका साथमा महिलाहरु पनि उत्तिक खटिएको स्मरण गरे । आन्दोनलमा उत्रनेदेखि घाइतेहरुको उपचारका लागि श्रीभद्र शर्माकी आमा र करुमाया रानासहितका महिलाहरु अग्रसर रहेको भनाइ उनको थियो ।
२००७ सालमा जहानीय शासनकाविरुद्ध आन्दोनमा उत्रनु भनेको त्यतिबेला असामान्य अवस्था भएको भन्दै उनले आन्दोलनमा उत्रनाका लागि चेतना भर्ने अगुवाहरुलाई राष्ट्रले सम्मान गर्नुपर्ने बताए । उनले भने, ‘प्रजातान्त्रिक आन्दोलनका लागि बन्दीपुर नेपालमै अगुवा थलो हो, यस ठाउँको एकीकृत विकासका लागि व्यवस्थित योजना नै अगाडि बढ्नुपर्छ ।’
बन्दीपुर आफै ऐतिहासिक सहर भएको र पर्यटकीय महत्व बोकेको ठाउँ भएकाले त्यहाँ थप पर्यटक आकर्षित गर्ने खालका योजना ल्याउन पनि प्रदेश सरकारले सहयोग गर्ने उनले प्रतिबद्धता जनाए । प्रदेश सरकारको स्रोतले नपुगेको खण्डमा संघ सरकारसँग लबिङ गर्ने उनले बताए ।
कार्यक्रममा कांग्रेस तनहुँका पूर्व सभापति रघुनाथ पौडेलले बन्दीपुरलाई प्रजातान्त्रिक आन्दोलनको अध्ययनस्थलका रुपमा विकास गर्न सकिने भनाइ राखे । उनले भने, ‘तनहुँ अनि बन्दीपुर प्रजातान्त्रिक आन्दोलनका लागि प्रख्यात छ, यसको महत्वलाई हामीले चारैतिर फिँजाउनु छ ।’
कार्यक्रममा प्रदेश सांसद डोबाटे विश्वकर्माले गोबद्र्धन पोखरेलसहितको नेतृत्वमा बन्दीपुर कब्जा गरिएको भन्दै संघर्षबाट प्राप्त उपलब्धिको जगेर्ना गर्नु सबैको दायित्व रहेको बताए ।
उक्त अवसरमा महासमिति सदस्य रामचन्द्र अधिकारी, नेविसंघ पूर्व महामन्त्री आनन्दराज त्रिपाठी, जिल्ला समन्वय समिति तनहुँ प्रमुख शान्तिरमण वाग्ले, नेपाली कांग्रेस बन्दीपुर सभापति कर्णबहादुर खत्री, बन्दीपुर पर्यटन विकास समिति अध्यक्ष किसान प्रधान, सहिद स्मारक बाटिकका अध्यक्ष कृष्ण पिया, कांग्रेस बन्दीपुर सचिव कर्णबहादुर गुरुङले सहिदको योगदान र बन्दीपुरको महत्वका बारेमा चर्चा गरेका थिए ।