
१पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
२डुलुवाको अध्यक्षमा योगेश भट्टराई
३सराङकोटमा प्रहरी चौकी भवनको उद्घाटन
४‘पेन्सन पट्टा’ : पहाडको माटो, लाहुरेको आँसु र प्रेमको धुनले दर्शकलाई रुवायो
५इन्द्रसरोवरमा गाडी दुर्घटनामा परी ४ जनाको मृत्यु
६पत्रकार थकालीमाथि ज्यान मार्ने धम्की
७माछापुच्छ्रे बैंकको ६ प्रतिशत लाभांश घोषणा
८मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड राजस्व सङ्कलन
९मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न
१०सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
११रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
१२किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ
६सहारा खेलकुद पत्रकारिता पुरस्कार रोहितराज पराजुलीलाई
७पोखराको फोटोग्राफी क्षेत्रको समग्र इतिहास समेटिएको विशेष स्मारिका सार्वजनिक
८रसुवा बाढी : १३६६ जनाको शव फेला, ४०७७ जना अझै सम्पर्कविहीन
९आज जेनजी शहीद दिवस : देशभरि सार्वजनिक बिदा
१०पोखरामा पहिचान नभएका ७६ शव जमिनमुनि व्यवस्थापन
११डुलुवाको अध्यक्षमा योगेश भट्टराई
१२फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु
पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण बनाइरहेको बताए ।
प्रदेश समृद्धिको आधार पर्यटन नै भएकाले शिक्षा र स्वास्थ्यलाई पनि सँगै जोडन लैजान सकिने उनको भनाइ थियो । भौगोलिक हिसावले पोखरामा ठूला उद्योग र कलकारखाना स्थापनाको सम्भावना नभएकाले शिक्षा र स्वास्थ्यलाई नै जोड दिइएको मुख्यमन्त्री पोखरेलले बताए । प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा मनोरम पोखरामा स्वदेशका मात्र नभए विदेशका विद्यार्थी आकर्षित गर्ने गरी शैक्षिक संस्था सञ्चालनका लागि उनले निजी क्षेत्रसँग आग्रह गरे ।
हाल पोखरामा २ वटा मेडिकल कलेज सञ्चालनमा रहेका र गण्डकी र पोखरा विश्वविद्यालय पनि मेडिकल कलेज चलाउने तयारीमा रहेकाले त्यसपछि विशेषज्ञ सेवाका लागि पनि पोखरा सक्षम हुने उनको भनाइ थियो । कोभिड महामारीका बेला चरक हस्पिटल, नर्सिङ कलेजजस्ता निजी संस्थाले अतुलनीय योगदान पु¥याएको भन्दै मुख्यमन्त्रीले प्रशंसा गरे ।
नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको भन्दै कोभिडले स्वास्थ्य प्रणाली सुधारका लागि पाठ सिकाएको मुख्यमन्त्री पोखरेलले बताए । प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकार लागिरहेको भन्दै कास्की अब केही दिनमा कास्की पूर्ण खोपयुक्त हुन लागेको जानकारी गराए । उनले भने, ‘अहिले १ लाख ४० हजार डोज खोप आएको छ, कास्कीमा खोप लगाउने तालिका पनि सार्वजनिक भइसकेको छ, १८ वर्ष उमेरमाथिका सबैले खोप पाउने निश्चित भइसकेको छ ।’
पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले स्वास्थ्य सेवालाई सहज बनाउन सरकारले धेरै काम गर्न बाँकी रहेको भनाइ राखे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले नागरिकको स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न सरकार सदा प्रतिबद्ध रहेको बताइन् । प्रदेश सरकारले सिमित स्रोत र साधनकाबीच पनि नागरिकले महसुस गर्ने गरी का थालेको उल्लेख गरिन् ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराको सुन्दरताको अधिकतम प्रयोगका लागि जुनसुकै तरिका अपनाएर भए पनि पर्यटक भिœयाउनुपर्ने भनाइ राखे ।
प्रदेश सभा सदस्य राजीव पहारीले निजी तबरबाट सञ्चालित शैक्षिक र स्वास्थ्य संस्थाहरुको योगदानको मूल्यांकन राज्यस्तरबाट हुन नसकेको बताए । कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) गण्डकी संयोजक अशोक पालिखेले सरकारले निजी नर्सिङ कलेजलाई मर्का पर्ने गरी गतिविधि गर्दै आएको भनाइ राखे । पोखरामा ५ र प्रदेशभर १४ नर्सिङ कलेज रहेको भन्दै उनले सिटिइभिटी र सरकारको प्रष्ट धारणा नआउँदा सञ्चालक र विद्यार्थी मर्कामा परेको बताए ।
चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिका अध्यक्ष कपिल पोखरेलले पोखरामा शिक्षा र स्वास्थ्यको सम्भावना देखेर नै दक्ष जनशक्ति उत्पादनका लागि कलेज सञ्चालनमा ल्याइएको बताए ।
कार्यक्रममा कलेजका सञ्चालन सञ्चालक टंक अधिकारी, सिटिइभिटी गण्डकी प्रमुख प्रमोद आचार्य, प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, पोखरा विश्वविद्यालय स्वास्थ्य संकायका डिन डा. अमर नागिला लगायतले भनाइ राखेका थिए । १६ वर्ष अघि पोखराको काहुँमा खुलेको नर्सिङ कलेज हाल चरक ग्रुपले लिएर नयाँ व्यवस्थापनका साथ सञ्चालन हुँदै आएको छ ।
१किम्रुङ खोला पहिरो खसेर थुनिएपछि उच्च सतर्कता अपनाउन आग्रह
२भोटेकोशीको विपत्ति र हिमालयको बदलिँदो वास्तविकता
३गण्डकीमा सातौँपटक मन्त्रिपरिषद् विस्तार, समाजवादी पार्टीका देवकोटा तेस्रोपटक मन्त्री
४सिभिल सहकारी ठगी मुद्दामा इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद सजाय
५पोखरामा ठूलो मात्रामा लागूऔषधसहित ६ जना पक्राउ