
१पोखरामा चार दिनसम्म दैनिक ५ घण्टा बिजुली कटौती हुने
२जाजरकोटमा सिकारका क्रममा भरुवा बन्दुक पड्किँदा एकको मृत्यु, अवैध हतियारसहित ५ जना पक्राउ
३राष्ट्रिय भूमि आयोगका पूर्वअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
४पूर्वमन्त्री राजकुमार गुप्ता जेल चलान
५लिचीबारी भ्रष्टाचार प्रकरण : पूर्वमन्त्री राजकुमार गुप्ता विशेष अदालतमा उपस्थित, थुनछेक बहस जारी
६माछापुच्छ्रे पोखरा ओपन टेनिसः मेन्स सिंगल्स उपाधि करण थापालाई, ३५ वर्षमाथि जितेन्द्र परियार च्याम्पियन
७रास्वपा र उज्यालो नेपाल पार्टीबीच एकीकरण
८प्रहरी दमनको विरोध गर्दै पोखरामा मसाल जुलुश
९रवि लामिछाने र बालेन्द्र शाहबीच ७ बुँदे सहमति
१०रवि र बालेन्द्र बीच सहकार्यको छिनोफानो आज
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२प्रचण्डलाई जन्मथलो कास्की–३ बाट सर्वसम्मत उम्मेदवार सिफारिस
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
६पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
७किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११नेपाली कांग्रेसको क्रियाशील राजनीतिबाट विश्राम लिने व्यवसायी विमल बस्यालको घोषणा
१२‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
पोखरा, २१ असोज । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण बनाइरहेको बताए ।
प्रदेश समृद्धिको आधार पर्यटन नै भएकाले शिक्षा र स्वास्थ्यलाई पनि सँगै जोडन लैजान सकिने उनको भनाइ थियो । भौगोलिक हिसावले पोखरामा ठूला उद्योग र कलकारखाना स्थापनाको सम्भावना नभएकाले शिक्षा र स्वास्थ्यलाई नै जोड दिइएको मुख्यमन्त्री पोखरेलले बताए । प्राकृतिक रुपमा सुन्दर, भौगोलिक रुपमा मनोरम पोखरामा स्वदेशका मात्र नभए विदेशका विद्यार्थी आकर्षित गर्ने गरी शैक्षिक संस्था सञ्चालनका लागि उनले निजी क्षेत्रसँग आग्रह गरे ।
हाल पोखरामा २ वटा मेडिकल कलेज सञ्चालनमा रहेका र गण्डकी र पोखरा विश्वविद्यालय पनि मेडिकल कलेज चलाउने तयारीमा रहेकाले त्यसपछि विशेषज्ञ सेवाका लागि पनि पोखरा सक्षम हुने उनको भनाइ थियो । कोभिड महामारीका बेला चरक हस्पिटल, नर्सिङ कलेजजस्ता निजी संस्थाले अतुलनीय योगदान पु¥याएको भन्दै मुख्यमन्त्रीले प्रशंसा गरे ।
नागरिकलाई सुलभ रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन सरकार प्रतिबद्ध रहेको भन्दै कोभिडले स्वास्थ्य प्रणाली सुधारका लागि पाठ सिकाएको मुख्यमन्त्री पोखरेलले बताए । प्रदेशका नागरिकलाई कोरोनाविरुद्धको खोप दिलाउनका लागि सरकार लागिरहेको भन्दै कास्की अब केही दिनमा कास्की पूर्ण खोपयुक्त हुन लागेको जानकारी गराए । उनले भने, ‘अहिले १ लाख ४० हजार डोज खोप आएको छ, कास्कीमा खोप लगाउने तालिका पनि सार्वजनिक भइसकेको छ, १८ वर्ष उमेरमाथिका सबैले खोप पाउने निश्चित भइसकेको छ ।’
पूर्व स्वास्थ्य मन्त्री तथा प्रतिनिधि सभा सदस्य खगराज अधिकारीले स्वास्थ्य सेवालाई सहज बनाउन सरकारले धेरै काम गर्न बाँकी रहेको भनाइ राखे ।
कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी गुरुङले नागरिकको स्वास्थ्यको अधिकार प्रत्याभूत गर्न सरकार सदा प्रतिबद्ध रहेको बताइन् । प्रदेश सरकारले सिमित स्रोत र साधनकाबीच पनि नागरिकले महसुस गर्ने गरी का थालेको उल्लेख गरिन् ।
कानुन, सञ्चार तथा प्रदेश सभा मामिला मन्त्री बिन्दुकुमार थापाले पोखराको सुन्दरताको अधिकतम प्रयोगका लागि जुनसुकै तरिका अपनाएर भए पनि पर्यटक भिœयाउनुपर्ने भनाइ राखे ।
प्रदेश सभा सदस्य राजीव पहारीले निजी तबरबाट सञ्चालित शैक्षिक र स्वास्थ्य संस्थाहरुको योगदानको मूल्यांकन राज्यस्तरबाट हुन नसकेको बताए । कार्यक्रममा निजी स्वास्थ्य संस्थाहरुको संगठन (अफिन) गण्डकी संयोजक अशोक पालिखेले सरकारले निजी नर्सिङ कलेजलाई मर्का पर्ने गरी गतिविधि गर्दै आएको भनाइ राखे । पोखरामा ५ र प्रदेशभर १४ नर्सिङ कलेज रहेको भन्दै उनले सिटिइभिटी र सरकारको प्रष्ट धारणा नआउँदा सञ्चालक र विद्यार्थी मर्कामा परेको बताए ।
चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिका अध्यक्ष कपिल पोखरेलले पोखरामा शिक्षा र स्वास्थ्यको सम्भावना देखेर नै दक्ष जनशक्ति उत्पादनका लागि कलेज सञ्चालनमा ल्याइएको बताए ।
कार्यक्रममा कलेजका सञ्चालन सञ्चालक टंक अधिकारी, सिटिइभिटी गण्डकी प्रमुख प्रमोद आचार्य, प्रदेश शिक्षा, संस्कृति, विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव विनोदबहादुर कुँवर, पोखरा विश्वविद्यालय स्वास्थ्य संकायका डिन डा. अमर नागिला लगायतले भनाइ राखेका थिए । १६ वर्ष अघि पोखराको काहुँमा खुलेको नर्सिङ कलेज हाल चरक ग्रुपले लिएर नयाँ व्यवस्थापनका साथ सञ्चालन हुँदै आएको छ ।
१२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
२८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
३भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
४छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
५पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए