News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

प्रमुख समाचार राजनीति

माओवादीले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगायाे

काठमाडाैं । सत्तारूढ नेकपा माओवादी केन्द्रले सरकारमा सहभागी हुने थप मन्त्रीहरूको नाम टुंगो लगाएको छ। माओवादीको स्थायी कमिटी बैठकले शशी श्रेष्ठ, देवेन्द्र पौडेल सुनिल, महेश्वर गहतराजलाई मन्त्री बनाउने निर्णय बुधबार गरेको थियो।

माओवादीको भागमा ५ मन्त्रालय परेको छ। यसअगाडि अर्थमा जनार्दन शर्मा र ऊर्जामा पम्फा भुसाल मन्त्री भइसकेका छन्। माओवादीले एक राज्यमन्त्री पनि पाउनेछ। राज्यमन्त्रीमा बोधमाया यादवलाई पठाउने माओवादीको तयारी छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा गठबन्धनबाट गत असार २९ मा प्रधानमन्त्री बनेका थिए।

उनले अहिलेसम्म कांग्रेसबाट तीन मन्त्री र एक राज्यमन्त्री तथा माओवादीबाट २ मन्त्री मात्रै बनाएका छन्। बाँकी मन्त्री बनाउन देउवाले गठबन्धनमा रहेका दलका शीर्ष नेतासँग नाम मागिरहेका छन्।

प्रतिक्रिया