News Portal

ताजा शिर्षकहरु

चर्चित शिर्षकहरु

खेलकुद समाचार

साफ फुटबलमा आज दुई खेल, कसको भिडन्त को सँग ?

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलमा आज दुई खेल हुँदैछन् । मालेस्थित राष्ट्रिय स्टेडियममा हुने पहिलो खेलमा भारत र श्रीलंकाबीच प्रतिस्पर्धा हुँदैछ ।

भारत र श्रीलंकाबीचको खेल नेपाली समयानुसार अपराह्न ४:४५ बजे हुनेछ । दुबै टिम पहिलो जितको खोजिमा छन् । दोस्रो खेलमा आयोजक माल्दिभ्स र बंगलादेशबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल नेपाली समय अनुसार ९:४५ बजे हुनेछ । माल्दिभ्स आज पहिलो जितको खोजीमा हुँदा बंगलादेश दोस्रो जित निकाल्न चाहान्छ ।