
१विष्णु पौडेलको लगानी रहेको कृषि फार्ममा सम्पत्ति शुद्धीकरण विभागको छापा
२अख्तियारको शंकास्पद भूमिका : फरार प्रतिवादीलाई सरकारी साक्षी बनाई बकपत्र, सेटिङमा पुनः फरार
३एमाले उपाध्यक्ष विष्णु पौडेल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ : शुभ होटलमै प्रहरी छिर्यो
४कास्की मालपोतका तत्कालीन प्रमुखसहित ६ जनालाई भ्रष्टाचार मुद्दामा ६ महिना कैद
५रास्वपा केन्द्रीय सदस्य पदका दावेदार निर्मल गौतम को हुन् ?
६रास्वपा महाधिवेशन : बन्दसत्रमा ढिलाइ, पूजा बास्तोलाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा
७लाखौं मूल्यका सुनचाँदीका गरगहना र नगदसहित चोरीको आरोपमा भुवन र बिराज पक्राउ
८पोखरामा ‘अपरेसन ३६५’ तीव्र : थप २३ वटा मोडिफाई गरिएका मोटरसाइकल नियन्त्रणमा
९पोखरामा लागूऔषधसहित ७३ वर्षीय अमर हमाल पक्राउ
१०लेनदेनको विवादमा ज्वाइँद्वारा सासुमाथि चक्कु प्रहार
११मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
१२भ्रष्टाचार मुद्दामा क्यानका पूर्वमहानिर्देशकलाई कारागार पठाउने आदेश
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव
६मित्रमिलन सहकारी ठगी प्रकरण : बिगो बराबरको धरौटी माग
७सूर्यबहादुर पाण्डे हत्याकाण्ड : ११ वर्षपछि सर्वोच्चबाट आमा विष्णुकुमारीले यसरी पाइन् न्याय !
८राजनीतिक चुनौती र विवादका बीच सार्वजनिक जग्गा संरक्षणमा मेयर आचार्यको ‘टर्निङ प्वाइन्ट’
९८२ करोडको भीओआईपी स्क्यान्डलमा बंगालदेशी गिरोहसँगैं पक्राउ परेका थिए कुमार बेन
१०रास्वपा कास्कीको सभापतिमा यदुनाथ अधिकारी
११रास्वपा सभापति रवि लामिछानेसहित १७ सांसदमाथि अनुसन्धानको सिफारिस
१२गण्डकी प्रदेशमा राइड सेयरिङ सेवाको भाडादर निर्धारण : अब मनलाग्दी शुल्क लिन नपाइने
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ ।
सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।
‘अध्यक्षमा पञ्चा सिंहबाहेक अरु कुनै पनि पदाधिकारी/केन्द्रीय समिति बन्द सत्रको हलले टुंग्याउन सकेन,’ अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले भने, ‘सम्मेलन सम्पन्न भयो ।’
महासचिवमा विवाद
सोमबारको बन्दसत्रमा पदाधिकारी, प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यहरु घोषणा गर्ने तयारी थियो । फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहितका नेताहरू आन्तरिक सहमतिबाट नामावली घोषणाको अन्तिम तयारी गरी बन्दसत्रको हलमा प्रवेश गरेका थिए ।
तर त्यसअघि नै अखिल क्रान्तिकारीको महासचिव दीपेश पुन बनेको समाचार मिडियाहरुमा सार्वजनिक भइसकेको थियो । जबकि बन्दसत्रमा फ्याक्सन इन्चार्जले नामावली प्रस्तुत गर्ने र हलले पास गर्ने प्रक्रिया पूरा हुन बाँकी नै थियो ।
महासचिवमा पुनको नाम सार्वजनिक भएलगत्तै महासचिवका दाबेदारहरु असन्तुष्ट थिए । महासचिवमा दीपेश पुनसँगै पवन कार्कीको पनि दाबी थियो ।
दीपेशको नाम मिडियामा पहिल्यै सार्वजनिक भएपछि फ्याक्सन इञ्चार्ज शाक्यले हलमा पदाधिकारीहरुको नामावली वाचन गर्न नपाउँदै होहल्ला हुन थाल्यो । असन्तुष्ट पक्षले महासचिवमा दीपेशलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गर्न थाल्यो ।
स्थिति असामान्य भएपछि फ्याक्सन इन्चार्ज शाक्यले अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सकिएको घोषणा गरिदिए । फ्याक्सन इञ्चार्ज शाक्य नै पार्टीको आधिकारिक व्यक्ति भएकाले अब उनैले अध्यक्ष बाहेकका बाँकी पद टुंगो लगाउने एक नेताले बताए ।
महासचिवका अरु दाबेदारमा सहमति नभएपछि म भएँ : पुन
यद्यपि पुनले भने फ्याक्सन इञ्चार्ज शाक्यले महासचिवसहितका सबै पदाधिकारी टुंगो लगाइसकेको बताउँछन् । आफू वरिष्ठ उपाध्यक्ष पदमै रहन खोजेको तर महासचिवका दावेदारहरुबीच सहमति हुन नसकेपछि फ्याक्सन इञ्चार्ज शाक्यले आफूलाई महासचिव बनाएको पुनको भनाइ छ ।
बन्दसत्रको हलमा विधानमा उल्लेख भएको भन्दा धेरै सदस्य राखेर समिति बनाउन खोजेपछि विरोध भएको उनले बताए । पुनले भने, ‘हलमा विधानभन्दा नबढाउने भन्ने आवाज उठेको हो । त्यो विषय मेरो पनि हो ।’
२०७४ सालमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति २४३ र पदाधिकारी ३३ सदस्यीय थियो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि विद्यार्थी संगठनहरु पनि एकता प्रक्रियामा जाँदा अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय र पदाधिकारी २५ सदस्यीय बनाइएको थियो ।
१नाइट क्लबको आडमा लुटपाट र प्रहरी-सेटिङको आरोप, विद्यार्थी नेता बास्तोलालाई फसाउन खोजियो
२मणिपाल अस्पतालमा चिकित्सकद्वारा बिरामीमाथि दुर्व्यवहार, गालीगलौंज र मानसिक हिंसा
३लिटिल स्टेप स्कुलको अवैध संरचनामा चल्यो डोजर : वडाध्यक्ष नरेनको कडा एक्सन
४सहकारीमा आठ अर्बभन्दा बढीको घोटाला उजागर गर्ने वित्तीय विश्लेषक निर्मल गौतम राजनीतिमा प्रवेश
५उपमेयरको ‘सेटिङ’मा रोकियो लिटिल स्टेपमाथि चल्ने डोजर, वडाध्यक्ष मोवाईल स्वीचअफ गरेर गायव