
१‘जनप्रिय क्याम्पसको शैक्षिक गुणस्तर कायम राख्न प्रतिवद्ध छौं’
२कुमार नगरकोटीको ‘यदाकदा’ साङ्गीतिक काव्य सन्ध्या राष्ट्रिय सभागृहमा
३हजुरआमाको हत्या आरोपमा नाति पक्राउ
४किर्ते गरी २० करोड कर छुट दिइएको मणिपाललाई ‘सर्वोत्कृष्ट करदाता’
५लेखनाथ महोत्सवको २१औँ संस्करण बिहीबारदेखि, तयारी पूरा
६भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
७२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
८जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
९छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
१०प्रहरी असई पुष्कर कार्कीद्वारा आफ्नै ४ महिने छोराको हत्या
११पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१२पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल
६छिनेडाँडा–रिट्ठेपानी डाँडा कटान लगायत तीन विषयमा छुट्टै अनुसन्धान हुँदै
७भ्रष्टाचारी प्रा.डा. भरतराज पहारी एमालेको अनुशासन आयोगको अध्यक्ष !
८पोखरामा ध्वनी प्रदूषण गर्ने चारजना पक्राउ
९पोखरा विमानस्थल निर्माण भ्रष्टाचार प्रकरणमा समावेशी आयोगका पूर्वअध्यक्षसहित तीन जना मुछिए
१०जेन-जी आन्दोलनलाई ‘जनआन्दोलन’को मान्यता प्राप्त
११पोखरा विमानस्थल भ्रष्टाचारमा चिनियाँ कम्पनी विरुद्ध मुद्दा
१२क्यान महानिर्देशक प्रदीप अधिकारीसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
काठमाडौं । नेकपा माओवादी केन्द्रको विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २२ औं राष्ट्रिय सम्मेलन अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्पन्न भएको छ ।
सोमबारको बन्दसत्रमा विवादका कारण नाराबाजी भएपछि अध्यक्ष बाहेक अन्य कुनै पनि पदाधिकारी र केन्द्रीय समितिको घोषणा नगरी सम्पन्न गरिएको हो । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंहलाई आइतबार नै तोकिदिएका थिए ।
‘अध्यक्षमा पञ्चा सिंहबाहेक अरु कुनै पनि पदाधिकारी/केन्द्रीय समिति बन्द सत्रको हलले टुंग्याउन सकेन,’ अखिल क्रान्तिकारीका नेता नरेश रेग्मीले भने, ‘सम्मेलन सम्पन्न भयो ।’
महासचिवमा विवाद
सोमबारको बन्दसत्रमा पदाधिकारी, प्रदेश इञ्चार्ज र केन्द्रीय सदस्यहरु घोषणा गर्ने तयारी थियो । फ्याक्सन इन्चार्ज हितमान शाक्य, निवर्तमान अध्यक्ष रञ्जित तामाङसहितका नेताहरू आन्तरिक सहमतिबाट नामावली घोषणाको अन्तिम तयारी गरी बन्दसत्रको हलमा प्रवेश गरेका थिए ।
तर त्यसअघि नै अखिल क्रान्तिकारीको महासचिव दीपेश पुन बनेको समाचार मिडियाहरुमा सार्वजनिक भइसकेको थियो । जबकि बन्दसत्रमा फ्याक्सन इन्चार्जले नामावली प्रस्तुत गर्ने र हलले पास गर्ने प्रक्रिया पूरा हुन बाँकी नै थियो ।
महासचिवमा पुनको नाम सार्वजनिक भएलगत्तै महासचिवका दाबेदारहरु असन्तुष्ट थिए । महासचिवमा दीपेश पुनसँगै पवन कार्कीको पनि दाबी थियो ।
दीपेशको नाम मिडियामा पहिल्यै सार्वजनिक भएपछि फ्याक्सन इञ्चार्ज शाक्यले हलमा पदाधिकारीहरुको नामावली वाचन गर्न नपाउँदै होहल्ला हुन थाल्यो । असन्तुष्ट पक्षले महासचिवमा दीपेशलाई स्वीकार्न नसकिने भन्दै नाराबाजी गर्न थाल्यो ।
स्थिति असामान्य भएपछि फ्याक्सन इन्चार्ज शाक्यले अध्यक्ष पञ्चा सिंहको नाम मात्र घोषणा गरेर सम्मेलन सकिएको घोषणा गरिदिए । फ्याक्सन इञ्चार्ज शाक्य नै पार्टीको आधिकारिक व्यक्ति भएकाले अब उनैले अध्यक्ष बाहेकका बाँकी पद टुंगो लगाउने एक नेताले बताए ।
महासचिवका अरु दाबेदारमा सहमति नभएपछि म भएँ : पुन
यद्यपि पुनले भने फ्याक्सन इञ्चार्ज शाक्यले महासचिवसहितका सबै पदाधिकारी टुंगो लगाइसकेको बताउँछन् । आफू वरिष्ठ उपाध्यक्ष पदमै रहन खोजेको तर महासचिवका दावेदारहरुबीच सहमति हुन नसकेपछि फ्याक्सन इञ्चार्ज शाक्यले आफूलाई महासचिव बनाएको पुनको भनाइ छ ।
बन्दसत्रको हलमा विधानमा उल्लेख भएको भन्दा धेरै सदस्य राखेर समिति बनाउन खोजेपछि विरोध भएको उनले बताए । पुनले भने, ‘हलमा विधानभन्दा नबढाउने भन्ने आवाज उठेको हो । त्यो विषय मेरो पनि हो ।’
२०७४ सालमा भएको २१ औं राष्ट्रिय सम्मेलनबाट केन्द्रीय समिति २४३ र पदाधिकारी ३३ सदस्यीय थियो । एमाले र माओवादीबीच पार्टी एकता भएपछि विद्यार्थी संगठनहरु पनि एकता प्रक्रियामा जाँदा अखिल क्रान्तिकारीको केन्द्रीय समिति १९९ सदस्यीय र पदाधिकारी २५ सदस्यीय बनाइएको थियो ।
१सरकारी विद्यालयको जग्गा निजी बोर्डिङलाई भाडामा दिने वडाध्यक्षसहित ८ जना विरुद्ध मुद्दा दायर
२जिप्रका कास्की अगाडि गोली लागेका जेन-जी योद्धा लक्ष्मणको अवस्था जटिल, परिवार नैं पीडामा
३८ अर्ब बिगोसहित पोखरा विमानस्थल मुद्दामा पाँचजना पूर्वमन्त्रीसहित ५६ जना विरुद्ध मुद्दा दायर
४प्रभु बैंकका सिइओसहित तीन उच्च अधिकारी पक्राउ
५२४ घण्टा नबित्दैं हत्यामा संलग्न दुबैजनालाई पक्राउ गर्न कास्की प्रहरी सफल